सोलेनेसी कुलको तरकारी हो खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो ।

नेपालमा पिरोलाई खुर्सानी र मिठोलाई भेडेखुर्सानी भन्ने गरिन्छ । भारतमा यसलाई शिमला मिर्च भनिन्छ । सम्भवतः भारतबाट यो तरकारी नेपालमा प्रवेश गरेको हो । भेडे खुर्सानीको लोकप्रियता नेपालमा बिस्तारै बढ्दै गएको छ । यो तरकारी साना र सीमान्त कृषकदेखि ठूला कृषकहरूलाई समेत आर्थिक अवस्था माथि उठाउन निकै सहयोगी हुन सक्छ ।

पौष्टिक्ताको दृष्टिले भेडेखुर्सानी भिटामिन र खनिज लवणहरूको स्रोत हो । यसमा भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । भेडे खुर्सानीको हल्का पिरोपना यसमा भएको एल्कलाइड (कैप्सिसिन) को कारणले हुन्छ । कैप्सिसिन एउटा शक्तिशाली अल्कलाइड हो जुन मानिसका स्वाद कोशिकाद्वारा सजिलैसँग अनुभव गर्न सकिन्छ । यसले मुख तथा आमाशयका श्लेष्मिक झिल्लीलाई उत्तेजित गर्दछ र पाचक रस निकाल्ने क्रियालाई बढाउँछ ।

कैप्सिसिनको प्रयोग आयुर्वेदिक र होमियोपेथिक औषधिमा गरिन्छ । टाउको दुखेको, दाँत दुखेको, शरीर दुखेको र दुख्न कम गर्ने दबाई बनाउन काम आउँछ । यसले एन्टीअक्सीडेट (जीवनरक्षक) को रूपमा पनि काम गर्दछ ।

हावापानी :

भेडेखुर्सानी न्यानो हावापानीमा राम्रोसँग फस्टाउने बाली हो । भेडेखुर्सानीको बीउ १८ डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रमममा
उम्रन्छ । योभन्दा तलका तापक्रमममा बीउ निकै समयसम्म नर्सरी ब्याडमा नै रहन्छ र कुहिएर जाने सम्भावना बढी हुन्छ । चिसो
समयमा बीउलाई प्लास्टिकको गुम्बजभित्र नर्सरीमा हुर्काउन सकिन्छ । बिरुवाको राम्रो बृद्धि र आर्थिक उत्पादनको लागि दिनको तापक्रम
२४–२८ डिग्री सेन्टिग्रेट र रातको तापक्रम १६–१८ डिग्री सेन्टिग्रेट र आर्द्रता ६०–६५ प्रतिशत अत्यन्त उपयुक्त मानिन्छ । तापक्रम ४० डिग्री सेन्टिग्रेटभन्दा माथि भयो भने फूल र फल झर्ने समस्या हुन्छ । भेडेखुर्सानीले धेरै वर्षा सहन सक्दैन । माटोमा चिस्यान बढी
भयो भने ओइलाउने रोगको प्रकोपले पूरै बाली नै सखाप हुन्छ ।

भेडे खुर्सानीको बिउ १ हेक्टर को लागि २ केजी वा १ रोपनी को लागि २५ ग्राम चाहिन्छ बिउ लगाउदा लाइन -लाइन ६० सेमी र बोट-बोट ४५ सेमी को दुरिमा लगाउनु पर्छ ।

भेडे खुर्सानीको बेर्ना पहाडमा माघ -असार भित्र सारीन्छ भने तराइ मा अशोज -कर्तिक । यस्को उत्पादन पहाडमा र तराइमा जेष्ठ देखी फाल्गुनमा हुन्छ ।

भेडे खुर्सानीको सिफरीस गरिएका जात हरुमा क्यलिफोर्निया वन्डर चर्चित छ । यो बिउको बेर्ना सारेको ४०-४५ दिन्मा पुल फुल्छ र तेस्को २०-२५ दिन्मा फल टिप्न लायक हुन्छ ।

भेडे खुर्सानीको लागि आवश्यक रासयनिक मल्खादमा प्रती रोपनी गोबर मल १५०० केजी , युरिया ५केजी, डि ए पि १० केजी, पोटस ५ केजी, बोरेक्स ०.१ केजी, जाइम १ केजी ।

भेडे खुर्सानी को लागि आवश्यक ओर्गानिक मल्खाद मा प्रती रोपनी जैबिक (कम्प्लेक्स) २.५ केजी , गोबर मल १५०० केजी, निम केक २ केजी ।

बिरुवा हुर्किसकेपछी मल हाल्ने काम अथवा रासयनिक टप ड्रेस्सिङ गर्दा पहिलो २० दिन पछी र पछी हरेक २ पटक बाली लिएपछी युरिया र डिएपी प्रती रोपनी २-३ केजी दिने ।

बिरुवा हुर्किसकेपछी मल हाल्ने काम अथवा ओर्गानिक टप ड्रेस्सिङ गर्दा जैबिक (कम्प्लेक्स) १.२५ केजी प्रती रोपनी जग्गा मा बेर्ना रोपेको २ महिना पछी र अर्को १.२५ केजी प्रती रोपनी बिरुवा सारेको ३ महिना पछी दिने

थोपा सिचाइ प्रबिधीबाट सिचाइ गर्दा ड्रिप प्वाल बिरुवा को फेद देखी २-३ सेमी को दुरी मा राखनु पर्दछ ।

भेडेखुर्सानी मा लाग्ने प्रमुख रोग हरु मा बेर्नाको फेद कुहिने, एन्थ्रक्नोज, पात ठिङ्रिने आदि हुन । फेद कुहिने रोग्ले गर्दा बेर्ना सार्ने बेलामा /जरा निरको भाग कुहिन्छ र धल्छ । यो रोग लग्न नदिन सुरुमै माटो र बिउ ऊपचार गर्नु पर्छ ।

एन्थ्रक्नोज रोग ले गर्दा भेडेखुर्सानी बिरुवा को मुन्टा मा कालो दाग देखिन्छ । यस्को नियन्त्रण डायथेन एम ४५ वा इन्डोफेल एम ४५ नाम को बिषादी ३ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्ने।

पात ठिङ्रिने रोगको रोक्थामको लागि रोगी बोट उखेलेर फाल्ने। फल बोटबाट झर्ने समस्या देखिएमा यस्बाट बचाउन ४ मिली कलानोफिक्स प्रति लिटर पानी मा मिसाइ रोपेको ६० देखी ८० दिनमा छिट्ने ।

भेडेखुर्सानीका किराहरुमा थ्रिम्प्स गोबारो लाही र सुल्सुलेको मुख्य हुन । थ्रिम्प्स किरा ले पात कोतरेर खान्छ, गोबारो ले डान्ठ प्वाल पर्छ र लाही ले कलिलो भागमा बसेर बिरुवाको रस चुस्छ ।

यि किरा हरुको नियन्त्रणको लागि प्रतिलिटर पानीमा नुभान २मिली वा रोगर २मिली वा सर्भो तेल १० मिली मिसाएर छरे हुन्छ । फल टिप्ने बेला भैसकेको भये कुनै हालत मा पनि बिषादी छर्नु हुँदैन ।

भेडेखुर्सानी प्रति रोपनी ८०० देखी १००० केजी सम्मा उत्पादन गर्न सकिन्छ । ठुला खाले रेस्टुरेन्ट तथा तारे होटेल हरुमा यस्को खपत हुने हुँदा यस्को बजार सदाबाहर छ ।

(नेपाल कृषि अनुसन्धान परिषद्, वागवानी अनुसन्धान महाशाखा, खुमलटार, ललितपुरका डा.ध्रुवराज भट्टराई र डा.कृष्णप्रसाद पौड्यालले लेखेको भेडे खुर्सानी खेती प्रविधिवारे पुस्तकबाट)