कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी मानिन्छ ।

पछिल्लो समय कागती खेती प्रति आम कृषकको आर्कषण बढ्दै जाँदा कुन कागती लगाउने भन्ने दुविधा रहेको पाईन्छ । यसका लागि फलफूल विज्ञ हरि सुवेदीले दिनुभएको जानकारी मूलक लेख ।

१. सुनकागती–१ (एन.सि.आर.पि–५५)

यो जात मोरङ जिल्लाका कृषकको बगैंचाबाट संकलन एवं जातीय छनौट गरिे व्यवसायिक खेतिको लागि हालै मात्र उन्मोचन गरिएको विकसित जात हो ।

यो जात तराई, भित्रि मधेस, मध्य–पहाडी क्षेत्रको बेशी÷खोच र तटिय क्षेत्रका पानी नजम्ने स्थानमा खेति गर्दा आषाढ देखि आश्विन सम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केहि मात्रमा बर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

मध्य–पहाडी भागमा यसको खेती गर्दा भाद्र देखि मार्ग सम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

फलहरु गोला, चिल्ला, पातलो बोक्रा भएका, रसिला र बास्नादार हुन्छन् भने फलहरु पाकिसके पछि सुनौला रंगका हुन्छन् ।

एउटा फलको सरदर तौल ४० देखि ६० ग्राम सम्म हुन्छ ।

यसको फलमा रस ४९ प्रतिशत सम्म हुन्छ ।

रसमा अमिलोपन ७ देखि १० प्रतिशत सम्म हुन्छ ।

यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक उत्पादन दिन थाल्दछन् ।

पाकीसकेपछि फलको रङ हल्का पहेलो हुन्छ ।

यस जातको प्रति हेक्टर अधिकतम उत्पादकत्व ३४.५मे.टन सम्म छ ।

२ सुनकागती–२ (एन.सि.आर.पि–४९)

यो जात स्याङजा जिल्लाका कृषकको बगैंचाबाट संकलन एवं जातीय छनौट गरिे व्यवसायिक खेतिको लागि हालै मात्र उन्मोचन गरिएको विकसित जात हो ।

यो जात तराई, भित्रि मधेस, मध्य–पहाडको बेशी÷खोच र तटिय क्षेत्रका पानी नजम्ने स्थानमा खेति गर्दा आषाढ देखि आश्विन सम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

मध्य पहाडी भागमा यसको खेति गर्दा भाद्र देखि मार्ग सम्म उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

फलहरु गोला, चिल्ला, ज्यादै पातला बोक्रा भएका, रसिला र बास्नादार हुन्छन् भने फलहरु पाकिसके पछि सुनौला रंगका हुन्छन् ।

पाकिसके पछि फलको रङ हल्का पहेलो हुन्छ ।

एउटा फलको सरदर तौल ४० देखि ६० ग्राम सम्म हुन्छ ।

यसको फलमा रस ४८ प्रतिशत सम्म र रसमा अमिलोपन ७ देखि १० प्रतिशत सम्म हुन्छ ।

यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक उत्पादन दिन थाल्दछन् ।

यस जातको प्रति हेक्टर अधिकतम उत्पादकत्व २६.९ मे.टन सम्म छ ।

३. तेह्रथुम स्थानीय

यो जात तेह्रथुम जिल्लाको फाक्चामाराका कृषकको बगैंचाबाट छनौट गरिएको नेपालको स्थानीय जात हो ।

मध्य पहाडको ८०० देखि १२०० मिटर सम्म उचाई भएका स्थानहरु यसको व्यवसायीक खेती गरि गुणस्तरीय फल उत्पादनको लागि अति उपयुक्त हुन्छन् ।

तैपनि ८०० देखि १६०० मिटर सम्मको उचाईंमा पनि यसको खेती गरि उत्पादन लिन सकिन्छ ।

मध्य पहाडी भागमा यसको खेति गर्दा कार्तिक महिना देखि पैष महिना सम्म उत्पादन लिन सकिन्छ भने तराईमा पनि यसको उत्पादन लिन सकिने सम्भावना देखिएको छ ।

फल पाक्न थाले पछि फलको रङ हल्का पहेलो हुन्छ ।

फलहरु गोला, चिल्ला, पातलो बोक्रा भएका, रसिला र बास्नादार हुन्छन् भने फलहरु पाकिसके पछि सुनौला रंगका हुन्छन् ।

एउटा फलको सरदर तौल ४० देखि ५० ग्राम सम्म ।

यसको रसमा अमिलोपन ७ देखि १० प्रतिशत सम्म हन्छ ।

सरदर ६५ वटा फल बाट १ लिटर सम्म रस निकाल्न सकिन्छ ।

मध्य पहाडी भागमा यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक फल उत्पादन दिन थाल्दछन् ।

४. पन्त–१ ९एन.सि.आर.पि.– ५३० (Large fruited lemon type)

यो भारतबाट आयातित प्रजाति हो ।

यो प्रजातिलाई तराई, भित्रिमधेस, मध्य पहाडको बेशी÷खोच र तटिय क्षेत्रका पानी नजम्ने स्थानमा खेति गर्दा जेष्ठ महिना देखि भाद्र महिना सम्म उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी फल लिन सकिन्छ ।

मध्य पहाडी भागमा यसको खेति गर्दा श्रावण महिना देखि कार्तिक महिना सम्म उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी फल लिन सकिन्छ ।

फलहरु ठुला, गोला, पाक्दा सुनौला रंगका, चिल्ला, पातला बोक्रा भएका र रसिला हुन्छन् ।

एउटा फलको सरदर तौल ९० देखि १२० ग्राम सम्म हुन्छ ।

फलमा रस ४४ प्रतिशत र रसमा अमिलोपन ६.४ देखि ६.५ प्रतिशत सम्म हुन्छ ।

यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक उत्पादन दिन थाल्दछन् ।

यो प्रजाती औद्योगिक प्रयोजनको लागि अति उपयोगी छ ।

यस प्रजातीको प्रति हेक्टर अधिकतम उत्पादकत्व ३०.९ मे.टन सम्म छ ।

           सुन्तालाजात फलफूल विज्ञ
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना
           सुन्ताला जोन, स्यांग्जा