
चितवन । चितवनको सुख्खा क्षेत्रमा बोरिङमार्फत सिचाई सेवा सुरु भएपछि किसान उत्साहित भएका छन् । भूमिगत जल सिंचाई विकास डिभिजन कार्यालय चितवनले निःशुल्क बोरिङ गरी सिंचाईको ब्यवस्था गरेपछि किसान थप उत्साही बनेका हुन् ।
सिंचाईको अभावमाा पशुलाई घाँस पनि राम्रोसंग उब्जनी नहुने जमिनमा यतिबेला निकै लोभलाग्दो गरी काक्रा तथा तरकारी उत्पादन गर्न किसाहरु सफल भएका छन् । भुमिगत जल सिचाई विकास डिभिजन कार्यालय खैरहनीले सिचाईका लागि पावर डिप स्यालो ट्युबेल जडान गरी सिंचाईको ब्यवस्था गरेपछि किसानले राहतको महसुस गरेका छन् ।
चितवनमा ३३ सय ९८ वटा स्यालो ट्युवेल, निमार्ण गरी ८ हजार ५ सय ४५ हेक्टर जमिनमा सिचाई सेवा पु¥याउनुका साथै २१ वटा डिप ट्युबेल निर्माण गरि १ सय ६५ हेक्टर जमिनमा सिचाई सेवा प्रदान गरेको भुमिगत जल सिचाई बिकास डिभिजन कार्यालयले जनाएको छ ।
यो वर्ष ट्युवेल निर्माण, मर्मत र योजना छनोटका लागि सरकारले ८ करोड बजेट विनियोजन गरेको छ । जसबाट नयाँ ट्युवेल निर्माण गर्ने र पुरानो मर्मतको काम हुने छ ।
किसानहरुलाई सुख्खा ठाँउमा सिचाँईको सुविधा पु¥याएसंगै किसानहरुको दैनिकीमा फेरबदल हुनका साथै किसानले राहतको महशुस गरेका छन् ।