यो पारामिकसो प्रजातिको भाइरस को कारण हुने रोग मानीन्छ । भारतमा यो रोग सर्वप्रथम उत्तरान्चल को रानीखेत भन्ने ठाउँमा पहिचान भएकोले रानीखेत रोग नामारण गरीएको अभिलेख पाइन्छ । यो रोग संक्रमीत दाना पानी भाडा कुडा जंगली चराहरुको माध्यवाट फैलीन्छ ।

रानीखेतका लक्षणहरु :
रानीखेत रोगले श्वास प्रणली र स्नायुप्रणली प्रभावित भै कुखुराले सास फेर्न कठिनाई महसुुस गर्दछ ।

चुच्चो र नाकबाट पानी जस्तो बाक्लो पर्दाथ निस्कन्छ ।

कुखुराको टाउको झटकाउने र घाँटी तान्ने गर्दछ ।

एकै ठाँउमा फनफन घुम्ने पछाडि हिड्ने पखेटा र खुट्टाको पक्षघात हुने घाँटी बटार्ने गर्दछ ।

फुल पार्न कम हुन्छ ।

सिउर र लोती पहँलो हुने र पछि नीलो रंगमा बदलिने गर्दछ ।

हरियो रंगको साह्रै गन्हाउने छेर्दछ ।

कसरी सर्दछ ?
यो रोग, हावा वा धुलोद्धारा रोगी कुखुराको सुलिको माध्यामबाट वा खोक्दा अथाव श्वासप्रश्वासका क्रममा बाहिर निस्केको भाईरस ६–७ महिना सम्म बाच्न सक्छ । अर्काे कुरा आमा जंगली चराचुरुङ्गीले पनि टाढा टाढाबाट यो रानिखेत रोगका भाइरस स्वस्थ्य कुखुरामा सार्ने काम गर्छ ।

रानीखेत रोग लागेमा के उपचार हुन्छ ?
यो रोगको रोकथामको प्रमूख उपाए भनेको कुखुरालाई खोप तालिका अनुसार रानीखेत रोगविरुद्धको खोप लगाउने नै हो ।
त्यस्तै फर्म वा खोर सफा र स्वच्छ राख्ने ।

प्रत्येक लटमा पुरानो सोतर खोरबाट अनिवार्य रुपमा हटाई सफा गर्ने ।

रोगी वा मरेका कुखुरालाई तुरुन्तै छुट्याएर राख्ने-अनि गहिरो खाडल खनि गाड्ने र चुना राम्रो सँग छर्किेने वा आगोले डढाई नष्ट गर्ने ।
रोग लागेको कुखुरालाई छुट्टै राख्ने, मरेकालाई जलाउने र अन्य स्वस्थ चल्लामा रानीखेत एफ स्ट्रेन खोप लगाउने ।

रोगको रोकथाम : यस रोग वाट बचाउन कुखुरा पाल्ने खोरमा जैविक सुरक्षाको उचीत ब्यवस्थापन गरीनु आवश्यक पर्दछ । कुखुराका चल्लालाई उमेर तथा खोपको किसिम एवं तालीका अनुसार वेलैमा यो रोग विरुद्ध खोप लगाउनु नै यस रोगको रोकथाम गर्ने उक्तम उपाय हो

नोट : थप सल्लाह र सुझाव नजिकैको पशु सेवा कार्यलय गई लिन सक्नुहुने छ ।