लमजुङ।­ लमजुुङका मौरीपालक किसानलाई मौरीपालन सम्बन्धी तालिम प्रदान गरिएको छ ।‘एक घर, एक मौरी घार अभियान, आर्थिक समृद्धिको मुहान’ भन्ने नाराका साथ लमजुुङ कृषि क्याम्पसमा गठित ‘दिगो कृषिका लागि युवा’ को आयोजना, हिर्कुश एग्रो फार्म प्रालि र गहते अर्गानिक मौरी फार्मको सहयोगमा किसानहरुलाई मौरीपालन तालिम प्रदान गरिएको हो ।

आवश्यक नविनतम ज्ञान, सीप, प्रविधिबारे जानकारी गराई व्यावसायिक रुपमा मौरीपालन व्यावसायमा लागि आर्थिक रुपमा किसानहरुलाई टेवा पुुगोस् भन्ने उद्देश्यले मौरीपालक किसानलाई तालिम प्रदान गरिएको दिगो कृषिका लागि युवाका संस्थापक अध्यक्ष विष्णुप्रसाद जोशीले बताउनुुभयो ।

‘मौरीपालक किसानलाई आवश्यक ज्ञान, सीप उन्नत प्रविधिबारे जानकारी गराई व्यावसायिक रुपमा मौरीपालन व्यावसायमा लाग्न उत्प्रेरण जगाउने उद्धेश्यले तालिम प्रदान गरिएको हो,’ उहाँले भन्नुुभयो ।

लमजुुङ कृषि क्याम्पसको सभाहलमा सञ्चालित तालिममा सून्दरबजार नगरपालिका भित्रका ३० जना मौरीपालक किसानको सहभागिता रहेको थियो ।

तालिममा किसानहरुलाई घार, गोला संयोजन, मौरी स्थानान्तरण, रोग किराको साथमा मौरीपालनको सम्भावना र महत्व, आधुनिक प्रविधिबारे जानकारी गराइएको तालिमका मुख्य प्रशिक्षक ललित गुरुङले जानकारी दिनुुभयो ।

तालिममा सिकेका ज्ञान, सीप प्रविधिको उपयाग गरी मौरीपालन व्यावसायलाई व्यवस्थित रुपमा थप विस्तार गर्न किसानहरुलाई सून्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले सुझाव दिनुुभयो । कृषिमा आधुनिकिकरण गर्नुको विकल्प नरहेको पनि उहाँले बताउनुुभयो ।

सून्दरबजार नगरपालिकामा कृषि, पर्यटनको उच्च सम्भावना रहेको बताउँदै यी सम्भावनाको विकास गरी यस नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन सकिने पनि मेयर मिश्रले बताउनुुभयो ।