यो गर्मी हावापानी भएको क्षेत्रमा लगाउने बाली हो । नेपालमा खासगरी तराई क्षेत्रमा यसको खेती हुन्छ र मध्य पहाडको बेशी क्षेत्रमा पनि यो बाली फाटफुट रुपमा लगाईन्छ । उखु बलौटे दोमट देखि चिम्ट्याईलो दोमटसम्म सबै प्रकारको माटोमा लगाउन सकिन्छ । बलौटे माटोमा लगाएमा सिंचाईको राम्रो ब्यबस्था हुनु पर्दछ र चिम्ट्याईलो माटो भएमा पानीको निकास राम्रो हुन पर्दछ ।

उखु खेतीका लागि वीउको छनौट कसरी गरिन्छ :

उखुबोटको तलको भाग हटाई माथिल्लो भागबाट तीन वटा आंख्ला भएको ३०–३५ से मी लामो टुक्राहरु बनाई वीउको लागि प्रयोग गर्नु पर्दछ । टुक्रा बनाउदा रोग कीरा लागेको बोटबाट बनाउनु हुदैन र खुटृी बालीबाट पनि वीउ छनौट गर्नु हुंदैन ।

एक विगाहा क्षेत्रको लागि कति वीउको टुक्राहरु आवश्यकता पर्दछ :

एक बिगाहामा माथि भनिए अनुसारका टुक्राहरु २५–२६ हजार चाहिन्छ ।

नेपालमा सिफारिस भएका जातहरु के के हुन ?

हालसम्म सिफारिस भएका जातहरु हुन जितपुर–१, जितपुर–२, जितपुर–३ / जितपुर–४  जितपुर–३ / जितपुर–४ सम्पूर्ण तराई क्षेत्रमा लगाउन सकिन्छ । जितपुर–२ खासगरी असिंचित क्षेत्रका लागि सिफारिस गरिएको हो भने जतपुर २ सिंचित क्षेत्रको लागि सिफारिस गरिएको हो ।
जितपुर–३ र जितपुर–४ का विशेषाताहरु के छन् ?

यी दुई जातहरु पहिलाका जितपुर–१ /जितपुर–२ भन्दा नयां हुन । यिनीहरुमा रातो सड्ने रोग (Redrot) र कालो ध्वांसे (Smut)  रोग कम लाग्दछ ।

उखु रोप्ने तरीका के हो ?

उखु हल्का ड्याङ्ग देखिने ड्याङ्ग र खाल्टो खनेर लगाईन्छ । आजकल खाल्टो खनेर लगाउने प्रचलन नै बढि छ । खाल्टो खनी तीन आंख्ला भएको वीउ टुक्राहरु एक पछि अर्को गरी राखी माटोले पुरी सम्म पार्नु पर्दछ ।

उखुमा मलखादको प्रयोग कसरी र कति मात्रामा गरिन्छ :

नाईटेजन, फस्फोरस र पोटास तत्वयुक्त मलहरुको सन्तुलित मात्रामा प्रयोग गर्नु पर्दछ । यसका लागि उपलब्ध मलहरु क्रमशः यूरिया, डि.ए.पी. र पोटास हुन र यी मलहरु बजारमा उपलध छन् ।

मल परिमाण समय

डि.ए.पी. १३०.० रोप्ने बेला

पोटास ६७.० रोप्ने बेला

यूरिया २७६.० (सिंचित) रोपेको ९० र १२० दिनमा

२११.० (असिंचित) आधा आधा गरी बांड्ने र प्रयोग गर्ने

यसमा नाईट्रोजन मलको लागि ५ भागको १ भाग प्रांगारिक मलबाट पनि पूर्ति गर्न सकिन्छ ।

उखुमा सिंचाई कहिले र कति दिनु पर्दछ :

सिचाई दिने परिमाण माटो र वर्षाको अवस्थामा भर पर्दछ । साधारणतया बर्षा शुरु हुनु भन्दा अगाडी ४–५ पटक र वर्षा पछि १–२ पटक दिन सकेमा राम्रो उत्पादन लिन सकिन्छ । शरदकालीन उखुमा सिंचाई बढी चाहिन्छ ।

उखु लगाउने समय कहिले हो ?

उखु हिउंदे बाली हो र कार्तिक देखि माघ महिनासम्ममा लगाउने गरिन्छ । कार्तिकमा लगाएको उखुलाई शरदकालीन र माघमा लगाएकोलाई वसन्तकालीन उखु भनिन्छ ।

उखुमा अन्तरबाली खेती लगाउने चलन छ । कुन बाली उपयुक्त हो ?

शरदकालीन सिंचित उखुमा आलु, बन्दा, मुला, हरियो मकै, तोरी, धनिया बालीहरुअन्तरबालीको रुपमा लाभकारी देखिएका छन् । असिंचित अवस्थामा तोरी र धनियां लाभकारी छन् । बसन्तकालीन उखुमा भिण्डी र मुंग लाभकारी पाईएका छन् ।

बढी पानी भएमा उखुलाई के असर गर्दछ रु यसको ब्यबस्थापन कसरी गर्ने ?

बढि पानी उखुका लागि हानिकारक छ । यसले उत्पादन घटाउनुका साथै उखुमा भएको गुलियोपन (सुक्रोज) लाई घटाउंदछ । पानीको निकासको ब्यबस्था मिलाउनु पर्दछ र धेरै पानी जम्न दिनु हुंदैन ।

उखुमा झारपातको नियन्त्रण कसरी गर्नु पर्दछ ?

उखु रोपेको एक डेढ महिना भित्र झारपातको नियन्त्रण हुनु पर्दछ । त्यसपछि ९० दिनमा र १२० दिनमा उप्केरा लगाई झारपात नियन्त्रण गर्नु पर्दछ । झारपात नियन्त्रण गर्न हातले गोडमेल वा साना मेशिनहरु प्रयोग गर्न सकिन्छ । झरपात नियन्त्रण गर्न औषधी प्रयोग गर्नु पर्दा उखु रोपेपछि झारपात उम्रनु अघि एटजीन वा सिमाजिन भन्ने औषधी २ के.जी. प्रति डेड विगाहामा ५००–६०० लिटर पानीमा मिसाई छर्नु पर्दछ । यसपछि चोडापाते झार नियन्त्रणका लागि उखु रोपेको २५–३० दिन पछि २–४ डी नामक औषधी २ के.जी. खास औषधी प्रति हेक्टर (डेढ विगाहा) मा ५००–६०० लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

उखुमा कुनकुन कीराहरु लाग्ने गर्दछन् :

सामान्यतया उखुमा लाग्ने कीराहरु यस प्रकार छन्ः उखुको टुप्पोको गवारो, फड्के, सेतो झिंगा, कत्ले कीरा, कालो पतेरो, प्लासी गवारो, कपासे लाई कीरा, फट्याङ्ग्रा आदि छन् । मुख्य तया गवारो कीराहरुको प्रकोपले बढी नोक्सानी पुर्याएको हुन्छ ।

उखुको टुप्पाको गवारो कीराकोक्षति को लक्षण कस्तो हुन्छ र ब्यबस्थापन कसरी गर्ने ?

लार्वाले गुवो भित्र सुरुंग बनाउंदै भित्र पस्दछ र गुबोको पात बाहिर निस्कन्छ र ती पातमा नसाको समानान्तर हुने गरी लस्करै गोला देखिन्छन् । नियन्त्रणका उपायहरु यस प्रकार छन्,

खेती प्रणाली ब्यवस्थापनबाटः

छिटो पाक्ने र बढी गांज आउने जात लगाउने, कीरा देख्नासाथ सिंचाई गर्ने, वसन्तकालीन रोपांई नगरी शरदकालीन रोपांई गर्ने । बसन्तकालीन रोपांई गर्न परे छिटै पाक्ने जात लगाउने ।

जैविक नियन्त्रणः रोपेको ४० दिन पछि टइकोग्रामा १,००,००० गोटा प्रति हेक्टरका दरले १०–१० दिनको फरकमा ५–६ पटक छाड्नु पर्दछ ।

रसायनिक औषधीको प्रयोगः

प्रकोप बढी हुने क्षेत्रमा रोप्ने समयमानै फर्टेरा वा फिप्रोनिल ७.३५ दानादार औषधी ०.७५–१.५ के।जी प्रति कटृा का दरले उखु वरिपरि नालामा हाल्ने र सिंचाई गर्ने वा लर्भिन ७५५ डब्लु.पी.२ ग्राम प्रति लिटर पानीका दरले ८००–१००० लिटर घोल तयार गरी स्प्रे गर्ने (एक हेक्टरमा) ।

फेदको अगौटे गवारोको विनाशको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गर्ने ?

यो कीराले उखुको कलिलो अवस्थामा खान्छ । क्षेति पुर्याएपछि मृत गुवो देखिन्छ । मृत गुवोको तल मसिना प्वालहरु हुन्छन् जो गवारोले खाएको हो ।औषधी प्रयोग गर्नु पर्दा माथि भने अनुसार नै प्रयोग गर्न सकिन्छ । कीरा रोकथामका लागि छिटो पाक्ने र चांडै बढ्ने जात लगाउनु पर्दछ । सुख्खा भए कीरा देख्नासाथ सिंचाई गर्ने र पानी बढी भए निकासको ब्यवस्था गर्ने । बसन्तकालीन उखुमा रोपेको ४५ र ६० दिनमा २–३ इंन्च माटोको चढाई गर्ने ।

उखुको फड्के कीराको प्रकोपको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गर्ने ?

यसले विरुवाको पात तथा लाक्राबाट रस चुसी खान्छ, जसले गर्दा विरुवाको वृद्धि कम हुन्छ र अन्य रोगले पनि आक्रमण गर्दछ । यसले छाडेको गुलियो पदार्थमा ढुसीको पैलावट हुन्छ, जसले गर्दा प्रकाश संस्लेषण घटाउंछ र उत्पादनमा कमी पुर्याउंदछ । बढि घनत्व, उच्च नाईटेजन मल र पानी जम्नाले यसको बृद्धि बढि हुन्छ ।

नियन्त्रणका उपायहरु :

खेती ब्यवस्थापन ।

नाईटेजनयुक्त मल बढी नदिने ।

पानी जम्न नदिने ।

बर्षायाममा तलका खुकुला पातहरु हटाई दिने ।

खुटृी बाली ब्यवस्था गर्दा प्राकृतिक शत्रु नष्ट नहोस भन्नाका लागी सबै विरुवा भागको ःगअिज बनाउने ।

जैविक नियन्त्रण :

इपिरी क्यानीया मेलानोल्युकाको कोकुन वा फुल चार पांच हजार प्रति हेक्टरका दरले छाड्ने ।

मेटारिजियम र वीउ भेरियन वासियानाले संयुक्त रुपमा उपचार गरिएका २५० वयस्क फड्के कीरा प्रति हेक्टरका दरले छाड्ने ।

रसायनिक औषधी प्रयोगः

करन्जिन नामक बनस्पति जन्य विषाधी २ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्ने वा

फिप्रोनिल ०.७५–१.० के.जी. प्रति कठ्ठाका दरले उखुको नालामा छर्ने र माटोले पुरी सिंचाई गर्ने वा

क्लोरपाइरीफस (१०५ इ.सी.) १६००–२००० मि.लि.प्रति ८००–१००० लिटर पानीमा मिसाई छर्ने (प्रति हेक्टर) ।

उखुको फटयाङ्ग्रे कीराको विनाशको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गरिन्छ :

यो कीराले पातको छेउबाट खान्छ र धेरै आक्रमण भएका बेला मूल नसा बाहेक सबै खाएको हुन्छ । प्रति वर्गमिटर १३ गोटा भन्दा बढी भएमा अनिवार्य रुपमा नियन्त्रण गर्नु पर्दछ ।

ब्यबस्थापनका उपायहरुः

खेती ब्यबस्थापनः

चैत्र–बैशाखतिर पहिलो झर पानी पर्नुभन्दा अगाडी खेतवारीको आली १०–१५ से.मी. तासेर पुन त्यतिकै हिलो माटो थपि दिनाले फटयाङ्ग्राको फुल धेरै मात्रामा नष्ट हुन्छन् ।

उखु लगाउनु भन्दा पहिले चैत्र–बैशाख तिर राम्ररी जोति दिनाले फटयाङ्ग्राको फुल नष्ट हुन्छ ।

बांझो जमिनमा धेरै फुल पार्ने भएकाले सकेसम्म यस्तो जमिन कम छाड्ने ।

खुटृी बालीलाई राम्रोसंग खनजोत र माटो चढाउने गर्ने ।

रसायनिक औषधी प्रयोगः

कीरा संख्या धेरै भई औषधी प्रयोग गर्नु पर्दा अल्फामेथ्रिन (१०५ इ.सी.), क्लोरपाइरीफस (२०५ इ.सी) १६००–२००० मि.लि.८००–१००० लिटर पानीमा मिसाई एक हेक्टरमा छर्ने ।

प्लासी गवारोको विनाशको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गरिन्छ :

पोथी पुतलीले समुह समुहमा पारेको फुलबाट निस्केका लार्भाले टुप्पोबाट ३–५ अन्तर गांठमा प्रवेश गरी प्वाल पार्दछन् र लाक्राभित्र तिब्ररुपले सुरुंग बनाई क्षेति पुर्याउदछ ।

ब्यबस्थापनका उपायहरुः

उखु काटि सकेपछि ठुटाहरु जलाई दिने जसले गर्दा गवारोको अचल अवस्था नष्ट हुन्छ ।

उखु रोपेको ३०–४० दिनपछि टइकोग्रामा एक लाख प्रति हेक्टरका दरले दश दिनको फरकमा ५–६ पटक छाड्ने ।

कीराको प्रकोप बढि भएमा बत्तिको पासो राखी कीराको अवलोकन गर्ने र बढि संख्यामा पुतली आएको बेला लार्भिन ७६५ डब्लु.पी.(Thiodicarp 75% WP) स्प्रे गर्ने ।

प्रकोप बढि हुने क्षेत्रमा रोपांईकै समयमा फर्टेरा (०.४५ दाना) वा फिप्रेनिल ०.३५ दाना) ०.७५–१.० के.जी. प्रति कटृाका दरले उखुको नालामा हाली माटोले पुर्ने र सिंचाई गर्ने ।

उखुको रातो सडन रोग को लक्षण कस्तो हुन्छ र कसरीब्यवस्थापन गर्ने ?

यो ढुसी जन्य रोग हो । रोगको प्रथम लक्षण साउन महिनातिर शुरु हुन्छ र काट्ने बेलासम्म देखिन्छ । रोगी विरुवाको डांठहरुको आंख्ला सानो र लम्बाई पटृी चाउरी परेको हुन्छ । पातको मूल नसामा रातो दाग देखिन्छ र यो पातको दुबै सतहबाट प्रष्टसंग देखिन्छ । लाक्रामा धब्बा, सुक्ने खुम्चिने र खुकुलो हुने लक्षणहरु देखिन्छन् । उखु चिरेर हेर्दा कुहिएको रातो तन्तुहरुको बीच सेतोधर्सा।दाग प्रस्ट देखिन्छ र रोगी बोटबाट अमिलो गन्ध आउंदछ ।

ब्यवस्थापनका उपायहरुः

रोगी विरुवा हटाउने र नष्ट गर्ने ।

उखुको वीउ टुक्राइ सकेपछि ५० डिग्री सेन्टिग्रेड को तातो पानीमा २ घण्टा वा ५४डिग्री सेन्टिग्रेड आद्रवायुले ४ घण्टासम्म उपचार गरी वेभिस्टीनको झोल (एक ग्राम प्रति लिटर पानीमा) वा डाइथीनियम ४५ (२.५ ग्राम प्रति लिटर) पानीको झोलमा डुबाई उपचार गरी रोप्नु पर्दछ ।

कालोपोके रोग को लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्न सकिन्छ :

यो ढुसीबाट हुने रोग हो र प्राथमिक संक्रमण वीउबाट हुन्छ र खडा बालीमा हावाबाट पुनस्फैलन्छ । यो खुट्टी बालीमा बढि लाग्दछ । रोगी विरुवाको वीचको भाग कालो भएर धेरै फिट लामो भईचाबुक जस्तो देखिन्छ ।

ब्यवस्थापनका उपायहरुः

५० डिग्री सेन्टिग्रेडको आद्र वायुले चार घण्टासम्म उपचार गरी वेभिस्टीनको झोल (१ ग्राम प्रति लिटर पानीमा) मा वीउ उपचार गरी रोप्नु पर्दछ ।

उखुको ओइलाउने रोगको लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गरिन्छ :

यो रोग पनि ढुसीकै कारणबाट हुन्छ । असोज महिना देखि देखिन थाल्दछ । रोगी बोटको माथिल्लो पात पहेंलो भई ओईलाएर सुक्न थाल्दछ । चिरेर हेर्दा रातो खैरो रंग देखिन्छ ।

ब्यबस्थापनका उपायहरुः

उखुको वीउ टुक्राइ सकेपछि ५४डिग्री सेन्टिग्रेड को आद्र वायुले ४ घण्टा सेकी वेभिस्टीनके झोल (१ ग्राम प्रति लिटर पानी) वा डाईथेनियम ४५ (२.५ ग्राम प्रति लिटर पानी) को झोलमा डुवाई उपचार गरी रोप्नु पर्दछ ।

उखुको घांसे रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्न सकिन्छ :

उखुको यो रोग माईक्रोप्लाज्मबाट हुन्छ । रोग लागेको बोटहरु सानो, सुइरो र पहेंलो पात भएको हुन्छ । यी बोटहरु एकै ठाउंमा धेरै उम्रेर घांसको झुप्पा जस्तो देखिन्छ र लाक्रा पेल्न लायक हुदैन ।

ब्यवस्थापनः

रोग प्रतिरोधी जात लगाउन प्रयास गर्ने ।

रोगी विरुवा हटाउने ।

स्वस्थ वीउको छनौट गरी लगाउने । यसका लागि वीउ उपचार गरेर मात्र प्रयोग गर्ने । उपचारको लागि माथि उल्लेख गरे अनुसार अनुसरण गर्ने ।

उखुलाई ढल्नबाट बचाउन के गर्नु पर्दछ ?

मलखाद प्रयोगमा युरिया मात्र प्रयोग नगरी सबै मलखादको संतुलित मात्रा प्रयोग गर्नु पर्दछ । यस बाहेक दोश्रो पटकको मलखाद प्रयोगमा उप्केरा लगाउन विर्सनु हुंदैन । श्रावण महिना तिर करीब ६–७ फिट हुंदा बोटहरुलाई बाध्नु पर्दछ ।

उखु काट्ने उचित समय कुन हो रुकसरी थाहा पाउने :

जब उखुको तलको पातहरु सुक्न थाल्दछ र टुप्पो तर्फको भाग मात्र हरियो रहन्छ, काट्ने बेला भएको बुझिन्छ । साधारण तया एक वर्ष पछि कार्तिक मंसिर देखि उखु काट्ने शुरु हुन्छ तर उखु माघ फाल्गुनसम्म रहेमा चिनीको मात्रा बढ्दछ । उखुको बीचको भागको रसको चिनीको मात्रा १७–१८५ भएमा काट्ने वेला भएको संकेत गर्दछ । यस्तो नाप रिफेक्टोमिटर भन्ने यन्त्रद्धारा ततकालै मापन गर्न सकिन्छ ।

उखु काट्ने तथा समेट्ने तरीका के हो ?

जब उखुको तलको पातहरु सुक्न थाल्दछ र टुप्पो तर्फको भाग मात्र हरियो रहन्छ, काट्ने बेला भएको बुझिन्छ । साधारण तया एक वर्ष पछि कार्तिक मंसिर देखि उखु काट्ने शुरु हुन्छ तर उखु माघ फाल्गुनसम्म रहेमा चिनीको मात्रा बढ्दछ । उखुको बीचको भागको रसको चिनीको मात्रा १७–१८५ भएमा काट्ने वेला भएको संकेत गर्दछ । यस्तो नाप रिफेक्टोमिटर भन्ने यन्त्रद्धारा ततकालै मापन गर्न सकिन्छ ।

उखुको खुटृी बाली के हो र यो बाली कसरी फायदा जनक छ ?

उखु काटी सकेपछि तल डांठबाट फेरि पलाउंदछ र अर्को बालीको रुपमा पुनः खेती गरिन्छ र लाभदायक रुपमा उखु उत्पादन लिन सकिन्छ । यस्तो खेतीलाई खुटृी बाली भनिन्छ । यसका लागि उखु भने तल फेदबाट नै कोटेको हुनु पर्दछ अन्यथा माथिको भागबाट उम्रेको बोटबाट राम्रो उत्पादन हासिल गर्न सकिदैन । यस बाहेक उखु काट्न माघसम्म रहेमा वेश हुन्छ । यसरी जमिन तयारी गर्न नपर्ने, वीउको खर्च नलाग्ने भएकाले किफायत रुपमा बाली भित्र्याउन सकिने भएकाले खुटृी बाली फायदा जनक छ । तर दोस्रो पछि तेस्रो बालीका लागि भने खुटिृ बाली लाभकारी हुंदैन ।

खुटृी बाली खेती पहिलो बाली जसरी नै गरिन्छ वा के कति फरक छ ?

उखु काटेपछि तुरुन्त सिंचाई गरी मलखाद दिनु पर्दछ । नाईटेजन युक्त मल (यूरिया) पहिलो बाली भन्दा करीब २०५ बढि दिनु पर्दछ । आधीमल पहिलो सिंचाई गरेपछि बां आधी दोस्रो वा तेस्रो सिंचाई गरेपछि राम्ररी बांडेर दिनु पर्दछ । यसरी पहिलो बाली सरहनै खुटृी बालीको पनि खेती गर्नु पर्दछ र लाभदाक उत्पादन लिन सकिन्छ । रोगी बोटको भने खुटृी बाली गर्नु हुंन र खाली ठाउंहरुमा आंख्ला सहितको वीउ डांठ रोपी दिनु पर्दछ ।

उखु खेतीमा मौसम परिवर्तनका असरहरुलाई सामना गर्न के प्रयासहरु भएका छन् :

उखु बालीमा मिश्रित वा घुसुवा बालीलगाइन्छ । यसमा पनि कोसेबाली समेत लगाइन्छ । यसरी मिश्रित बालीले चिस्यान संचितकरण, तापक्रममा संतुलन हुनमा सहयोग ईरहेको हुन्छ । यस बाहेक पानी जम्ने अवस्था र सुख्खा सहन सक्ने जातहरु विकास गर्ने कार्यहरु भई रहको छ ।