नयाँ दिल्ली। भारत सरकारले दलहनको आयातमा कडाई गरेको छ । बिचौलियाहरुको गतिविधि रोक्न यस्तो गरिएको छ । त्यहाँको विदेश व्यापार महानिर्देशालय (डीजीएफटी)ले यसबारे एक सूचना जारी गरेको छ ।

सूचनाअनुसार अब दाल मिलहरुले मात्रै रहर, मास र मुगको दाल आयात गर्न पाउनेछन् । दलहन आयातमाथिको प्रतिबन्ध गतवर्ष पनि थियो । तर विश्व व्यापार सङ्गठनको शर्तका कारण ५ लाख टन दाल आयातको अनुमति दिइएको थियो । अब भने यो आयात पनि दाल मिलहरुले मात्रै गर्न पाउने भएका छन् । सरकारले मिलहरुलाई २५ मे सम्म आयात आवेदन बुझाउन भनेको छ ।

१ जुनमा केन्द्र सरकारले माग गर्ने सबैका नाममा बराबर मात्रामा कोटा जारी गर्नेछ । ३१ अगष्टभित्रै कोटा अनुरुपको दाल आयात गरिनसक्नु पर्नेछ । दलहन आयातको लागि कोटा जारी भएको यो पहिलो पटक हो ।

यस अघि सरकारले मे ४ मा रहर, मुसुरो र मुगको खोस्टे वा प्रशोधित दालको आयातमा रोक लगाएको थियो । केन्द्र सरकारले सन् २०१७ को अगष्टमा आर्थिक वर्ष २०१७र१८ को लागि रहरको आयात २ लाख टन तथा मास र मुगको दाल आयात ३ लाख टनमा समिति गरेको थियो । एजेन्सी