इलाम। इलाम र पाँचथरको सिमानामा रहेको राँके बजारमा एकै सिजनमा १ करोड बढीको अकबरे खुर्सानीको व्यापार हुने गरेको छ ।

इलामको देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिका साथै पाँचथरको फाल्गुनन्द गाउँपालिकाका किसानले उत्पादन गरेको अकबरे खुर्सानी राँकेबजारका व्यापनरीले बिक्री गर्ने गरेका छन् ।

अहिले इलाममा धमाधम अकबरे खुर्सानी टिपेर बजारमा बिक्री गर्ने समय हो । कम्तीमा पनि इलामका किसानले एक सिजनमा ६ महिनासम्म खुर्सानी बिक्री गर्ने गरेका छन् ।

बाली लगाएको छोटो समयमै आम्दानी गर्न सकिने र अरु खेतिभन्दा सहज र कम लगानीमा धेरै फाइदा लिन सकिने भएकाले पनि किसनहरु अकबरे खेतिमा अकर्षित भएका हुन् ।

राँके बजारमा यो सिजनमा २५० रुपयाँ प्रतिकेजी अकबरे खुर्सानी बिक्री भईरहेको बताउँछन् राँके बजारका व्यापारी राजकुमार लुम्बु बताउँछन् । राँकेबजरामा सरदर विभिन्न क्षेत्रबाट किसानहरुले हप्ताको २० देखि २६ सय केजी खुर्सानी ल्याउने गरेको पनि उनी बताउँछन् ।

राँकेबजारमा सँधै जसो चिसो मैसम भएकाले भण्डारणमा पनि समस्या नभएको लिम्बु बताउँछन् । व्यापारीहरुले खुला र बोतलमा अचार राखेर पनि खुर्सानी बिक्री गर्ने गरेका छन् । मेचीराजमार्गमा पर्ने राँके बजारमा विभिन्न ठाउँका मानिसहरु अएर खुर्सानी किन्ने गरेको उनी बताउँछन् ।

इलामबाट कोशेलीको रुपमा पनि धैरैले अकबरे खुर्सानी किनेर लाने गरेका छन् । इलाममा कोसेलीको रुपमा बिक्री हुने अकबरे खुर्सानी इलामको पहिचान भई सकेको छ ।