
पेपिनो मेलोन फल आजभोलि नेपाली किसानका लागि नौलो फलको रुपमा परिचित हुन थालेको छ । तर यो फल नेपालका लागि नौलो नभएको कृषि विज्ञहरुले बताउँदै आएका छन् ।
यो फल गमलामा पनि लगाउन सकिने र विशेष गरी घरको बगैचाँमा शोखको रुपमा धेरै वर्ष अगाडि देखी फलाउदै आइएको भएपनि यसको व्यावसायिक संभावना र बजारको विषयमा किसानहरुलाई थाहा नभएकाले यो फल फस्टाउन सकेको थिएन । तर विगत ३ वर्ष यता काठमाडौँ आसपासका केहि किसानहरुले यसको व्यावसायिक खेती गर्न थालेपछि यो फल व्यावसायिकता तर्फ उन्मुख हुन थालेको छ ।
औषधिय गुण भएकाले निकै गुणकारी फलको रुपमा अन्तराष्ट्रिय बजारमा भएको माग भएकाले ठुलो मात्रमा उत्पादन गर्न सकिए बजारको समस्या नहुने यो फलका अगुवा किसान धन बहादुर मगर बताउँछन् ।
पेपिनो मेलोन सदाबाहार (स्वालानम) परिवारको बुट्यान हो । यसलाई दक्षिण अमेरिकाबाट ससारका विभिन्न भागमा फैलिएको मानिन्छ । पेपिनो फल व्यावसायिक रुपमा पेरु,चिली, न्युजिल्याण्ड,दक्षिण अष्ट्रिलियामा खेती गरिएको पाइन्छ ।
यो फल काँचोमा तरकारी बनाउन पनि सकिने र पाके पछि सुगन्धित, ठिक्क गुलियो, तिर्खा मेटाउने खालको हुन्छ । पेपिनो मेलोन प्राकृतिक रुपमा ९० सेमि देखी १५० सेमी सम्म अग्लो हुन्छ ।
स्रोत : खाद्य अनुसन्धान केन्द्रको रिर्पोट
पेपिनो मेलोन खेती प्रविधि :
यो फल समुद्री सतह देखी तीन हाजार मिटर सम्म उत्पादन गर्न सकिने फल हो । तर यसका लागि तुसारो नपर्ने र गमी मौसम धेरै राम्रो हुन्छ । माटोमा ५.५ देखी ७.५ सम्म पिएच मान भएको पानी नजम्ने तथा निकास राम्रो भएको बलौटे चिम्ट्याइलो माटोमा यो फल राम्रो हुन्छ ।
जमिनको तयारीका लागि खनजोत गरी पानी नजम्ने गरी निकासको राम्रो व्यवस्था सहित कम्पोष्ट मल प्रति रोपनी २ सय किलो सम्म राखेर माटो राम्रो सँग तयार गर्नुपर्दछ ।
एक रोपनी जग्गामा सामान्तया ४ सय देखी ५ सय विरुवा चाहिन्छ । बोट २ देखी ३ महिनाको भएपछि बाँसको भाटाले थाँक्रा हाल्दा फल ठुलो, राम्रो र भुईमा नलत्रियएको गुणस्तरयुक्त उत्पादन हुन्छ । प्लाष्टिक टनेल भित्र यसको बृद्धि विकास अझ राम्रो हुन्छ ।
मौसम र माटोको अवस्था हेरी हल्का सिँचाई गर्नुपर्दछ तर माटो धेरै गिलो भने बनाउनु हुदैन । यो फल फुलेको २ महिनामा नै तयार हुन्छ ।
परिपक्व फलमा बैजनी रङ्गको धर्सा देखीन्छ यस्तो धर्सा देखिए पछि फल टिपेर काठाको तापक्रममा ३ हप्ता सम्म भण्डारण गर्न सकिन्छ । यो फल राम्ररी पाकेपछि भने हल्का पहेलो रङ्गको हुन्छ ।
रोग तथा किराहरु :
पेपिनो मेलोन फलमा गोलभेँडा बालिमा लाग्ने जस्ता रोग तथा किराहरु लाग्ने गर्दछन् ।
रोगहरुमा : पछौटे डढुवा, थोप्ले डढुवा, जरा सड्नेरोग, कागे रोग, पात दाब्रिने र ओइलाउने
किराहरुमा : पात र डाँठबाट रस चुस्ने किराहरु जस्तै : लाही, फड्के, मिलिवग, क्युकम्बर विटलुस, माइट्स र विभिन्न झिङ्गाहरु, सेतो पुतली र राता कमिलाले पनि यो फललाई दुख दिन्छ ।
विषेशता :
एउटा बिरुवाबाट अर्को बिरुवा उतपादन गर्न सकिन्छ ।
वर्षभरी फलिरहने यसको एउटा बोटले एक वर्षमा १५ किलोसम्म उत्पादन दिन्छ ।
यो फल सुगर फ्री भएकोले मधुमेहका बिरामीहरुले पनि खान मिल्छ ।
यसको माग विश्व वजारमा बढ्दो छ ।
काचै तरकारीको रुपमा पनि खान सकिन्छ ।
यस्को पुरानो तथा कामनलागने पातहरु कुखुरालाई दिए फूल धेरै पार्छ ।
यो फलमा भिटामिन ए , बि , सी, protein, iron, copper र पोटाश प्रसस्त पउने हुँदा यसलाई सर्बोत्तम फल पनि भनिन्छ ।
यो फल, चिनी , मृगौला, ऊच्च रक्तचापको समस्या भएका मानिसहरुलाई त बरदान नै साबित भएको छ ।
नोट : यि माथिका रोग तथा किराको समाधानका लागि गोलभेडा खेतीमा प्रयोग गर्ने विषादी तथा भिटामिन प्रयोग गर्न सकिन्छ ।
(धन बहादुर मगर सतुङ्गल ९ काठमाडौ ) विरुवाको लागि मगरलाई सम्पर्क गर्न सक्नुहुनेछ – ९८४१४४५७५३