काठमाडौं। यहि भदौ ४ गतेपछि जमिनमा मोहियानी हक नलाग्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भदौ ४ गतेपछि जमिनमा मोहियानी हक कायम नहुने स्पष्ट पारेको हो । तर सो अवधी भित्र मोहियानी हक भएका जग्गाधनीहरुले निवेदन दिएर आफ्नो जमिन प्राप्त गर्न सक्नेछन् ।

मन्त्रालयले भदौ ४ गतेभित्र मोहियानी हक सम्बन्धी निवेदन पेश गर्न आग्रह गरेको छ । २०७६ भदौ ४ गतेभित्र मोहियानी हक सम्बन्धी निवेदनको छिनोफानो गरेर जमिनमा कायम रहेको दोहोरो स्वामित्वको अन्त्य गर्न लागेको हो ।

२०७५ भदौ ४ गतेभित्र मोहियानी हक कायम रहेका मोहि तथा जग्गा धनीहरुले आवेदन दिन सक्नेछन् । र २०७६ भदौ ४ गतेभित्र जग्गामा कायम रहेको द्धैध स्वामित्वको अन्त्य गरिनेछ ।

मन्त्रालयले बैशाख २३ गते सार्वजनिक गरेको कृषि, पशुपंक्षी, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको रुपान्तरणको मार्गचित्र २०७५ मा एक बर्षभित्र मोहि सम्बन्धी समस्या पूर्णतः समाधान गर्ने उल्लेख थियो ।

सोही मार्गचित्र अनुसार मन्त्रालयले मोहियानी समस्या समाधान ईकाई गठन गरेर जमिनमा कायम रहेको द्धैध स्वामित्व अन्त्य गर्न लागेको हो ।