एजेन्सी । दुनियाँको यस्तो देश हो जहाको आधा अर्थव्यवस्था केवल पर्यटनमा टिकेको छ । उक्त देश उत्तरी अफ्रीका अदनको खाडी नजिक स्थित सोमालील्याण्ड हो ।

सोमालील्याण्ड १९९१ मा सोमालियाबाट अलग भएर नयाँ देश बनेको थियो । अहिलेसम्म यस देशलाई कुनैपनि देशले मान्यता दिएको छैन । एक रिपोर्टअनुसार यस देशमा करीब ४० लाख जनसंख्या रहेको छ ।

सोमालील्याण्डको निकै गरीब देश हो । करेन्सी शिलिंगको कुनैपनि देशमा कुनै मूल्य छैन । एक अमेरिकी डलरको लागी ९ हजार शिलिंगको नोट दिनु पर्दछ । सोमालील्याण्डमा शिलिंगको ५०० र १००० को नोट चलनमा रहेको छ । यहाँको आधा इलाका स्यान्डी रहेको छ, जबकि बाकी भाग भने प्राय: सुख्खाको शिकार हुने गर्दछ ।

सोमालील्याण्डबाट सबैभन्दा ठुलो निर्यात उटहरुको हुने गर्दछ । त्यसैले देशको अर्थव्यवस्था माथी आउन सकेको छैन । सबैभन्दा बिशेष भनेको बजार जहाँ नोट धेरै दखिन्छ ।

एउटा चुरोट किन्न पनि ५०० या हजारको नोट चाहिन्छ । एक छाक तरकारी किन्नको लागी झोला भरि नोट लानु पर्दछ । यदि सोमालील्याण्डमा कुनै महँगो गहना किन्न परेमा गाडी भरेर शिलिंग नोट लैजानु पर्दछ ।