ललितपुर। अबदेखि मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितो राखेर २० लाखसम्म ऋण पाइने भएको छ। नेपाल राष्ट्र बैंकले भदौ २० गते एकीकृत निर्देशन २०७५ जारि गर्दै आयमुलक क्रियाकलापलाई प्रोत्साहित गर्न मोटरबाटो नपुगेको खेतीयोग्य जमिन राखेर २० लाखसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो।

व्यावसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय एवम् भूकम्पबाट प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यस अघि मोटरबाटो नपुगेको जमिन धितो राखेर १० लाखसम्म ऋण लिन पाइन्थ्यो।

राष्ट्र बैंकले १६० वटा बुँदाहरु संशोधन तथा परिमार्जन गरि जारि गरेको एकीकृत निर्देशन २०७५ मार्फत गरिएको नयाँ व्यवस्थाले कृषि क्षेत्रमा आधारित व्यवसाय गर्न चाहनेलाई केहि भएपनि राहत मिलेको छ। यस अघि पनि बिभिन्न बैंक वित्तीय संस्थाहरुले मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितो राखेर कृषकहरुलाई ऋण प्रदान गर्दै आएका थिए।

पछिल्लो समय सरकारले कृषि कर्जालाई प्राथमिकता दिएसंगै बैकले क्रणको दायर बढाउँदै लगेको हो ।

व्यवसायीक कृषि पेशा गर्न चाहने कृषकको लागि यसले सहजता प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ ।