यो सिचाइ को एउटा तरिका हो जस्ले पानी को बचत गर्छ र बिरुवा अनि रुख को जरा मा पानी को ढिलो ढिलो सुख्न मद्दत गरि मल को धेरै उपयोग गर्न मद्दत गर्द्छ । थोपा सिचाइ वॉल्व्स, पाइप, ट्यूब्स र एमीटर्स सङ्ग जोडिएको एउटा नेट्वोर्क को मदत बाट काम गर्छ । थोपा सिचाइ प्रक्रिया मा माईक्रो स्प्रेय हेड्स तरिका को पनि प्रयोग गर्न सकिन्छ ।

यो मेसिन ले एमीटर्स को तुलनामा पानी लाई सानो छ्त्र मा फैलाउछ । सामान्यतया येस्तो हेड लामो र फैलिएको जरा भएको बिरुवा वा रुख को सिचाइ को लागि प्रयोग गरिन्छ । कम पानी भएको ठाँउ मा सब सरफेस थोपा सिचाइ को प्रयोग गरिन्छ ।

अनुकूल थोपा सिचाइ व्यवस्था को पत्ता लगाउन विभिन्न तत्त्व को ध्यान राख्नु पर्द्छ जस्तै माटो, पानी, बिरुवा, कृषि जलवायु स्थिति आदि । अधिकांश खेती गरिने तरिका मा थोपा सिचाइ को प्रयोग गर्न सकिन्छ । जस्तै व्यावसायिक ग्रीन हाउस खेती, पॉलीहाउस खेती, शेड नेट फार्मिंग आदि ।

स्प्रींल्कर इरिगेशन व्यवस्था सग तुलना गर्ने हो भने थोपा सिचाइ धेरै फाइदाजनक सबित हुनेछ । सामान्य तया ठुलो थोपा सिचाइ आयोजना मा फिल्तर को प्रयोग गरिएको हुन्छ जस्ले छोटो एमीटर को बहाब मा पानी मा मिसिएको ठोस बस्तु हरुको अवरोद्द लाई रोक्द्छ। बर्तमान समय मा घर को बगैंचा को लागि थोपा सिचाइ ड्रिप( थोपा ) किट को रूपमा उपलब्ध छ। यो किटमा एउता टाइमर, हौज र एमीटर हुन्छ ।

थोपा सिचाइ मा प्रयोग हुने यन्त्रहरु :
पंप
वाटर फिल्टर पानी छान्न को लागि
दबाव नियंत्रक जस्तै वॉल्व वा रेगुलेटर
ब्याक वाटर रोक्ने यन्त्र
ठुलो पाइप र पाइप फिटिंग्स
हाइड्रोलिक वॉल्व्स
लेटर्ल्स (कम मोटाई भएको पोली ट्यूब्स )
पॉली फिटिंग्स
एमीटर्स माइक्रो स्प्रे हेड, इन-लाइन ड्रिपर वा इन-लाइन ड्रिप ट्यूब

थोपा सिचाइ को फाइदा हरु :
पानी को कम उपलब्धता भएको स्थान को लागि फाइदाजनक ।
खेती को धेरै उत्पादन र समय भन्दा अगाडि हुने सम्भावना बढछ् ।
पानी को धेरै र राम्रो तरिकाले प्रयोग ।
सिमित प्रयोग को कारण मल र पोषक तत्त्व को ह्रास को कम गर्द्छ ।
बिरुवा को जरा सम्म पानी को वितरण समान रूपमा हुन्छ ।
झार पात को नियन्त्रण सजिलोसँग गर्न सकिन्छ ।
जमिन समथर बनाउनु पर्ने आवश्यकता नहुने ।
एक समान पानी वितरणबाट बिरुवा को जरा मा पानी को कमि हुन् दिदैन ।
मल को प्रयोग थोपा सिचाइ मा पानी सगै गर्न सकिन्छ जसबाट मल को बचत गर्न सकिन्छ ।

थोपा सिचाइ को बेफाइदा :
ओवरहेड व्यवस्था को तुलनामा थोपा सिचाइ मा खर्च धेरै हुन सक्नेछ ।
स्प्रींक्लर सिस्टम को जस्तै पाला नियन्त्रणमा येस्को प्रयोग गर्न सकिदैन ।
सुर्य को किरण को कारण ले ड्रिप( थोपा ) ट्यूब व्यवस्था को आयु कम हुन्छ ।
छान्ने काम राम्रो सग भएन भने यसबाट अवरोध हुन सक्छ ।