
ललितपुर। ललितपुरको गोदावरी स्थित वडिखेल र विशंखुनारायणमा बर्डफ्लू भेटिएको छ । सातदोवाटो प्रहरी प्रमुख विनोद सिलवालले दिएको जानकारी अनुसार अहिले बडिखेलमा राम प्रसाद पहरीको पोल्टी फार्ममा रहेको १००० कुखुरा नष्ट गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालय ललितपुरका प्रमुख मोगल प्रसाद शाहका अनुसार वर्डफ्लू नियन्त्रणको लागि दुईवटा टोली बनाई खटाइएको छ । बर्डफ्लू नियन्त्रण कार्य जारी रहेको छ । मारिएको कुखुराको गन्ने काम जारी रहेको प्रमुख शाहले भने ।
चितवन बाट फैलिएको बर्डफ्लू पछिल्लो समय उपत्यकामै भित्रीएको हो ।
बर्डफ्लूको संक्रमण बढेपछि कृषकले पालन गर्दै आएको कुखुराको परिक्षण गर्न कृषि विज्ञले सुझाव दिएका छन् ।