चितवन। चितवनमा बर्डफ्लु भेटिएको छ । खैरहनी नरगपालिका ९ सुर्तनीका स्थानीय किसान राजन चौधरीले पालेका लेयर्स फर्मको कुखुरा मेरेपछि परीक्षण गर्दा बर्डफ्लुको पुष्टि भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका बरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईले जानकारी दिए ।

चौधरीले एउटै फर्ममा १५ सय लेयर्स कुखुरा पालेका थिए । खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि यही बैशाख १४ गते जाँचका लागी भरतपुरमा रहेको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो ।

स्थानीय राजन चौधरी र लक्ष्मण चौधरीको कुखुरा खोरमा वैशाख १५ गते २७ सय कुखुरा मरेका थिए । मरेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु देखिएको पुष्टि बिहीबारमात्रै भएको हो

शुक्रबार उक्त कुखुराको खोर वरपरका कुखुरा र हाँस मार्ने र तथ्याङ्क लिने काम गरिएको डा. चापागाईले बताए । यसअघि गएको चैत २२ गते पूर्वी चितवनको रत्ननगर-१५ माधवपुरको एक कुखुरा र्फममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेका थिए ।