नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले बेसारको नयाँ जात पत्ता लगाएको छ।अदुवावाली अनुसन्धान कार्यक्रमका डा।जनार्दन गौतमले चालु आर्थिक वर्षमा बेसारको नयाँ जात ‘कपुरकोट हलेदो २’ पत्ता लगाइएको बताए।

‘मैले पत्ता लगाएर अनुसन्धान गरि पठाएको बेसारको नयाँ जात कपुरकोट हलेदो २ राजपत्रमा समेत प्रकाशित भइसकेको छ।’ किट बिज्ञ डा.गौतमले भने। उनले कपुरकोट हलेदो ‘१’ राष्ट्रिय अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानमा २०७१र०७२ मा सिफारिस भएपछि त्यसयताको लामो मेहनतले यसवर्ष कपुरकोट हलेदो ‘२’ पत्ता लगाउन सफल भएको जानकारी दिए।

‘धेरै वर्षदेखि मेहनत र जातिय छनोट गर्दै नयाँ जात सिफारिस गरिएको हो।’ डा.गौतमले भने। बेसारको नयाँ जात पत्ता लागे संगै अव नेपालमा दुई जातको अदुवा प्रमाणिकरण भएको छ।

‘कपुरकोट हलेदो २’ का पहिचान र बिशेषता :

जातीय पृष्ठभुमीः सिआइ ०२०९
जातीय पहिचानः सिआइ ०२०९
जातीय श्रोतः कन्चनपुर
उत्पत्तिः नेपाल

बनस्पतिको स्वरुप

बोटको उचाईः ४२.८ से.मी
पातको आकारः अण्डाकार
पात संख्यावोटः ६.८
पातको लम्वाईः ४३.० से.मी
पातको चौडाईः १७.० से.मी
गानोः पिडालु आकार
धुलोः फिक्का पहेलो

जातीय बिशेषता

वाली तयार हुने समयः मध्यम (२४५–२६० दिन)
डाँठको संख्याः २.६६ प्रति बोट
गानोको तौलः ४००–५५० ग्राम प्रति गानो
सरदर उत्पादनः ३४.०५ मेट्रिक टनप्रति हेक्टर
उत्पादन क्षमताः २५–५५ मेट्रिक टनप्रति हेक्टर

प्रशोधन विशेषताः

बेसार धुलो बन्ने क्षमताः १६ प्रतिशत ताजा तौलमा र ९४ प्रतिशत सुकेको तौल आधारमा
कुरक्युमिनको मात्राः २.५९५
बास्नादार तेलको मात्राः ३.७५५

बिशेष गुणहरुः

लिफ क्लच सहन सक्ने
तुलनात्मक रुपमा राम्रो उत्पादन भएको
बेसार धुलो बन्ने क्षमता धेरै भएको
व्यसायिक कृषकहरुले प्राथमिकता दिएको र बढी रुचाइएको

सिफारिस गरिने भौगोलिक क्षेत्र :

नेपालको तराई र मध्य पहाडी भेगको समुन्द्री सतह देखि १६०० मीटर उचाइ सम्म

अदुवाको पनि नयाँ जात ‘कपुरकोट अदुवा २’

राष्ट्रिय अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यान नेपालको एक मात्रै अदुवालवालीको अनुसन्धान गर्ने कार्यालय हो। गत बर्ष मात्रै डा.गौतम नेतृत्वको टोलीले अदुवाको नयाँ जात ‘कपुरकोट अदुवा २’ पत्ता लगाएको थियो।

‘कपुरकोट अदुवा २’ पृष्ठभुमी

जिन्जेबिरेसी परीवार अन्तर्गत पर्ने प्रस्तावित अदुवाको जात साविक जिरमाले गा।वि।स, इलामबाट लिई राष्ट्रिय अदुवावाली अनुसन्धान कार्यक्रममा ‘जेडआइ ०२०९’ को रुपमा छनोट गरि नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका विभिन्न अनुसन्धान केन्द्रहरुमा र कृषकको बारीमा परिक्षण गर्दा उपयूक्त ठहरिएकाले उन्मोचनको लागि सिफारिस गरिएको छ।

जातीय पृष्ठभुमिः जेडआइ ०२०९
जातीय पहिचान एमजेडआइ ०२०९
जातीय श्रोतः इलाम, जिरमाले गा.वि.स
उत्पत्तिः नेपाल

बानस्पतिक स्वरुप

बोटको उचाईः ६२.६२ से.मी
पातको आकारः साघुरो लामो
पात संख्या÷सराः १८
पातको लम्वाईः २५ से.मी
पातको चौडाईः २.५ से.मी
पातको अवस्थिति. बिपरित
गानोः पञ्जाकार
गानोको रङः खैरो
पानाको लम्वाईः १८.२ से.मी
पानाको ब्यासः ३.१ से.मी

जातिय बिशेषता

वाली तयार हुने समयः मध्यम (२४०–२६० दिन)
सराको संख्याः ९.२० प्रति बोट
पानाको संख्याः सरदर २–३ प्रति गानो
गानोको तौलः ३५०–५०० ग्राम प्रति गानो
सरदर उत्पादनः ३२.७५ मेट्रिक टन प्रति हेक्टर
उत्पादन क्षमताः ४०.२ मेट्रिक टन प्रति हेक्टर

प्रशोधन विशेषताः
सुठो बन्ने क्षमताः १४.२ – २०.९ प्रतिशत ताजा तौल आधार
वास्नायुक्त तेलको मात्राः २.५५
ओलियोरेजिनको मात्राः ७.०५५
रेशाको मात्राः ४.८५

बिशेष गुणहरु
गानो कुहिने रोग सहन सक्ने
तुलनात्मक रुपमा राम्रो र स्थिर उत्पादन भएको
सुठो बन्ने क्षमता धेरै भएको
बास्नायुक्त तेल र ओलियोरेजिन वढि भएको
कृषकले प्राथमिकता दिएकोरवढी रुचाएको

सिफारिस गरिने भौगोलिक क्षेत्र

नेपालको मध्य पहाडी भेग

सिफारिस खेती प्रविधि

अदुवावालीमा राम्रो उत्पादन लिनको लागि उपयुक्त जग्गाको छनोट देखि उत्पादनलाई बजार पुर्याउँदा सम्म उपयूक्त प्रविधिहरु अपनाउन आवश्यक पर्दछ। अदुवावाली अनुसन्धान कार्यक्रम, कपुरकोटद्वारा हालसालै उन्मोचन गर्न लागिएको जात ‘जेडआइ ८५०२’ को व्यवसायीक उत्पादन गर्न माटोमा ख्याल गर्न सिफारिस गरिएको छ।

माटो
पानी निकासको राम्रो व्यवस्था भएको, प्रशस्त प्राङ्गारिक मलयुक्त हलुका दुमट माटो उपयुक्त भएता पनि उर्वरशक्ति बढि भएको खण्डमा बलौटे दोमट देखि लिएर चिम्टाइलो माटोमा पनि राम्रो उत्पादन गर्न सकिन्छ। माटोको पि.एच. ५.५ – ६.५ उपयुक्त मानिन्छ।

स्रोत ,समाचार /फोटो : सेतो पाटी