
काठमाडौं। भारतीय दुध कम्पनी आमुलले नेपालमा प्लान्ट खोल्ने विषयले नेपालका डेरी व्यवसायीमा तरंग सृजना गरिरहँदा नेपाल कांग्रेसका महामन्त्री सशांक कोइरालाको ५१ प्रतिशत शेयर रहेको खुलसा भएको छ । नेपाली पार्टनरका रुपमा कोईरालको ५१ र अमूलको ४९ प्रतिशत शेयर नेपाल भित्रने अमुलमा रहने छ ।
नेपालमा कृषिजन्य उत्पादन पोल्ट्री फार्म, माछापालन, मौरीपालनमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबन्ध छ । तर, प्रतिबन्धित कृषिजन्य डेरी उद्योगमा वैदेशिक लगानी नेपालमा आएमा नेपालमा करिब २० अर्बको हाराहारीमा रहेको नेपाली उद्योगीको लगानी डुब्ने डेरी व्यवसायीहरू बताउँछन् ।
हाल नेपालमा डेरी सम्बन्धी उत्पादनले आन्तरिक बजारको ८० प्रतिशतसम्म माग धानिरहेको डेरी उत्पादकहरूको दाबी छ । यस्तो अवस्थामा नेपालमा डेरी क्षेत्रमा वैदेशिक लगानीको आवश्यकता नरहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।