
ललितपुर। नेपाल खाद्य संस्थानले यसपालीको दशैंलाई खसी र च्याँङग्रा राजधानीमा ल्याउने तयारी गरेको छ ।
संस्थानले मकवानपुर र दाङबाट खसी ल्याउने भएको छ । यस्तै मुस्ताङबाट च्याँङग्रा ल्याउने जानाकरी दिएको छ । संस्थानले दशैैंको लागि २ हजार खसि र च्याङग्रा काठमाडौं ल्याउने भएको हो ।
खसी र च्याङग्रा ढुवानी कार्य अन्तिम चरणमा पुगेको खाद्य संस्थानका सूचना अधिकारी शंकर सापकोटाले बताए । उनका अनुसार संस्थानले १ हजार च्याङग्रा मुस्ताङबाट ल्याउनेछ । त्यसैगरी मकवानपुरबाट ५०० र दाङको तुलसीपुरबाट ५०० खसी ल्याउनेछ ।
संस्थानले खसी र च्याङग्रा खरिद गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति निर्माण गरेको थियो । प्रजिअकै नेतृत्वमा खसीको मूल्य निर्धारण गरी खरिद गरिएको हो ।
संस्थानको खसी असोज २३ गतेसम्म काठमाडौं आइपुग्नेछ । काठमाडौंमा ६० हजार भन्दा बढी खसी आवश्यक हुने भएपनि मूल्य वृद्धि नियन्त्रण गर्नका लागि खसी र च्याङग्रा ल्याउन लागेको अधिकारी सापकोटाले जानकारी दिए।
संस्थानले बिक्री सुरु गरेपछि ग्राहकले सुपथ मूल्यमा खसी पाउनेछन् । खसी कति मूल्यमा बिक्री गर्ने भन्ने विषयमा संस्थानले सबै पक्षसंग छलफल गरी निर्धारण गर्नेछ । यसैगरी संस्थानले खसी र च्याङग्रा ढुवानीको लागि इच्छुक कम्पनीहरुलाई गोप्य दरभाउपत्र आब्हान गरेको छ ।