परागसेचनको अलावा मौरीजन्य उत्पादनः मह, कुट, मैन आदि उत्पादनमा सहयोग पु¥याउने मौरी एपिडी परिवारमा पर्दछन । यस अन्तर्गत नेपालमा पाइने मौरीका जातहरु यस प्रकार छन ।

१. एपिस सेराना
यो स्थानीय मौरी हो । यसलाई एसियन मौरी पनि भनिन्छ । यो घरपालुवा मौरी हो । यो मौरी एक गोलामा करिब २५ देखि ३० हजारको संख्यामा हुन्छन् । यिनीहरू चर्नको लागि बढीमा १ कि.मि.सम्म उडान गर्न सक्तछन् । यसले अध्यारो ठाउमा धेरै चाका बनाई गुड बनाएर बस्ने हुनाले यसलाई घारमा राखी पाल्न सकिन्छ । एक घार मौरीले वार्षिक १५–२० किलो मह उत्पादन गर्न सक्तछ । यो मौरी  नेपालका तराइका जिल्ला तथा मध्य पहाडी क्षेत्रमा पाइन्छन् ।

२. एपिस मेलिफेरा
यो आयातित मौरी हो । यसलाई युरोपेली मौरी पनि भनिन्छ । यो पनि घरपालुवा हो । यो मौरीको शरीर सेराना भन्दा ठूलो हुन्छ । यिनीहरूको संख्या पनि एक गोलामा ५०–६० हजार हुन्छ । यिनीहरू ४९५ कि.मि. सम्म चर्न जान सक्तछन् र यिनीहरूलाई घना चरन क्षेत्रको जरुरत पर्दछ । यो मौरीले वार्षिक ६०–८० किलो मह उत्पादन गर्दछ । यि मौरीहरु पनि तराइका अधिकांश जिल्ला र पहाडी जिलमा नै पाइन्छन् ।

जङ्गली मौरी अन्र्तगत एपिस डोरसाटा र एपिस लेबोरियोसा छन् । डोरसाटा मौरीलाई खागो र कतै सिङगोस पनि भनिन्छ । लेबोरियोसालाई भीर मौरी पनि भनिन्छ । एपिस फ्लोरिया पनि भिर मौरीमा नै पर्छ ।

१.एपिस डोरसाटा
यो मौरी खुल्ला, उज्यालो ठाउमा बस्न र गुड लगाउन मन पराउने हुनाले घारमा राख्न सकिदैन । तराई र भित्री मधेसका प्रायः जङ्गलमा र कहिलेकाही घरका बाहिरी टपमा पनि नाङ्ला जत्रा एउटा चाका लगाएर बस्दछन् । घरपालुवा भन्दा ठूलो शरीर हुने यी मौरीका एउटै गोलाले ४० किलो सम्म मह जम्मा गर्दछन् ।

२. एपिस लेबोरियोसा
यो भीर मौरी हो । पहाडका चट्टान, पहराहरूमा खुल्ला ठाउमा एउटा गोलाले एउटै ठूला–ठूला चाका लगाई गुड बनाउछन् । सिन्धुपाल्चोक तातोपानी, कास्कीको सिक्लेस, सवि, लमजुङ्गको घलेगाउ आदि यो मौरीको बासस्थान हो । यसले पनि एउटै गोलाबाट ४० किलो भन्दा बढी मह दिन्छ ।

 ३. कठ्यौरी मौरी
यो जातको मौरी समुद्र सतहबाट १०००–१२०० मिटरको उचाइसम्म पाइन्छ । यसले न्यानो, खुल्ला तर अरु जीवजन्तु रमानिसको चहलपहल अलि कम भएको, शान्त ठाँउ मन पराउँछ । यस जातको मौरीले स–साना बोट बुट्यानको हागाहरुमा हत्केला जत्रा चाका लगाउँछ र त्यसमा सरदर १ किलोग्राम मह लगाएको हुन्छ ।

४. खागो मौरी 
यो मौरी पनि समुद्र सतहदेखि करिब १००० मिटरसम्मको उचाइमा पाइन्छ । यसले जमीनको सतहदेखि ४०÷ ५० मिटर अग्ला घरका छाना वा रुखका हाँगाहरुमा ठूला–ठूला चाका लगाउँछ । यसको यौटै गोलामा ३०–९० हजार सम्मको संख्यामा मौरीहरु हुन्छन् । यो जातको मौरी धेरै रिसाहा हुन्छ।