काठमाडौं। मनसुन सक्रिय भएकाले आगामी तीन दिन पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैले प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा सतर्क रहन र प्रतिकार्यको लागि तयारी अवस्थामा रहन जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले सूचना जारी गरेको छ ।

सुचना अनुसार वागमती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान छ ।

त्यसैले नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्यहरु आइतबारदेखि सतर्कताका साथ गर्नहुन तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले अनुरोध गरेको छ ।