भोजपुर। भोजपुर जिल्लाका कृषक व्यावसायीक किवि तर्फ उत्साहित हुन थालेका छन् । मकै फल्ने बारीमा किविबाट राम्रो आम्दानी हुन थालेपछि कृषक यस तर्फ उत्साहित भएका हुन् । एक पटक रोपेपछि वर्षौ सम्म आम्दानी लिन सकिने भएपछि कृर्षकहरु किवि खेतिमा आकर्षित वन्दै गएका छन् ।

भोजपुर नगरपालिका, टेम्केमैयुङ्ग गाउँपालिकाका विभिन्न क्षेत्रमा किवि खेति भैरहेको छ । केहि कृषकहरुले रहरले खेति गरेको पाइए पनि टेम्केमैयुङ गाउँपालिका–४ नागीमा भने व्वसायिक रुपमा नै खेति थालिएको छ ।

व्यवसायिक रुपमा टेम्केमैयुङ्ग गापा – ४ नागी सुरज राईको परिवारले दुई सय वढी विरुवा लगाएर यसको खेती थालेका छन् । मकै फल्ने बारी मासेर चार वर्ष अघि खेति गरेका सुरजको बारीमा रहेको किविले उत्पादन दिन थालेको छ । रोपेको दुई वर्षबाट केहि उत्पादन दिन थालेकोमा यस वर्षबाट भने उत्पादन दोब्बर भएको राईले बताए । उनले भने ‘शुरुमा हुन्छ, कि हुदैन भनेर शुरु गरेको हाल आएर राम्रो उत्पादन दिन थालेको छ ।’

१० लाखसम्म वार्षिक आम्दानी :

राईले इलाम जिल्लाबाट विरुवा ल्याएर खेति सुरु गरेको वताए । किविको साथमा पाखे अलैचि र खोर्सानि खेति पनि गर्न सकिने भएकोले दोहोरो फाईदा लिन सकिने राईले बताए ।

उनको बारीमा ५ लाख सम्मको किवि फलेपछि थप विस्तार गर्ने सोचमा रहेको राईको भनाइ छ । अन्य परिवारको सदस्यहरुको सहयोगबाट खेति गरिरहेका राईले किवि खेतीबाट वार्षिक १० लाख सम्म आम्दानि लिने अपेक्षा गरेका छन् ।

राम्रोसंग किवि खेति गरेमा विदेश जानु नपर्ने राईले बताए । आफुनो बारीमा उत्पादन भएको किवि केहि गाउँमा र केहि सदरमुकाममा लगरे वेच्ने गरेको उनको भनाई छ ।

प्रति केजि दुई सय ५० रुपैया देखि ३ सय रुपैयामा बजारमा बिक्ने गरेको छ । राम्रो उत्पादन दिन थालेपछि खेति थप विस्तार गर्ने सोच भैरहेको सुरजले बताए ।

नजिकै मध्येपाहाडी लोकमार्ग समेत बनिरहेको हँुदा उत्पादन भएको किविले बजार पाउनेमा आशावादी रहेको राईको भनाई छ । ‘मैले खेती गर्न थालेपछि अन्य कृषक साथीहरुको पनि यस तर्फ आक्रषण वढेको छ, सडकको पहुच वृद्धि भइरहेकोछ यसले विक्री वितरणमा पनि सहज हुन्छ भन्ने आशा छ, उनले भने ।

किवि खेतिको सम्भावना राम्रो देखिएपछि आफुले पनि खेति गर्ने सोच बनाएको राईका छिमेकी सरोज बस्नेतले बताए । ‘चार वर्ष अघि खेति गरेको देख्दा हुन्छ कि हुदैन जस्तो लागेको थियो तर मज्जाले फस्टाउने रहेछ’ वस्नेतले भने ।

टेम्केमैयुङ्ग गाउँपालिकाका कृषि प्राविधिक साहयक रामयतन यादवका अनुसार गाउँपालिकाको धेरै क्षेत्रमा व्यवसायिक रुपमा किवि खेति सम्भावना रहेको बताए ।

किवि खेतका लागि उपयुक्त हावापानी भएको देखिएकोले १५ सय मिटर भन्दा माथि २४ सय मिटर सम्मको उचाइमा खेती गर्न सकिने यादवले बताए । यादवका अनुसार गाउँपालिकाको नागि , खावा लगायतका क्षेत्रमा व्यवसायिक रुपमा किवि खेति भैरहेको छ ।