खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम साल्तेम्मामा मकै बीउ बिजन केन्द्र स्थापना हुने भएको छ ।मकै तथा मकैको बीउ भण्डारण र वितरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङको आर्थिक सहयोगमा मकै बीउ केनद्र स्थापना हुन लागको हो ।

यसै आर्थिक वर्षभित्र निर्माण हुने बीउ केन्द्रको भवन हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले शिलान्यास गर्नु भएको हो ।

परियोजनाको २२ लाख अनुदान र कृषक समूहको १५ प्रतिशत गरी २५ लाखभन्दा बढीको लगानीमा मकै बीउ बिजन केन्द्र निर्माण गरिने मकै जोन सञ्चाकल समिति खोटाङका संयोजक दीपेन्द्र राईले बताउनुभयो ।केन्द्रको भवन निर्माणका लागि स्थानीय विवालक्ष्मी राईले ७ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।