काठमाडौं। उपत्यकाको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीमाथि सरकारले कारबाही थालेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त बजारभित्रका व्यपारीमाथि कारबाहीको पहिलो चरण अन्तर्गत स्पष्टीकरण माग गरेको छ।

शुक्रबार मन्त्रालयमा बसेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिको बोर्ड बैठकले बजार क्षेत्रभित्रका व्यापारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकले उक्त बजार क्षेत्रमा व्यापारीलाई विभिन्न चार चरणमा विभाजन गरेर सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।

मन्त्रालयले ९९ जना व्यापारीलाई रातो समूहमा राखेको छ। स्पष्टीकरण माग गरिए पनि उक्त समूहका व्यापारीमाथि कडा कारबाही गर्ने तयारी सरकारको छ। वास्तविक कारोबारमा संलग्न नहुने तर भाडामा लगाएर नाफा खाने खालका व्यापारीलाई यो समूहभित्र राखिएको छ। ती व्यापारीमाथि सम्झौतापत्र किन खारेज नगर्ने भन्ने स्पष्टीकरण सरकारले सोधेको हो।

स्पष्टीकरणबाट चित्तबुझ्दो जवाफ प्राप्त हुन नसके यो समूहका व्यापारीको सम्झौतापत्र खारेज गर्ने सरकारको तयारी छ।

 

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले लामोसमयदेखि गरेको छानविन आधारमा कालिमाटी र बालाजुका फलफूल, तरकारी र माछा व्यापारीलाई चार भागमा वर्गिकरण गरिएको छ ।
जसअनुसार रातो, निलो, पहेलो र सेतो छन् ।
खतराको संकेत स्वरुप रातोमा पर्ने व्यापारी ९९ जना
अलि कम खतराको निलोमा पर्ने व्यापारी १३१ जना
फाट्ट फुट्ट नियम उलंघन गर्ने पहेलोमा २०९ जना र
खतरामुक्त अर्थात पूर्ण रुपमा नियम पालना गर्ने व्यापारी १५९ जना

रातो लिष्टमा पर्नेहरु कहाँका कति ?
थोक विक्रेता ४५ जना
सहकारी समूह ५ जना
माछा व्यापारी ६ जना
२४ टहराका व्यापारी ५ जना
३८ टहराका व्यापारी २ जना
खुद्रा व्यापारी २१ जना
भण्डारमा १४ जना
फलफूल बजार २ जना र
बालाजुका खुद्रा व्यापारी ९ जना

निलो लिष्टमा पर्नेहरु कहाँका कति ?
थोक विक्रेता ६५ जना
फिससेडमा फलफूल ८ जना
सहकारी समहू १
माछा ६
२४ टहराका व्यापारी १८ जना
३८ टहराका व्यापारी ६ जना
खुद्रा व्यापारी २१ जना
केज भण्डारण १ जना
फलफूल बजार १ जना र
बालाजुका खुद्रा व्यापारी १ जना
सटरमा कारोवार ३

पहेंलो लिष्टमा पर्नेहरु कहाँका कति ?
थोक विक्रेता १६० जना
सहकारी समूह ८ जना
माछा व्यापारी ११ जना
२४ टहराका व्यापारी १ जना
३८ टहराका व्यापारी १जना
खुद्रा व्यापारी ८ जना
भण्डारमा १ जना
सटर ४
फलफूल बजार ७ जना र
बालाजुका खुद्रा व्यापारी ८ जना

सेता लिष्टमा पर्नेहरु कहाँका कति ?
थोक विक्रेता ४० जना
सहकारी समूह १ जना
माछा व्यापारी ३ जना
२४ टहराका व्यापारी ६ जना
३८ टहराका व्यापारी ३६ जना
खुद्रा व्यापारी १४ जना
केज ६
गोदाम ११
सटल १०
बालाजुका खुद्रा व्यापारी ३२ जना