काठमाडौं। बजारमा भेटिने मिसावटयुक्त र अखाद्य वस्तु छुट्याउन नसकेर हैरान हुनेलाई मिठो र अर्गानिक उत्पादन पस्कँदै आएको ‘किसानको पोको’ कार्यक्रमले कृषकहरुमा पनि कृषि उद्यमशीलता पनि बढाउँदै लगेको छ । सो कार्यक्रमले राजधानीमै बसेर दुर्गम र विकट क्षेत्रमा उत्पादित स्वच्छ कृषिजन्य वस्तु उपभोग गर्ने रहर पुरा गर्दै आएको छ ।

उपभोक्ताहरुको त्यही रहर पुरा गर्नका लागि नेपाल केन्द्रिय कृषि सहकारी संघले दुर्गम र विकट स्थानसहित ६९ जिल्लाको स्वस्थ्य वातावरणमा उत्पादन भएका कृषिजन्य वस्तुहरु संकलन गरी राजधानीमा उपलब्ध गराइरहेको छ । त्यो पनि सुलभ मूल्य र आर्कषक कपडाको ब्यागमा ‘किसानको पोको’ नामक ब्राण्डिङका नाममा संघले ३२ प्रकारका कृषिजन्य वस्तु साना किसानबाट संकलन गरी किसान पोको ब्राण्डमा एक वर्षदेखि राजधानीको बजारमा भित्राइरहेको छ ।

रसुवाको आलु, ताप्लेजुङको अदुवा, बर्दियाको तोरीको तेल, सिन्धुपाल्चोकको बास्मती चामल, झापाको कालो चिया, जुम्लाको फापरको पिठो, सिरहाको रहरको दाल, मकवानपुरको बोडी, मुस्ताङको सिमीको दाल, झापाको अकबरे अचार, रुपन्देहीको घ्यू र मकवानपुरको महलगायतका धेरै कुराको उपभोग त्यो पनि राजधानीमै बसेर लाई एउटा पोकोभित्र राखी बिक्री वितरणमा ल्याएको हो ।

६९ जिल्लाका करिब करिब ८० प्रतिशत साना कृषकहरु आबद्ध भएका साना किसान सहकारी संस्थामार्फत कृषिजन्य वस्तुहरु सिधै उपभोक्ताको माझमा पु¥याउने उद्देश्यले मौसम अनुसारका कृषि उतपादन पोकामा राखेर बिक्री गरिरहेको संघका महाप्रबन्धक रुद्र भट्टराइले जानकारी दिनुभयो ।

साना किसानको विकासको लागि संचालन भएको किसानको पोका कार्यक्रमले ग्रामिण क्षेत्रका किसानहरुले अहिले पुल्चोकमा एउटा आउटलेटमार्फत बिक्री वितरण गरिरहेकोमा यसको बढ्दो मागलाई मध्यनजर गर्दै राजधानीभित्रका अरु १० ठाउँमा विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

उत्पादन गरेका कृषि वस्तुहरुले राम्रो बजार पाउने विश्वासका साथ शुरु गरिएको यस्तो अभियानले कृषिलाई व्यवसायीकरण गरी कृषिमा निर्भर रहेका किसानको आर्थिक अवस्था बलियो बनाउन सकेमा अबको १० वर्षमा नेपाललाई कृषिमा पूर्णरुपमा आत्मनिर्भर बनाउन सकिने उहाँको भनाई छ ।

देशका कुना कन्दरामा गरिब किसानले उत्पादन गरेका अर्गानिक वस्तु काठमाडौंको बजारमा उपलब्ध हुँदा उपभोक्ताले धेरै नै रुचाएका छन् भने विचौलिया नभएपछि १० देखि १५ रुपियाँमात्रै मार्जिन राखेर सामान बिक्री गराइदिंदा यसबाट किसानहरु निकै उत्साहित छन् ।

संघले उपत्यकाको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा उपभोक्ताहरुमाझ सर्वेक्षण गरी उपभोक्ताहरुको मागअनुसार नै कृषि उपजहरु संकलन गरी कपडाको ब्यागमा राखेर किसान पोकोको नाममा बिक्री गर्न सुरु गरेको हो ।

संघका केन्द्रिय अध्यक्ष खेमबहादर पाठककाअनुसार सर्वेक्षणमा सहभागी उपभोक्तामध्ये ७८ प्रतिशतले नेपालकै स्वस्थ्यकर कृषिजन्य बस्तुलाई मन पराएको आधारमा र उपभोक्ताले रोजेको आधारमा कृषि उपजहरु संकलन गरी किसान पोकोमा राखेर सहुलियत मूल्यमा बिक्री बितरण गर्ने व्यवस्था मिलाइएको छ ।

बचत संकलनका साथै कृषिको उत्पादन तथा उत्पादन तथा उत्पादकत्व बृद्घि गर्ने त्यसलाई भ्यालु चेनमा लैजाने उद्देश्ले काम गरिरहेको संघले किसानद्घारा उत्पादित सामानहरुको खरिद बिक्रीका लागि सहजीकरण गर्ने गरिरहेको छ ।

कृषिमा आधुनिकता र व्यवसायीकताका नाममा नेपालको मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा पुगेको अवस्थामा किसानको पोको कार्यक्रमले यस्ता उत्पादनको संरक्षण गर्न सघाएको छ । पछिल्लो पटक नेपालमा भित्रिएका बहुर्रािष्ट्रय कम्पनीका बीउबिजनले नेपालको मौलिक स्वादलाई विस्थापित गरेको छ ।

स्थानीय प्रजातिका खाद्यन्नबाली लोप हुन थालेको छ । जनसंख्या बढिरहेका कारण कृषिको आधुनिकीकरण हुनुपर्ने भनाइले स्थानीय जातको बीउबिजनको सट्टामा बहुराष्ट्रिय कम्पनीका बीउबिजन भित्रिएका छन् ।
कृषिलाई व्यवसायीकरण गर्न स्थानीय उत्पादनलाई जोगाउनुपर्ने अहिलेको बाध्यतालाई थोरै भए पनि किसानको पोको बिक्री वितरणले राहत पुगेको छ ।

नेपालको मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा पुगेका, युवा वैदेशिक रोजगारमा पलायन भएको र कृषिबाट केही गर्न सकिन्न भन्ने निराशावादी सोचलाई बदल्ने र स्थानीयस्तरमा खेर जाने अन्य खाद्य वस्तुको संरक्षण एवम् प्राङ्गारिक उत्पादनलाई बल पु¥याउन किसानको पोकोको बिक्री वितरणले थप बल पुनः आशा जागृत गराएको छ ।

किसानको पोकोले स्थान र जाति विशेषका मौलिक उत्पादनलाई बजारको पहुँच पुगेको छ भने किसानलाई बजार खोज्ने तनावबाट मुक्त गरेको छ । किसानको बजार सुनिश्चत गर्न र बिचौलियाको प्रभावबाट मुक्त गर्न ल्याइएको अवधारणा हो यसबाट उपभोक्ताले पनि गुणस्तरीय वस्तु शुलभ मूल्यमा प्राप्त गरेका छन् ।

आलु, खाने तेल, मह, जुम्लाको मिठे फापर, चियापत्ति, अदुवा, राजमा, मुसुरो दाल, रहर, चना ठूलो, चना सानो, बेसार, घ्यु, फापरको पिठो, सिमीको दाल, सिमीको कालो दाल, आलस, टाटे सिमी, मार्फा जुस, मनभोग चामल, कोईरालाको अचार, मास, भटमास, एप्रिकोट जाम, लसुनको अचार, अकबरे खुर्सानीको अचार, तामाको अचारलगायतका उत्पादनहरुमा उपभोक्ताको बढी माग देखिएको संघले जनाएको छ ।

सरकारले वितरण गर्ने अनुदान सक्कली किसानले नपाएको भन्दै उहाँले भन्नुभयो –‘ युवाहरुको कृषि उद्यमशीलता बढाएको छ भने तर युवाहरुले गर्न चाहेका छन् आकर्षण पनि देखिएको छ तर सहुलियत र सुविधा केही छैन ।’ पछिल्लो समय करिब ४३ सय युवाहरु संघमार्फत फेमिलि फार्मिङको माध्यमबाट तालिम लिएर कृषिमा लागिरहेको जानकारी दिंदै उहाँले भन्नुभयो – ‘यता खुला सिमाका कारण प्रतिष्पर्धा गर्न गा¥हो छ हाम्रो गुणस्तरीय वस्तु सस्तोमा बाहिर जान्छ र गुणस्तरहीन वस्तु हाम्रोमा आउँछ ।’

विद्यमान गरिबीलाई न्युनीकरण गर्न साना किसानहरुद्वारा संचालित साना किसान कृषि सहकारी संस्था तथा समान प्रकृतिका संस्थाहरुको स्वसक्षमता र दीगो विकासका साथै सामाजिक पँुजीको विकास गर्दै जाने नेतृत्वदायी सक्षम केन्द्रीय संघको रुपमा स्थापित हुने यस संघको परिकल्पना रहेकोछ । संघमा आबद्व सदस्य संस्थाहरुको संस्थागत विकास गरि साना किसान तथा विपन्न वर्गहरुको आर्थिक तथा सामाजिक विकासका लागि आवश्यक गैर वित्तीय सेवाहरु प्रदान गर्दै संजाल बृद्धि गर्नु संघको ध्येय रहेको छ ।

कृषि उत्पादन र उत्पादकत्वमा बृद्धि गर्न प्राविधिक सेवा विस्तार गरी ४००० भन्दा बढि युवा किसानलाई पारिवारिक खेतीको माध्यमबाट व्यवसायिक बनाउने उद्देश्य लिएको संघले सामाजिक पूँजीको बृद्धि गरी ३० अर्ब पु¥याउने लक्ष्य लिएको छ ।

खाद्य सुरक्षा र सम्प्रभुतामा जोड दिंदै न्युनतम ५० सदस्य संस्थामा कृषि पर्यटनको विकास गर्दै राष्ट्रिय तालिम प्रतिष्ठान स्थापना गर्ने लक्ष्य संघले लिएको छ । युवाहरुलाई सहकारीमा आवद्ध गर्न अभिप्रेरित गर्दै न्यूनतम ५० जना युवालाई साना कृषि फारम निर्माण गर्न तालिम दिई किसान स्तरमा फार्मको स्थापना गराउने तथा केन्द्रमा किसानको थोक बजार निर्माण गर्ने र प्रत्येक संस्थाहरुमा संकलन केन्द्रहरु स्थापना गर्दै जाने पनि संघको लक्ष्य रहेको छ ।

न्युनतम १०० सदस्य संस्थालाई सहकारी खेतीका लागि श्रोतको व्यवस्थापन गर्न सहयोग गर्ने, कृषिमा व्यवसाियकरण गर्दैै जाने गरी सदस्यहरुलाई उत्प्रेरणा प्रदान गर्ने, मासुजन्य पदार्थको ब्रिडिङ सेन्टर निर्माण गर्ने, शीत घर निर्माण र प्रशोधन उद्योग स्थापनामा बृद्धि गर्ने उद्देश्य संघले लिएको छ ।