एजेन्सी। यो वर्ष भेनेजुयलामा मुद्रास्फीति १० लाख प्रतिशत नाघ्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । उच्च मुद्रास्फीतिका कारण बोलिभरको क्रय शक्तिमा पनि ठूलै गिरावट आएको छ ।

यो मुलुकमा १ केजी मासुको मूल्य ९५ लाख अर्थात् १.४५ डलर पर्छ ।
उच्च मुद्रास्फीतिका कारण यो मुलुकको पैसाको क्रय शक्ति क्षमतामा व्यापक हस आएको छ भने जनतामा सामग्रीको संचिती राख्ने होड पनि चलेको छ ।

जनता र व्यवसायीमा मूल्य वृद्धि अझै चर्कने अपेक्षाबीच सामग्रीको संचिती गर्ने होड चलेको हो ।मुद्राले आफ्नो मूल्य कायमा राख्न सक्ने क्षमता नभएका कारण मुद्राप्रतिको विश्वास पनि हराएको छ ।

बिक्रेताहरुले मुद्रा अस्वीकार गर्न थालेका छन् । सामग्रीको मूल्यमा वृद्धि हुने भएकाले मुद्रा लिनु जोखिम भएको व्यापारीहरु बताउछन् ।
सोभियत संघको बिघटन भएपछि रुसले पनि हालको भेनेजुयलाले जस्तै हाइपर इन्फ्लेसनको अवसथा भोगेको थियो ।

जिम्बावेमा पनि आर्थिक संकटका कारण देशले २००९ मा आफ्नो मुद्रा त्यागेर अमेरिकी डलर र अन्य स्थिर मुद्रा प्रयोग गर्न बाध्य भएको थियो ।