काभ्रे। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तमाङले किसानले तरकारी बिचौलिया मार्फत नभई उपभोक्ता सामु बेच्न पाउनुपर्ने बताएका छन् । बजारहरुले किसानहरुलाई उचित मूल्य दिई व्यावसायिक कृषिमा जोड दिनुपर्ने बताउँदै बिचौलियाहरुको अन्त्य गरिनु पर्ने उनले बताए ।

मन्त्री तामाङले तरकारीजन्य वस्तुहरुको आयातमा राज्यले अर्बौ रुपैंया विदेश पठाउनु परेको अवस्था रहेको बताएका छन् । तरकारीजन्य, दुधजन्य, मासुजन्य, प्राङ्गारिक, जैविक विषादी, जैविक मल, कृषि सम्वन्धी नयाँ प्रविधिको प्रदर्शन रहेको मेलालाई उद्घाटन गर्दै कानुन मन्त्री तामाङले यस्तो बताएका हुन् ।

मन्त्री तामाङल काभ्रेमा पनि हाट बजारको स्थापना गरे सरकारको पनि साथ र सहयोग रहने बताए । कृषिलाई आधुनीकरण गरेर रोजगारीको सिर्जनासँगै कृषि क्षेत्रमा क्रान्ति ल्याउन आवश्यक रहेको उननले बताएका छन् । यसप्रति सरकार गम्भिर ढंगले लागि रहेको समेत उनको भनाइ रहेको छ ।

काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि. बनेपा, (नयाँ तरकारी बजार) सम्बृद्ध काभ्रे कृषि सहकारी संस्था लि., प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा चार दिने कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेला २०७५ सुरु भएको हो ।

बुद्ध जयन्ती तथा मजदुर दिवस समेतको अवसर पारेर मेला गर्न लागिएको कार्यक्रमका सभापति एवं काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि. का अध्यक्ष पूर्णचन्द्र सिग्देलले जानकारी दिए ।

काभ्रेमा उत्पादित कृषिजन्य वस्तुहरुलाई सहजै उपभोक्तामाझ पु¥याउने उद्देश्यका साथ संचालनमा आएको मल्टिपर्पोज प्रा.लि. तथा सम्बृद्ध कृषि सहकारी संस्था लि.ले मेलामा कृषि उपज, कृषि सामग्री, पशुजन्य वस्तुहरुको प्रदर्शनीसँगै किसानहरुबीच प्रतिस्पर्धा, उत्कृष्ट कृषकहरुलाई पुरस्कार, नर्सरी, मह लगायतको व्यवस्था समेत गरेको छ ।

५० भन्दा बढी स्टलहरु रहको मेलामा किसानहरुका लागि निःशुल्क स्टलहरुको व्यवस्था गरिएको छ ।