काठमाडौं । निर्धन उत्थान बैंक लिमिटेडले आफना ग्राहक सदस्यहरुलाई चितवनको भरतपुरमा “च्याउ खेती तालिम” दिएको छ।
फागुन १० देखि १२ सम्म चलेको तालिममा बैंकको टाँडी, भण्डारा, माडी, भरतपुर शाखाका २४ जना ग्राहक सदस्यहरु सहभागी भएको बैंकले जानकारी दिएको छ।

च्याउ खेतीको महत्व, परिचय, संभावना र चुनौती, च्याउका किसिम, खान हुने र खान नहुने च्याउको बारेमा, सिताके च्याउ प्रविधि, पराले च्याउ प्रविधि, कन्ये च्याउ खेतीका लागि आवश्यक सामग्री बारेमा, च्याउको उत्पादन लागत लाभ अध्ययन, कन्ये च्याउ खेती प्रविधि (ब्यवहारिक बनाउन सिकाउने), च्याउमा लाग्ने प्रमुख रोग÷किराहरु र तिनको ब्यवस्थापन विधिका बारेमा सदस्यहरुलाई जानकारी दिइएको थियो।

च्याउ प्रशोधन, च्याउबाट बन्ने विभिन्न परिकारहरु, गनोद खेती प्रविधि, च्याउ खेती अवलोकन भ्रमण, गोब्रे च्याउ (बटन मशरुप) खेती प्रविधि, च्याउ खेतीको स्कीम, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बैंकका सेवाहरुको बारेमा यस तालिमका सहभागीहरुले जानकारी पाएको क्षेत्रीय प्रमुख श्री परमेश्वर चौधरीले बताए।

७७ जिल्लाहरुमा १७९ वटा शाखा, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयबाक्ष्६ बैंकले लघुवित्त सेवा दिइरहेको छ।