बैतडी। स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जलवायु परिवर्तनका कारण स्याउ उत्पादन हुनै छाडेको छ । केही वर्षअघिसम्म स्याउको राम्रो उत्पादन गरेको गरेको सतबाँझमा पछिल्लो समय उत्पादन हुनै छाडेको हो ।

पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न पनि छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख वागवानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेयले जानकारी दिए ।

स्याउ फल्न छोडेपछि सुख्खा फलफूल विकास केन्द्रले अहिले हिउँदे फलफूलका विरुवा उत्पादन गर्न थालेको छ ।

स्थापनाकालदेखि ७३ जातका स्याउ तथा बोटबिरुवा उत्पादन सुरु गरेको सो केन्द्रमा हाल दुई दर्जन जातका स्याउका बिरुवा मात्र बाँकी छन् ।