हरियो घाँसलाई कलिलै अवस्थामा काटेर, केही सुकाई थप पौष्टिक तत्वहरूको आपुर्तीका लागि आवश्यकता अनुसार खनिजतत्व तथा सन्तुलित दाना मिसाएर हरियो घाँसको ब्लक बनाउन सकिन्छ ।

यस प्रविधिमा सुकाएको हरियो घाँसलाई टुक्राएर खाँदि मेसिनमा राखेर चारपाटे आकारको ब्लक बनाइन्छ । यस्तो घाँसको ब्लकलाई टियमआर (टोटल मिक्सड रासन) वा कम्पाक्टेड फिड ब्लक पनि भनिन्छ । एउटा ब्लकको तौल आवश्यकता अनुसार ५–१५ किलोसम्मको बनाउन सकिन्छ । गाईभैंसीको शारीरिक तौल र उत्पादन क्षमता अनुसार एक वा दुई वटा ब्लकले दिनभरिका लागि आहारा आपुर्ती गर्न सक्छ ।

ब्लक बनाउने विधिः

साधारणतयाः दुधालु गाई वा भैसीको शारीरिक आवश्यकता पुरा गर्न निम्न अनुपातमा घाँस र दाना मिसाउन सकिन्छ ।
विधि – १
सुकाएको हरियो घाँस ७५%,
मकैको पीठो १०%,
पिना १०%,
बेन्टोनाइट ४%,
खनिज लवण ०.५%,
नुन ०.५%,
बेन्टोनाइटलो खनिजका साथै घाँस र दानाका कणहरूलाई जोडेर ब्लकलाई मजबुत बन्न सघाउँछ ।

विधि – २
सुकाएको हरियो घाँस ५०%,
सन्तुलित दाना ४०%, र
खुदो १०%,।
खुदो मिसाउँदा ब्लकको स्वादिलोपना पनि बढने र घाँस र दानालाई जोडेर ब्लकलाई मजबुत बन्न मद्दत गर्छ ।

उपरोक्त सामग्रीहरूलाई राम्ररी मिसाएर विशेष प्रकारले बनाइएको हाइड्रोलिक मेसिनमा राखेर खाँदिन्छ ।

यस्तो ब्लकलाई प्लास्टिकले राम्ररी बेरेर प्याक गरेमा आद्रता तथा चिसोले हानी पु¥याउन सक्दैन। सा

धारण तया यस्तो ब्लकलाई ६ महिनासम्म सुरक्षित राखेर गाईभैंसीहरू खुआउन सकिन्छ ।

यसरी ब्लक बनाउँदा घाँसको आयतन करिब तीन भाग सम्म घट्न जान्छ ।

ब्लकलाई ट्रकमा राखेर टाढाटाढासम्म ढुवानी गर्न सकिने, सानो ठाँउमा पनि धेरै मात्रामा राख्न सकिने तथा झरेर, पोखिएर त्यती खेर जाँदैनन् ।

विशेषतः

घाँसखेतीका लागि जग्गा नहुने दुग्ध उत्पादक व्यावसायीहरू तथा सुखा याममा हुने हरियो घाँसको कमी पुरा गर्न सकिन्छ ।

लामो अवधिसम्म संरक्षित राख्न सकिने तथा टाठा–टाठासम्म पनि ढुवानी गर्न सकिने भएकोले तराई तथा पहाडी क्षेत्रमा उत्पादित हरियो घाँसको ब्लक बनाएर अब दुर्गम हिमाली क्षेत्रका याक, चौंरीपालक कृषकहरू समेत यस प्रविधिबाट लाभान्वित हुन् सक्छन् ।

यस प्रविधिबाट हरियो घाँस मात्र होइन, पराल, गहुँको छ्वाली, ऊखुको टुप्पा आदिको पनि ब्लक बनाउन सकिन्छ । हरियो घाँसको ब्लकको पौष्टिकता प्रयोग गरिने घाँसको जात र अवस्था तथा मिश्रणमा प्रयोग गरिने दाना तथा खनिजतत्वमा निर्भर हुन्छ ।

पहिलो पटक यस्तो ब्लक बनाउने प्रविधि तथा मेसिन भारतको पन्तनगर विश्वविद्यालयमा विकास गरिएको थियो तर हाल विभिन्न कम्पनीहरूले यस्तो मेसिन बजारमा ल्याएका छन् ।