
मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो टमाटर पछिल्लो समय मानिसको प्राथमिकतामा पर्ने गरेको छ । सामान्यतः सूरुमा बैजनी आकारमा फल्ने यो टमाटर बिस्तारै घाम र तापक्रमको कारणले कालो रंगमा परिणात हुन्छ ।
हालसम्म नेपालमा खेती नभएको कालो टमाटरको बिकास रुस बाट भएको पाइन्छ । लाइकोपरसिकन एस्कुलेनम वा सोलानम लाइकोपरसिकन बैज्ञानिक नाम भएको कालो टमाटर ब्लाक क्रिमको नामले समेत परिचित छ ।
कालो टमाटरका फाईदाहरु :
अरु टमाटर जस्तै यसमा फाइबर तथा भिटामिन ए र सि पाईन्छ ।
क्यान्सरबाट प्रतिरक्षा गर्ने तत्व यसमा रहेको बैज्ञानिकले पुष्टि गरिसकेका छन् ।
यसको नियमित प्रयोग गरे मूटु रोगबाट समेत बच्न सकिन्छ ।
यसमा गुलियो र नुनिलो स्वाद पाईन्छ ।
खेतीः
रुसबाट सुरु भएको कालो टमाटर खेती भारतको सिक्किमा समेत भैरहेको छ । सबै प्रकारको जलबायुमा उत्पादन लिन सकिने कालो टमाटर खेती नेपालमा समेत गर्न सकिन्छ । यसको बोटको उचाई ६ फुट सम्म अग्लो र रोग प्रतिरोधात्मक क्षमता धेरै भएकोले यसमा खासै रोग किराको प्रकोपको डर हुँदैन ।
एक झुप्पामा आठ देखि बाह्र दाना फल लिन सकिने यसको बोट बाट १० केजि भन्दा बढि फल लिन सकिन्छ । चिसोमा भन्दा गर्मी समयमा यसको खेती उपयुक्त हुन्छ ।
ठुला एवंम तारे होटलहरुमा अत्याधिक माग रहेको कालो टमाटर अन्य टमाटरको तुलनामा दोब्बर मूल्यमा बिक्रि भैरहेको छ ।
नोट : यस खेती प्रविधिको बारेमा हामीले अंग्रेजी अनलाइन स्पेसलिटी प्रोडक्टबाट लिएका हौं । थप जानकारी र अध्ययन पश्चात हामी यसको बारेमा लेख्नेछौं । केहि जिज्ञासा भए कमेन्ट गर्नुहोला ।