नेपालमा पछिल्लो समयमा गाई पालन व्यवसायिक रुपमा फैलिदै गएको छ । नेपालमा परम्परागत जातका गाईदेखि जर्सिगाईको व्यवसायिक रुपमा पालन सुरु भएको छ । योसँगै दूध उत्पादनको क्षेत्र पनि फराकिलो भएको छ । यहाँ हामीले गाई पालनका लागि आवश्यक पर्ने अत्यावश्यक सम्पूर्ण जानकारी उपलब्ध गराउने जमर्को गरेका छौं । यो जानकारीबाट आधुनिक तथा व्यवसायिक रुपमा गाई पालन गर्न सकिन्छ ।

गाई फार्मका लागि गोठ र आहारा व्यवस्थापन कसरी गर्ने ?

गोठ बनाउने जमीनको छनौट ध्यान दिनुपर्ने कुराहरु :
ओभानो,पहिरोलो, तुलानत्मक रुपले वरपरभन्दा केही अग्लो र सुरक्षित ठाँउमा ।
यातायात, बिजुली,पानी तथा बजारको उपलब्धता भएको स्थानमा ।
प्राविधिक सेवा सुविधा, औषधि,दाना आदि उपलब्ध भएको स्थानमा ।
घाँस चरन नजिक भएको वा लगाउन सकिने ठाँउमा ।
जंगली जनावर नलाग्ने ठाँउमा ।
मलमूत्र खेतबारीमा लान नजिक हुने ठाँउमा ।
विभिन्न उमेर र अवस्थाका पशुको लागि छुट्टाछुट्टै लम्बाई, चौडाई भएको बस्ने ठाउँको आवश्यकता पर्छ । पशुको किसिमका आधारमा गोठ बनाउनुपर्छ । धेरै साँगुरो ठाँउमा धेरै पशु राखेमा व्यवस्थापनमा कठिनाईका साथै अन्य रोगले पनि आक्रमण गर्न सक्छ । त्यसैले विभिन्न किसिमका पशुको लागि तल लेखिएको वा चित्रमा देखाइए बमोजिमको ठाउँ चाहिन्छ ।

गोठका आधारभूत विशेषताहरु :
बस्ने ठाउँ जमिनबाट ५० से.मी. (एक हातजति) माथि उठेको ।
गाईगोठको चौडाई ७ मी तथा लम्बाई आवश्यकता अनुसारको बनाउनु पर्छ ।
बस्ने ठाउँ अगाडिदेखि पछाडिसम्म १ः१०० को अनुपातमा भिरालो हुुनुपर्छ ।
घासपात दिने डुंडको व्यवस्ष हुनुपर्छ ।
गोठ बनाउँदा मुत्र बगेर जाने ७ से.मी. गहिरो र ३० से.मी. चाक्लो नालीको व्यवस्ष गर्नुपर्छ र पिसाब आफै बगेर गई थुप्रने खाल्टो बनाउनुपर्छ ।
बस्ने ठाउँमा घाम वा प्रकाश छिर्ने बनाउनुपर्छ ।
ठण्डी ठाउँमा ताजा हावा खेल्ने झयाल तथा अन्यमा विना पर्खालको बनाउन सकिन्छ ।
गोबर (मल) थुपार्ने ठाउँ अलग र पशुभन्दा १० मिटर टाढा हुनुपर्छ ।
बस्ने ठाउँ ओभानो र खाल्टाखुल्टी नभएको हुनुपर्छ ।
पाडा बाच्छाको लागि सानो टाँड बनाउनृपर्छ ।
गोठ बनाउँदा ठाउँ र अवस्ष हेरी चारैतिर वा दुईतिर खुल्ला राख्न सकिन्छ । जाडो ठाउँमा घामको प्रकाश आउने तिर खुल्ला राख्नु पर्छ । ज्यादै जाडोमा झयाल राखी खोल्न र बन्द गर्न मिल्ने बनाउनु पर्छ ।
भुईको क्षेत्रफलको कम्तीमा १० प्रतिशत भेन्टिलेसन हुनैपर्छ ।

पशुपंक्षीको खोर, गोठमा निम्नानुसार विकृतिहरु हुन्छन् :
चिसो, फोहर ठाउँमा विभिन्न रोगका किटाणु हुन्छ जसले गर्दा पशुलाई चाँडै रोग लाग्न सक्छ ।
अध्याँरो ठाउँमा उपियाँ, किर्ना,सुलसुले, जुम्रा, लामखुट्टे र अन्य सुक्षम जीवहरु बस्छन् ।
हावा नखेल्ने, ठाउँमा चिसो र बाफिलो हुन्छ जसले गर्दा पशुमा निमोनिया र अन्य रोग लाग्न सक्छन् । हावा खेल्ने गोठमा सोत्तर र चिसोबाट निस्केको बाफ बाहिर उडाउँछ ।
घामबाट पशुुले भिटामिन तथा शरीर संचालनका लागि चाहिने हार्मेन निकाल्न पाउँछन ।

माथि उल्लेख भए बमोजिम भकारो, नाला, दानापानीको डुँड आदीको नाप राखी गोठ बनाउँदा गोठ बनाउँदा दुवैतिर लाइनमा एकातर्फ टाउँको फर्काएर गाई राख्ने (हेड टु हेड सिस्टम) गरी गोठको निर्माण गर्दा तलको चित्रमा देखिए बमोजिम हुने गरि निर्माण गर्नुपर्दछ । तर एकापट्टी मात्र घाम लाग्ने प्रकृतिको जग्गा वा खासगरि मध्यपहाडी जिल्लाका डाँडा र बेसीहरुमा गोठ बनाउँदा दुवैतिर केही घण्टाको लागि भए पनि घाम लाग्ने जमीन छैन भने एकातिरमात्रै पशु राख्ने गरि गोठ बनाउनुपर्छ । त्यस्तो अवस्थामा हेड टु हेड वा टेल टु टेल कृषिकहरुले गोठ बनाउँदा दोहोरो लाइनमा पशु राख्ने गरी गोठ बनाएपनि घाम लाग्ने पट्टीको पशुभन्दा अर्को साइडको घाम नलाग्ने पट्टीको साइडमा राखिएका पशुहरु धेरै रोगी हुने र परजीवले पनि सताउने गरेको पाइएपछि त्यस्तो गोठमा गरिएको खर्च अर्थहिन सावित हुन गएको छ । पछी त्यस्तो घाम नलाग्ने साइडमा उहाँहरुले दाउरा घाँस जस्ता सामाग्रीहरु राखेर उपयोग गर्नुपरेको अवस्था देखिन्छ ।

चितवन जिल्लाका कतिपय व्यावसायिक फार्महरुमा भने कृषकहरुले चमेराको प्रकोप भएको र गाईवस्तुलाई दुःख दिएको भन्दै खोरको सम्पूर्ण भागमा तटवन्धमा प्रयोग गरिने जाली लगाउने गरेको समेत पाइएको छ । आर्थिक रुपले थेग्न सक्ने अवस्थामा यस्तो व्यवस्ष गर्नु पनि उपयुक्त नै हुन जान्छ । तर जालीको व्यवस्था गरेपछि दुवैपर्फ तलदेखि माथिसम्मै कभर गर्ने गरि ग्रिलयुक्त ढोकय पनि व्यवस्ष गर्नुपर्ने हुन्छ । यसरी व्यवस्था गर्न सकेको खण्डमा बहुलाहा कुकुर,स्यालजस्ता जीवजन्तुबाट रेबीज रोगको जोखिम पनि हुन पाउँदैन भने चोर, फटाहा आदिबाट पनि सुरक्षा दिन सकिन्छ । तर सकभर अनावश्यक खर्चहरुलाई कटौती गर्नतिर नै ध्यान केन्द्रित हुनुपर्छ किनकि सम्पूर्ण लागत अन्तत स् दुधको उत्पादन लागतमा गएर जोडिन्छ । उत्पादन लागतको सिधा सम्बन्ध व्यावसायिक सफलता र प्रतिस्पर्धी क्षमतासँग हुन्छ ।

गाईभैसींको लागि दाना बनाउने तरिका :
गाईभैसीं पालनमा हुने कुल खर्चको मुख्य भाग वा ५० देखि ६० प्रतिशत आहारामा खर्च हुनुका साथै पशुको स्वास्थय र उत्पादन प्रत्यक्ष रुपमा आहारमा नै निर्भर हुनाले व्यवस्थापन गाईभैसींपालनको सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्न सकिन्छ । तर हाम्रो अधिकांश कृषकहरुले अज्ञानता वा हेलचक्राइका कारण पशुपंक्षीलाई सन्तुलित आहारा खुवाउन सकिरहनु भएको छैन । पौष्टिकताभन्दा पनि घरमा ढुटो,चोकर वा मकै आदि जहिले जे छ वा अनुकुल हुन्छ त्यो मात्रै खुवाउने चलन छ । यसरी खुवाउँदा पशुको लागि आवश्यक पर्ने सम्पुर्ण पौष्टिक तत्वहरु संन्तुलित रुपमा आपूर्ति हुन नसक्ने हुनाले पशुवस्तुबाट आशातीत उत्पादन प्राप्त गर्न सकिदैन । किनकि प्रत्येक जीवित प्राणीहरुलाई स्वस्थ रहन,जिवन धान्न,हुर्कन, सन्तान वृद्धि गर्न तथा उत्पादन दिन सबै खालका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । आहारामा हुने पौष्टिक तत्वलाई कार्बोहाइडे्रट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनीज तथा पानी गरि ६ समुहमा विभाजन गरिएको छ र एउटा सन्तुलित आहारामा यी ६ वटै तत्वहरु ठिक–ठिक मात्रामा हुनु आवश्यक छ । खासगरि हाम्रा कृषकहरुले खुवाउने दानामा गाईभैसींलाई प्रोटिन तथा खनीज र भिटामिन तत्वको अभाव भएको देखिन्छ । गाईभैसींलाई खुवाउने आहारामा प्रतिकेजि दानामा २६०० किलोक्यालोरी शक्ति तथा १४ देखि १६ प्रतिशत प्रोटिन तत्व हुन आवश्यक छ जुन तल दिइएको दानाको नमूनाबाट प्राप्त हुन्छ । कतिपय दाना उद्योगले २५०० किलो क्यालोरी प्रतिकेजी मात्र शक्ति भएको दाना वजारमा ल्याएको पाईन्छ जुन व्यस्क गाईको लागि उपयुक्त मानिदैन । अझ कतिपयले भने २३ प्रतिशतसम्म प्रोटिन भएको दाना समेत विक्ति गरीरहेको पाईन्छ । गाईको दानामा व्रोइलर कुखुराको भन्दा पनि बढी प्रोटिन भएको दावी गरेर विक्रि गर्नु अनुपयुक्त मात्र होइन आपत्तिजनक समेत छ । यहाँनिर हामीले विचार गर्नुपर्ने कुरा के छ भने हामीले गाईको आहारामा आवश्यक पर्ने प्रोटिन वा शक्ति केवल दानामा मात्रै नभई पौष्टिक घाँस, हे तथा साइलेज आदिबाट पनि (तल उल्लेख भएवमोजीम) खुवाउन सकेको खण्डमा माथि भनिएका महँगा र उच्च प्रोटिनयुक्त दाना खुवाईरहनु आवश्यक पर्दैन।

नोट :
यो एक नमूना दानामात्र हो, यसमा चोकर, ढुटो र मकैमा बजारमा जुन सस्तो र सहजै उपलब्ध हुन्छ सोको आधारमा मात्रा थपघट गर्न सकिन्ट किनकि यी सबै पदार्थहरु शक्तिको लागि राख्ने हो तर पिनाको स्थानमा यिनीहरुलाँई प्रयोग गर्न सकिदैन किनकि यी पदार्थहरुमा पिना वा गेडागुडीको जति मात्रामा प्रोटिन पाइदैन । सबैलाई धुलो हुने गरि पिसाइसकेपछि सफा सिमेन्टेड भुइँमा वा प्लाष्टिक बिच्छाएर सबैभन्दा धेरै भाग भएको ढुटो, चोकर, पिना आदिलाई तलतिर पर्ने गरी खन्याउने भिटामिन खनीजजस्ता भागलाई थुप्रोकये माथिल्लो भागमा चारैतिर पर्ने गरी खन्याउने गर्नुपर्दछ । त्यसपछि सबैलाई बेल्चाको माँध्यमबाट तल–माथि र दायाँ–बायाँ गरी तबसम्म चलाउने जबसम्म प्रत्येक गाँसमा भिटामिन, खनीज, नुन आदि पुगेको आभास हामीलाई हुँदैन । यदि धेरै संख्यामा गाईभैसीं पालिएको छ र दानाको मिक्सर प्रयोग गरी दाना बनाउने हो भने माथि उल्लेखित दानामा २ प्रतिशत भेलीको पनि प्रयोग गर्नु राम्रो हुन्छ । तर हातैले बेल्चाको प्रयोग गरी मोल्नुपर्ने अवस्थामा भेली राख्नुहुँदैन किनकि यो लुँडिन्छ र राम्ररी घोल्न सकिदैन । तैपनि विनामेशीन हातैले वेल्चा प्रयोग गरी वनाइने दानामा पनि भेली राख्न परेको खण्डमा पहिले सबैकुरा मोलिसकेरमात्र भेली राखेर मोल्नुपर्छ तर यसो गर्दा वढी श्रम लाग्ने हुन्छ । यसरी आफ्नो पशुसंख्या हेरी दाना बनाउनुपर्छ र एकैचोटि धेरै दाना बनाएर सड्ने गरी राख्नुहुँदैन । एकपटक बनाएको दाना पन्ध्र–बीस दिनजतिमा खपत भयो भने त्यसलाई राम्रो मानिन्छ ।

पशुलाई दाना घाँस कति खुवाउने :
यसरी बनाइने आहारलाई दैनिक १० लि सम्म दुध दिने गाईलाई खुवाउँदा दैनिक ३.५ केजि खुवाउनुपर्छ भने प्रत्येक थप ३ लि. दुधको लागि १ केजि थप गर्दै लैजानुपर्दछ । जस्तै, यदि १३ लि. दुध दिन्छ भने ४.५ केजि दैनिक र १६ लि. दैनिक दुध दिने खालको पशु हो भने ५.५ केजी गर्दै लैजानुपर्दछ ।तर प्रशस्त मात्रामा कोशे तथा अकोशे घाँस खुवाउन सकेको खण्डमा माथिको मात्रामा १ देखि १.५ केजी दाना कम गरे पनि हुन्छ । घाँस खुवाउँदा १ भाग कोशे खुवाइन्छ भने २ भाग अकोशे खुवाउनुपर्छ । घाँस होस या पराल काटेर खुवाउने गर्नुपर्छ। हे वा पराल दैनिक अधिकतम ५ देखि ६ केजी, घाँस २० देखि २५ केजी खुवाउने गर्नुपर्छ । ढुसी परेको दाना र पराल खुवाउनु हुँर्दन । दाना दिदाँ पहिलो दिनमा नै पूरा मात्रा नखुवाउने र अलिअलि गर्दै पूरा मात्रा मनतातो हुने गरि पकाएर खुवाउने गर्नुपर्छ । धेरै पकाउनु हुँदैन र पकाउन नसक्ने अवस्थामा १–२ घण्टा भिजाएर भए पनि खुवाउनुपर्छ । कृषकले हे तथा साइलेज बनाएर खुवाउन सके हिउँदमा पनि दुध उत्पादन घट्न पाउँदैन ।

व्यवसायिक पशुपालनमा उत्पादन लागत घटाउन ध्यान दिनुपर्ने ?

पशुको नश्ल सुधार तथा उपयुक्त नश्लको पहिचान ।

सन्तुलित तथा स्थानिय रुपमा उपलब्ध पशुआहारा ।

मांसमा आधारित पशुपालन ।

पशुखोप, गोठ व्यवस्थापन, परजीवी नियन्त्रण, जैवीक सुरक्षा,उपचार आदिको उचित व्यवस्थापन ।

व्यवसायिक रुपमा (धेरै संख्यामा ) पशुपालन गर्ने तथा सकभर सम्भव भएसम्म मेशीनको प्रयोग गर्ने ।

पशुजन्य पदार्थको उचित बजारीकरण ।

पशुपंक्षीजन्य पदार्थको उत्पादन तथा बजारीकरणका लागि सहकारी ।

साइलेजको प्रयोग तथा कमसल आहाराको स्तरवृद्धि ।

दाना खपत, आम्दानी खर्च, प्रजनन् उपचार आदिको फार्म अभिलेख राख्ने ।

बजार सुचना प्रणालीको उपयोग गर्ने ।

गर्भिणी तथा सुत्केरी गाईभैसीं, बाच्छा बाच्छीको हेरविचार एवं बिगौती दूधको महत्वः

पशुपालन व्यवसायमा पशुहरुको राम्रो स्याहार सुसार र उचित व्यवस्थापन मिलाउन सकेमा मात्र व्यवसायले राम्रो फाइदा दिन सकिन्छ । संचालन गर्दा सबै सम्भावित र आवश्यक कार्यहरुको मिति सहितको समयमा नै तालिका बनाइ व्यवस्थित गरिसकेको हुनु पर्दछ । गर्भिणी तथा सुत्केरी माउको र बाच्छाबाच्छीहरुको हेरचाह एक महत्वपूर्ण कार्य भएको हुनाले फार्मधनीले आवश्यक चाँजोपाँजो मिलाउनको लागि पनि यस कार्यले सहज बनाउँदछ । पशुधनीले गाईभैसीं ब्याउने अवधि थाहा पाउनु पर्दछ । साधारणतया बाली गएको साढे नौ महिना अर्थात २८० दिनपछि गाई ब्याउँछ भने भैसीं ३१० दिनमा ब्याउँछ । माउले गर्भाधारण गरेपछि लगभग ६ महिनासम्म पोषक तत्वहरुको आवश्यकतामा वा थप दानामा विशेष जोड दिनु पर्दैन । तर माउ ब्याउनु अघि दुई–तिन महिना अघि गर्भासयमा रहेको बच्चाको तौल अत्याधिक मात्रामा बढ्छ । यस अवस्थामा गर्भिणी माउलाई जीवन निर्वाह आहारामा थप पौष्टिक आहारा दिनुपर्छ । दुध दिई रहेको गर्भिणी माउलाई व्याउनुभन्दा दुई महिना अघिदेखि दुध सुकाउनु पर्छ र पोषणयुक्त आहाराको व्यवस्ष मिलाउनु पर्छ । यस अवधिमा माउलाई जीवन निर्वाहको लागि र गर्भाशयमा हुर्किरहेको गर्भको लागि अति पोषिलो तथा रोग प्रतिरोधक विगौती दुध उत्पादनको लागि तथा आउने वेतको लागि शरीरमा पोषण तत्वहरु पर्याप्त मात्रामा भण्डारण गर्नका लागि बढी पोषणयुक्त आहाराको जरुरत पर्दछ । त्यसैले व्याउने संभाव्य मिति याद गरि राख्नुपर्दछ ।

त्यसपछि निम्नलिखित कुराहरुमा ध्यान दिन आवश्यक देखिन्छ :

व्याउने माउलाई व्याउनु भन्दा २ देखि ३ हप्ता अगाडी देखि वथानबाट अलग राख्नु वेश हुन्छ । सकेसम्म छाडा नछाड्ने र सार्वजनिक चरनहरुमा नछोड्नु वेश हुन्छ । नत्र भने पशु लडेर वा आपसमा जुधेर तुहिने डर हुन्छ ।

गाई व्याउने संभाव्य मिति भन्दा केहि दिन अगाडि देखि व्याउने गाईसलाई दैनिक थोरै समय हल्का हिँडडुल गराउनु पर्दछ । यसो गर्नाले गाई व्याउने समयमा हुन सक्ने संभावित कठिनाई (जस्तै डिस्टोकिया समस्या ) मा केहि हद सम्म कम हुन जान्छ

व्याउने मितिभन्दा करिव दुई महिना अगिदेखि दुध दुहन वन्द गर्नु पर्दछ । यसो गर्नाले आगामि आपूर्ति हुन्छ र माउ दुब्लो हुन पाउँदैन ।

व्याउने भएको ६ महिना पुगे पछि गाईलाई थप दाना र प्रसस्त हरियो घाँस दिनु पर्दछ । यसबाट तिव्र गतिमा बढ्दै गरेको वच्चाको लागि पौष्टिक तत्वहरुको आपूर्ति हुन्छ र माउ पनि स्वस्थ रहन्छ ।

गाई व्याउने एक हप्ता अगाडि अलग्गै व्याउने कोठामा राख्नु पर्दछ । अलग्गै व्याउने कोठा नभए प्रसस्त हावा खेल्न सक्ने गोठको एक छेउमा राम्रोसँग सफा गरेर फिनाईल पानी वा चुन छर्कन र ओभानो सोत्तर राखी व्याउने गाईलाई सफा गरेको ठाउँमा राख्नु पर्छ । यसरी व्याउने ठाउँ तयार गर्दा अगाडि पट्टी अलि होचो र पछाडि पट्टी अलि अग्लो बनाउनु पर्दछ । यसबाट गाईको भण्डारो फर्कने डर कम हुन्छ ।

व्याउने अन्तिम अवस्थामा पुगेको गाईभैसींमा कल्चौडा डम्म परेको सुत फुलेको र पुच्छरको फेदमा ख्याप्प देखिने हुन्छ ।

यदि राख्नुपर्ने कुरा के छ भने स्वस्थ अवस्थाको गाई वा भैसीं साधारणतया सजिलै व्याउँछ र कुनै सहयोग चाहिदैन । तर सहयोगको लागि तयार भएर चाहिँ बस्नु पर्छ ।