
काठमाडौं। नेपाल चामल तेल दाल उद्योग संघले एक प्रेस बिज्ञप्ती जारी गदै सरकारद्धारा भर्खरै ल्याएको बजेट माथी टिप्पणी गर्दै सरकारलाई सजग तुल्याएको छ ।
सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा आर्थिक समृद्धिलाई जोड दिई स्वदेशी उद्योगको संरक्षण गर्ने भन्दै दैनिक उपभोग्य खाद्य बस्तुहरु चामल, तेल र दालसँग आबद्ध शत प्रतिशत कृषीमा आधारित स्वदेशी उद्योगमा नकारात्मक असर पर्न गई मुल्य बृद्धि हुने गरि तोरी तेलमा ४० प्रतिशत मु.अ.कर छुट सुबिधा दिई सरकारले उद्योग संरक्षण गदै आएकोमा यस बजेटबाट उक्त कर सुबिधा हटाइएको छ ।
साथै तोरीको दाना आयातमा समेत ४०० प्रतिशत भन्सार महशुल बढाएको छ, भने भन्सार महशुल बृद्धि गरि ५ प्रतिशत पु¥याइएको थियो । उक्त बृद्धिले आम उपभोक्तमा प्रत्यक्ष भार पर्न गई प्रति लि. करिब रु. १५ मूल्य बृद्धि हुन जाने भएकोले संघले आपत्ती जनाएको हो ।
सरकारले प्रस्तुत गरेको बजेटको यो निर्णयले स्वदेशी उद्योगलाई आत्मनिर्भर र आधारभूत संरक्षण हुने नभई भएका उद्योग पनि धरासायी हुने भएकोले चामल, तेल र दाल उद्योगको संरक्षणको लागि सरकारले चालेको कदम सच्च्याउन अनुरोध गर्दैै संघका महासचिब सुबोधकुमार गुप्ताले हस्ताक्षर गर्दै बिज्ञप्ती निकालेका हुन् ।