
कपिलवस्तु। कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले धान दिवसको अवसरमा राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा रोपाइ गरेका छन्।
कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि रहेको खेतमा लुम्बिनि विकास कोषले आयोजना गरेको रोपाइ महोत्सवकोको उद्घाटन गर्दै मन्त्री खनालले हलो जोत्दै धान रोपे।
उक्त कार्यक्रमका संयोजक तथा कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले यस महोत्सवलाई ‘धान रोपाइँ मंगलोत्सव कपिलवस्तु’ नाम दिइएको बताए।
आज भन्दा २६ सय वर्ष अगाडि त्यहाँ राजा शुद्धोधनले सुनको हलोले जोतेर पहिलोपटक धान खेती सुरु गरेको किंवदन्ती छ।
नेपालका ३३ जिल्ला अझै पनि खाद्यान्न न्यूनमात्र उत्पादन हुने जिल्लामा पर्छन् । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ५५ प्रतिशत हिस्सा धान खेतीले ओगटेको छ ।
समुद्र सतहदेखि ६० देखि संसारकै सबैभन्दा उच्च स्थान जुम्लामा ३ हजार ५० मिटर उचाइसम्म धान उत्पादन हुन्छ ।