काठमाडौं। पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयमा तपाईले प्रस्ताव हाल्नु भएको छ रु यदी छ भने तपाईलाई पनि २ लाख रुपैयाँ दिनका लागि सरकारले बलाएको छ ।

पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले मुलुकभरका २५० पशुपन्छी सम्बन्धि उद्योगी व्यवसायीलाई २ लाखको दरले ५ करोड रूपैयाँ अनुदान दिने भएको छ । अनुदान लिनका लागि छनौट भएका संस्थालाई निर्देशनालयले बोलाएको हो ।

मंगलबार मात्रै निर्देशनालयले प्रस्ताव गरेका मध्ये २५० युवा पशुपन्छी उद्योगी व्यवसायीलाई सम्झौताको गर्न आउन भनेको छ । आउदो १५ दिनभित्र सम्झौता गर्न आउन बोलाएको हो । म्याद अवधिम्ममा पनि सम्झौतामा नआए १५ बाँकी १५ पशुपन्छि सम्बन्धि विभिन्न फार्म तथा उद्योगहरुसँग गर्ने निर्देशनालायका कार्यक्रम निर्देशक डा. बलराम थापाले बताए ।

उक्त युवा लक्षित पशुपन्छी बजार प्रवद्र्धन कार्यक्रउक्त सरकारले पहिलो पटक मुलुकभर गर्न लागेको हो । उनको अनुसार सम्झौता गरिने ती उद्योग तथा व्यवसायीलाई अनुदान स्वरुप प्रत्येकलाई २ लाख रुपैयाँ उपलब्ध गराइनेछ । ‘प्रस्तावित कार्यक्रमको लागि सरकारले ७० प्रतिशत अनुदान दिनेछ,’ उनले भने ‘उद्योगी व्यवसायीले भने ३० प्रतिशत थप्नु पर्ने हुन्छ ।’

सम्झौताको लागि सम्बन्धित प्रदेश तथा जिल्लाहरुमा कर्मचारी पठाइसकेको उनको भनाइ छ । आजदेखि नै सम्झौताको कार्यक्रम शुरु भइसकेको उनले जानकारी दिए ।

उनले असार १५ सम्ममा बजेट अनुसारको काम सक्नु पर्ने बताए । उनका अनुसार ती विभिन्न फर्म, संस्था, हाउस, शप उद्योगहरुले आवश्यक विभिन्न यन्त्र, प्रविधि लगायत खरिद गर्न सक्नेछन् ।