काठमाडौं । नेपालमै पहिलोपटक नेपाली हाइब्रिड धानको बीउ उत्पादन हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कलेराष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम अन्तरर्गत हर्दिनाथ १ र हर्दिनाथ १० नामक हाइब्रिड धानको बीउ उत्पादन गर्न लागेको हो ।

नार्कले तराइका विभिन्न ठाउँमा ४ वर्ष गरेको परीक्षणमा सामान्य धानभन्दा २० प्रतिशत बढी फलेको हरीकृष्ण उप्रतीले जानकारी दिनुभयो । किसान आफैँले धानको बीउ उत्पादन गर्न नसक्ने र यसका लागि कृषि प्राविधिक चाहिने भएकाले केही झण्झटिलो हुने उहाँको भनाई छ ।

यो जातको धान समुद्र सतहबाट ७ सय मिटर भन्दा तल खेती गर्न सकिनेछ ।नेपाली हाइब्रिड धानको बीउ उत्पादन भएपछि किसानले अहिले लगाइरहेको भारतीय र चिनियाँ हाइब्रिड बीउ विस्थापन गर्न सक्ने उप्रेतीले जानकारी दिनुभयो ।