उत्पादकत्व र क्षेत्रफलकाे हिसाबले गहुँ नेपालकाे तेस्रो महत्त्वपूर्ण खाद्यान्न बालीमा पर्दछ तर विभिन्न राेग किराहरुकाे अाक्रमणबाट बर्सेनि गहुँकाे उत्पादन घटिरहेको छ। ती मध्ये गहुँ बालीमा लाग्ने कालाे पाेके पनि एक मानिन्छ ।बिशेष गरि गहुँकाे बाला लागिसके पछि पाक्ने बेलामा याे राेग देखा पर्दछ।
राेगकाे कारक जीवाणु :
याे राेग Ustilago sagatum नामक ढुसीले गर्दा लाग्छ।
राेगका लक्षणहरु :
१.गहुँमा बाला लाग्नु भन्दा पहिले याे राेग देखा पर्दैन राेगी बिरुवामा स्वस्थ बिरुवा भन्दा अलिक चाडै बाला लाग्छ।
२.बालामा दाना लाग्नुकाे सट्टा कालो ढुसिकाे बिजाणुले भरिएको हुन्छ ।
३.राेगलागेका बालाकाे सबै दानाहरु(spikelets) कालाे धुलाेमा परिणत हुन्छन् ।
४.शुरुमा कालाेपाेके एक प्रकारकाे झिल्ली (membrane) ले ढाकेकाे हुन्छ ,झिल्ली केही समयपछि फाट्छ र बिजाणु हावामा फैलिन्छ।
राेगकाे स्राेत र फैलने बाताबरण :
राेगी बीउ नै राेगकाे प्रमुख स्रोत हाे। सक्रमित बीउ खेत बारीमा छरेपछि बिरुवा उम्रे, बढ्दै जादा सुषुप्त अवस्थाका जीवाणुका मसिना रेशाहरु(mycelium)सक्रिय भइ संख्या बढ्दै जान्छन् र बाला लाग्ने समयमा बिजाणुहरु निस्केर पुरै बालामा अङ्गारकाे जस्तो कालाे ढुसिका पाेकाहरु भरिन्छन् र पछि त्याे बालालाइ ढाकेकाे पातलाे कागज जस्तो झिल्ली फुटेपछि हाबामार्फत फैलिन्छ।
हाबाकाे माध्यमबाट गहुँ फुल्ने समयमा फुलकाे गर्भाशयकाे माथिल्लो भागमा कालाेपाेकृ राेगका बिजाणुहरु परेपछि तिनिहरु उम्रेर मसिना रेशा भइ बिउकाे भ्रुण भित्र सुषुप्त अवस्थामा रहिरहन्छ । अाेसिलाे तथा चिसाे हावापानीमा यसका जिवाणुहरुकाे बृद्दि छिटो हुन्छ त्यसैले पहाडी क्षेत्रमा यसकाे प्रकाेप बढी देखिन्छ ।
राेग व्यवस्थापनका उपाय:
१.खेतबारीकाे सरसफाइ तथा राेगि बिरुवाहरुकाे पहिचान गर्ने र राेग स्वस्थ्य बालामा सर्न नदिन तुरुन्त राेगी बाेट हटाउने।
२.कालाे पाेके राेग देखियकाे खेतबारि अासपासका क्षेत्रहरुबाट संकलन गरिएको बीउ राेगि हुने हुदा त्यस्तो बिउकाे प्रयाेग नगर्ने ।
३.राेग अवरोधक वा सहन सक्ने जातकाे प्रयाेग गर्ने जस्तै अन्नपूर्ण -३,अन्नपूर्ण -४,wk1204 लगाउने।
४. ४९°से तातोपानीमा १ मिनेट अथवा ५२°से मा ११ मिनेट बीउ उपचार गरि गहुँ छर्ने
५.कार्बाेग्जिन ३७.५% + थिराम ३७.५% डब्लुपि नामक बिषादि २ ग्राम वा टेबुकाेनाजाेल २% डिएस १ ग्राम प्रति के.जि.बिउका दरले बीउ उपचार गरि छर्ने।
यसाे गर्दा गहुँमा लाग्ने कालाेपाेके राेग लाग्नमा कमि भइ गहुँकाे उत्पादन बढाउन सकिन्छ ।