काठमाण्डौ । कोरिया जानका लागि भाषा सिकिरहेकाहरुका लागि खुशीको खबर । नवौं कोरियन भाषा परीक्षामा सामेल हुनका लागि आवेदन आह्वान गरिएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले एक सूचना सार्वजनिक गर्दै परीक्षाको मिति तोकी त्यसमा सहभागिताका लागि आवेदन आह्वान गरेको हो ।

इच्छुकले चैत ८ देखि १७ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । इपीएस शाखाका अनुसार आगामी जेठ २६ र २७ गते परीक्षा कार्यक्रम संचालन गरिनेछ । एकदिनमा २ सिफ्ट गरी परीषा संचालन हुनेछ ।

इच्छुकले उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुुपालन क्षेत्र गरी दुुई क्याटेगोरीमध्ये कुनै एकमा आवेदन दिन सक्नेछन् । यो वर्ष उत्पादनमूलकतर्फ ४८०० र पशुपालनतर्फ २३०० परीक्षार्थीलाई कोरिया लैजाने सरकारको तयारी छ । इपीएस शाखाले अनुमानित उत्तीर्ण संख्या ७१०० रहेको छ ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको लगायतका शर्त राखिएको छ ।

नवौं कोरियन भाषा परीक्षाको नतिजा आगामी असार १६ गते प्रकाशित हुनेछ ।