
एजेन्सी। चीनका वैज्ञानिकले चन्द्रमामा फूल र आलु फलाउने योजना सार्वजनिक गरेका छन् । चीनले चन्द्रमामा गर्न लागेको पहिलो जैविक अनुसन्धान ‘चाङ् इ फर लुनर’ यानमार्फत यी योजना सार्वजनिक गरेको हो ।
दक्षिण पश्चिम चीनको चाङकिङ विश्वविद्यालयसहित २८ विश्वविद्यालय अहिले यो योजनामा काम गरिरहेका छन । ‘लुनर मिनी बायोस्फेयर’ नामक दिइएको योजनामा नेदरल्याण्ड्स, स्विडेन, जर्मनी र साउदी अरबका वैज्ञानिक यन्त्रहरुलाई पनि चीनकै यानमा राखेर चन्द्रमामा पठाइने छ ।
चीनको योजनाअनुशार एक बाकसमा फूल, आलु र अन्य चीज चन्द्रमामा पठाइने छ । आल्मुनियमको उक्त बाकस करीब १८ सेन्टिमिटर लामो तथा १६ सेन्टिमिटर गोलो रहेको छ । बाकसमा बोटविरुवाका लागि आवश्यक पानी, पोषक पदार्थ, अक्सिजन, एउटा सानो क्यामरा तथा ‘डाटा ट्रान्समिसन सिस्टम’ पनि जडान गरिनेछ । चन्द्रमामा आलु र फूल फुल्नेमा वैज्ञानिकहरु विस्वस्त रहेको पनि बताएका छन ।।