काठमाडौं। दुग्ध विकास संस्थान ९डिडिसि०ले कृषकबाट उत्पादित कच्चा दूधको खरीद मूल्यमा ४ रुपैयाँ १४ पैसा वृद्धि गरेको छ । संस्थानले शुक्रवार एक विज्ञप्ती जारी गर्दै आगामी भदौ १ गतेदेखि लागू हुने गरी कच्चा दूधको खरीद मूल्य वृद्धि गरिएको जानकारी गराएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘ग्रामिण क्षेत्रका कृषकहरुबाट उत्पादित दूधको बजार सुनिश्चत गरी कृषकहरुको पेशागत संरक्षण तथा दुग्ध व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यबाट दुग्ध उत्पादन लागत विश्लेषणको आधारमा मिति २०७४-५-१ मा कृषकवाट उत्पादित कच्चा दूधको खरिद मूल्यमा रु ४.१४ प्रति लिटर वृद्धि गरि लागू गरिएको हो ।’

संस्थानले विगतमा कृषकहरुलाई सङ्कलित दूधको परिणामको आधारमा उपलब्ध गराउँदै आएको ईन्सेण्टिभर अतिरिक्त मूल्य स्थगित गरेको बताएको छ ।

यही असार १६ गतेदेखि लागू हुने गरी उक्त अतिरिक्त मूल्य स्थगित गरिएको जानकारी दिँदै संस्थानले भनेको छ, ‘अब उपरान्त उपलब्ध गराईने अतिरिक्त मूल्य परिमाणको आधारमा नगरी दूधको शुद्धता र गुणस्तरमा आधारित गर्न कमिटि गठन भई अध्ययनको कार्य भैरहेको छ ।’

उक्त कमिटिको प्रतिवेदन प्राप्त नहुञ्जेलसम्मका लागि संस्थानले कृषकहरुलाई प्रोत्साहनस्वरुप पशुआहारा र दाना उपलब्ध गराउने बताएको छ ।

कच्चा दूधको गुणस्तरलाई आधार मानेर उपलब्ध गराउँदै आएको अतिरिक्त मूल्य बराबरको पशुआहारा र दाना संस्थानले उपलब्ध गराउने भएको हो । संस्थानको पशुआहारा उत्पादन कारखाना, हेटौंडाबाट उत्पादित डिडिसि ब्राण्डको दाना उपलब्ध गराउने संस्थानले बताएको छ ।

कच्चा दूधको गुणस्तर मापनका लागि संस्थानले निम्न आधार तय गरेको छः
१० गाईको दूधमा ३.५५ धृताँश र ८.१५ एस.एन.एफ.
२० भैंसीको दूधमा ५.१५ धृताँश र ८.२५ एस.एन.एफ.
३० मिक्स दूधमा ४.१५ धृताँश र ८.१५ एस.एन.एफ.