एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन अफ्रिकी देशको भ्रमणका क्रममा सोमवार को रवाण्डा पुगेका छन् । कुनैपनि भारतीय प्रधानमन्त्रीको यो पहिलो रवाण्डा भम्रण हो ।

भ्रमणका क्रममा मोदीले रवाण्डा सरकारलाई २०० वटा गाई उपहार दिएका छन् । जसका कारण मोदी यति बेला विश्वभर चर्चाको विषय भएका छन् ।

प्रधानमन्त्री मोदीले यस्तो निर्णय गर्नुमा रुवाण्डा सरकारले सञ्चालन गरेको ‘गिरिन्का कार्यक्रम’ (एक गरिब पविार एक गाई) लाई सगाउन रहेको बताइएको छ । रवाण्डा सरकारले यो योजनामार्फत गरिबी हटाउने लक्ष्य लिएको छ । यो योजनाको मनसाय एक गरीब परिवार एक गाई।

रवाण्डा सरकारले २००६ मा यो कार्यक्रमको शुरु गरेको थियो । सरकारले यो कार्यक्रमबाट अहिलेसम्म करीब ३.५ लाख परिवार लाभान्वित भएको दाबी छ ।

यो कार्यक्रमबाट सरकारले त्यहाँको कुपोषणको अन्त्य गर्नका लागि हरेक गरीब परिवारलालई एउटा गाई दिन्छ । त्यसपछि उक्त गाईबाट जन्मिएको एउटा बाञ्छि त्यो परिवारले एक छिमेकीलाई दिनुपर्छ । यसरी यो कार्यक्रम चल्छ । यो कार्यक्रमको उद्देश्य यी गाईको दूधबाट उक्त परिवारले आफ्नो बच्चाको कुपोषण अन्त्य गरुन भन्ने हो ।