काठमाडौं। तरकारीको मूल्य अस्वाविक रुपमा बृद्धि भएको बिषयमा सरकारी टोलीले सोमबार बिहान गरेको अनुगमनमा ब्यापारीले अवरोध सिर्जना गरेका छन् ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको संयुक्त टोलीले सोमबार बिहान ३ वजे उक्त बजारमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा ललितपुर र बाराबाट तरकारी बोकेर आएको दुई थान ट्रकसँग तरकारीको बील माग गर्दा ब्यापारी, बिचौलिया, कुण्डले मुण्डलेसहितको टोलीले अनुगमनमा अवरोध सिर्जना गरेका छन् । त्यति मात्रै होइन, उनीहरुले अनुगमन टोलीलाई केही बेर नियन्त्रणमा समेत लिएका थिए ।

सरकारले अनुगमन गर्यो भनेर कालिमाटी तरकारी बजारका व्यवसायीहरु आन्दोलनमा उत्त्रिएका छन। उनीहरूले मेन गेटनै बन्द गरेर बसेका छन।

सरकारी टोलीले दुई ट्रकमध्ये ना४च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई नियन्त्रणमा लिएको छ भने अर्को बा ६ च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार भएका छन् ।

बजारको अवस्थाले गम्भिर मोड लिएपछि अनुगमन टोलीले थप संख्यामा सुरक्षाकर्मी परिचालन गर्न लगाएपछि अहिले अवस्था केही सामान्य भएको छ । अहिले अनुगमनटोली र ब्यापारीबीच वार्ता भइरहेको छ ।