‘ब्लाककर्न’ अर्थात कालो मकै तैलिय चम्किलो कालो रंगको हुन्छ । यसको भित्री भागमा बैजनी रंगका ‘नानी’ पनि रहेका हुन्छन् । कालो मकैका सानो अग्लो डाँठ भएका बोटमा घोगा लागेका हुन्छन् । कालो मकैका बोटहरु करिब ३ मिटरको उचाइसम्म बढेका हुन्छन् । घोगोको लम्बाइ २० सेन्टिमिटर सम्म हुन्छ भने समग्रमा मध्यम आकारको प्रजाति मानिन्छ ।

कलिलो अवस्थामा कालो मकैको रंग सेतो हुने गर्दछ । बढ्दै जाँदा यसले क्रमशःगाढा कालो रंग धारण गर्दछ । मानिसको औंलाको रंगले जस्तै कालो मकैले पनि यसको बाहिरी बृद्धिकै अनुपातमा रंग परिवर्तन गर्दछ । कालो मकै स्वादीलो र माँडीलो पनि हुन्छ । यसमा मकैको प्राकृतिक गुलीयो स्वाद पनि रहेको छ । तर पहेँलो जातको मकै भन्दा बढी स्वादीलो हुने यसका प्रयोगकर्ताले बताउने गरेका छन् ।

कालो मकै गर्मी मौशम भएको स्थानका लागि उपयुक्त मानिन्छ । पहेँलो मकै प्रजाति परिवारको सदस्यनै रहेको कालो मकैलाई बाली विज्ञानले (जिआ) प्रजातिको मकै समुहमा सदियौं दखि खेति प्रणालीमा समेटिएको दाबी गर्दछ । तर प्रणालीगत कृषिमा भने यसले निश्चित भूभाग र क्षेत्र मात्र ओगटेको देखिएको छ ।

विभिन्न स्थानमा यसलाई फरक फरक नामले चिनिन्छ । पेरुमा यसलाई ‘मेइज मोराडो’ भनिन्छ भने संयुक्त राज्य अमेरिका तथा संयुक्तअधिराज्य बेलायतमा यसलाई ‘ब्लाक एज्टेक’वा‘ब्लाक मेक्सिकन मेज’ भनिने गरिएको छ । दक्षिण अमेरिका बाहेकका स्थानमा कालो मकै बजारमा सहजै उपलब्ध भएको पाइदैन । तर स्थानिय सानाबजारहरुमा साना किसानले बिक्रीवितरण गर्ने गरेको पाइन्छ । वास्तवमा कालो मकै यसको रंग र फरक स्वादकाकारण लोकप्रिय बनेको छ ।

कालो मकैमा‘एन्थोसिआनिस’तत्व रहेको हुन्छ । यसले पेटको ज्वलन र वायु नियन्त्रणमा महत्वपूर्ण भूमिकानिर्वाह गरेको हुन्छ । यसमा फलाम, थियामिन, रिबोफ्लाविन, निआसिन, म्याग्नेसियम, फोल्यात, फोस्फोरस तथा भिटामिन एजस्ता स्वस्थकार तत्व पनि पाइन्छन् ।

कालो मर्कलाई पोलेर, उसिनेर तथा भुटेर खान सकिन्छ । थोरै बटर, नुन र मरिचले यसको स्वादलाई अझ राम्रो बनाउन सक्नेछन् । यो अत्यन्त बहुउपयोगी विशेषता भएको मकै भएकाले यसलाई पहेँलो मकै प्रयोग गर्ने हरेक तरिका र विधिमा प्रयोग गर्न सकिन्छ । यसलाई मिल वा जाँतोमा पिसेर बनेको च्याँख्ला बाट खाना ,पिठो, रोटी वा ढिँडो जस्ता परिकार बनाएर पनि प्रयोग गर्न सकिन्छ ।

आवस्यकता अनुशार पछि प्रयोग गर्ने गरि यो मकैलाई फ्रिजमा पनि राख्न सकिन्छ । र, यस बाट बनाइएका उत्पादन पनि न्यून तमतापक्रममा सजिलै संरक्षण गर्न सकिन्छ ।

पेरुमाअत्यन्तै लोकप्रिय रहेको पेय ‘चिचामोरादा’पनि कालो मकै उसिन्दा निस्किएको झोलबाट बनाइन्छ । गर्मी मौषममा यसको प्रयोग हुने गरेको छ । मसातो जस्ता अल्कोहोलिक उत्पादन पनि यसबाट गर्ने गरिन्छ । दक्षिण अमेरिकामा कालो मकै रातो र निलो रंग भएको प्रजातिमा पनि उपलब्ध हुने गरेको छ । ‘प्यूव्लो इण्डियन्स’हरुले यसलाई साँस्कृतिक अवशरहरुमा पनि प्रयोग गर्दै आएका छन् । उनिहरु यसलाई ‘ब्लाककर्न मेइडेन’पनि भन्ने गर्दछन् ।

कालो मकै वास्तवमा कहिले देखि मानिसको नियन्त्रणमा आयो भन्नेबारे स्पष्ट व्याख्या पाइँदैन । यद्दपि यसलाइै आदिकालदेखि नै प्रकृतिमा रहेको विश्वास गरिएको छ । अमेरिकी महाद्वीपका‘अज्टेक’ समुदायले भने कालो मकैलाई करिब २ हजार वर्षदेखि बालीको रुपमा उत्पादन र संरक्षण गरिरहेको अध्ययनहरुले देखाएका छन् ।

पेरु र दक्षिण अमेरिकामा भने यसको उत्पादन र प्रयोग अझ पुरानो हुनसक्ने ठानिएको छ । उत्तर अमेरिकामा भने करिब १८६० को दशकबाट प्रयोगमा आएको देखिन्छ । तर दक्षिण अमेरिका बाहेकका क्षेत्रमा यसलाई अझै पनि दुर्लभ कृषि बालीको रुपमा नै लिइन्छ । कालो मकैलाई उम्रन र फल्न तातो मौषमी क्षेत्र उपयुक्त मानिन्छ ।

मूलतः समशितोष्ण जलवायु भएको क्षेत्र जहाँमध्य र उच्च वर्षाको सम्भावना रहेको हुन्छ, ती क्षेत्रमा यसको खेती अपेक्षाकृत हुने देखिन्छ । मुख्यरुपमा पेरुभियनचिचामोरादा, चिचामोरादा बेस र मामोर्रा मोरादा अमेरिकीद्वीपमा यसबाट बनाइने गरेको मुल परिकार हुन् ।
नेपालको पनि तराई, भित्रीमधेश तथा दक्षिणी पहाडी क्षेत्र, उपत्यका र बेंशीहरुमा कालो मकैको खेतीगर्न सकिने देखिन्छ । यद्दपि यस बारेमा विस्तृत अध्ययन भने भइरहेको विज्ञहरुले बताएका छन् ।

नोट : (यो जानकारी हामिले अंग्रेजी अनलाईन स्पेसलीटि प्रोडक्ट भन्ने बाट लिएका हौं नेपाली अनुवादक शिक्षाचन्द्र आचार्य)

थप जानकारी लिने कार्य भैरहेको छ । केहि जिज्ञासा भए कमेन्ट गर्न सक्नुहुने छ ।