छोटो अबधी र सानो लगानीमा धेरै मासु उत्पादन हुने ब्यवसाय मध्य बंगुर पालन एक हो। बिकासित युरोपेली देशहरु बंगुर पालन आन्तरिक उपयोगको लागि मात्र नभई मासु निर्यात गरेर आफ्नो देश को आर्थिक स्थिती अझ सुध्रिड पार्न लागि परेका छन। बंगुर पालनका अप्रतक्ष्य एवम प्रतक्ष्य धेरै फाईदाहरु छन। यो थोरै पूंजीबाट छिट्टै प्रतिफल लिना सकिने ब्यवसाय हो। बंगुर एक बर्षमा २ बेत ब्याउने गर्दछ र एक बेतमा ८ – १२ पठापाठी हुर्काउन सक्दछ। बंगुरले खाएको औसत २.५-३ केजी आहाराले १ केजी मासु उपलब्ध गराउदछ। ७५ देखी ८० केजी प्रतिसत खान योग्य मासु बंगुर काट्दा उपलब्ध हुन्छ जुन अरु पशु को भन्दा धेरै हो।
जातहरु:
ल्याण्डरेस
योर्कशायर
ह्याम्पसायर
पाख्रीवास कालो एवं स्थानीयमा
च्वाचे (पहाड)
हुर्रा (तराई)
आहार ब्यबस्थापन :
बंगुर्को पाचन प्रणाली अरु उघाउने पशुको भन्दा फरक हुन्छ। बंगुर्को दाना राम्रो सँग पिसिएको र सजिलै सँग पचाउन सक्ने हुनु पर्दछ। सामान्यता बंगुरले आफ्नो तउलको १० प्रतिसत अथवा दाना भन्दा २.५ गुणा बढी पानी पिउछ। ब्याएको बंगुर लाई अरुलाई भन्दा बढी पानी चाहिन्छ किनकी दुधमा करिब ८५ प्रतिसत पानी हुन्छ। जन्मदा बंगुरका पाठा पाठीका शरीरमा अरु जनवरहरु भन्दा ज्यादै कम फलाम हुने भएकाले पाठ पाठिलाई रक्त अल्पता बाट बचाउन ३ हप्ता सम्म जङगलको सफा कालो र रातो माटोको पेस्ट बनाएर माउको स्तन वरिपरी लगाईदिनु पर्छ।
खोर ब्यबस्थापन :
बंगुर ब्यबसायिकरण गर्नको लागि खोर ब्यबस्थापन एक महत्व पूर्ण पक्ष हो। सानै देखी बाली जाने बंगुर र भालेलाई सँगइ पाल्नु हुँदैन यसले बाली जाने समस्या हुन्छ। बाली जाने समय र दानाको उचित ब्यबस्थापन भयपछी मात्र भाले सँग नजिक राख्नु पर्दछ। बंगुर बाली गएदेखी ब्याउने बेलासम्म
दाना पानी एवम हावापानीको उचित प्रबन्ध गर्नु अती आबश्यक हुन्छ। बाली गएको १२० दिन सम्म पनि बंगुर ब्याउने सुर गरेन भने बंगुर थारो हुन सक्ने सक्छ। थारो नभएमा गर्भासयमा पाठापाठी मरेर त्यही सुक्न लागेको हुन सक्छ। यस्तो अवस्थामा प्रोस्टाग्ल्यान्डिन हर्मोन नामक सुई दिई पाठापाठी फाल्न सकिन्छ। सामान्यतास् बेतको हिसाबले ५-६ बेत सम्म राम्रो उत्पादन लिन सकिन्छ।
भाले खोजेको १८ घण्टापछी भाले लगाउनु पर्दछ र पहिलो पटक भाले लगाएको १२ घण्टा पछी अर्को पटक भाले लगाउदा बढी पाठापाठी जन्मन सक्छ।
माउलाई छिटो भाले खोज्ने गराउन पाठापाठी छुटाएको दिन पानी मात्र दिने र त्यसपछी भाले जाने दिनसम्म ३.५ -४ केजी सम्म दाना दिनु पर्दछ जसले गर्दा १५ प्रतिसत सम्म पाठा पाठिको संख्या ब्रिदी गर्दछ। बाली जाँदाको दिन देखी दाना ४ केजी बाट घटाएर २ केजीको दरले दिनु पर्दछ।
पहिलो जन्मिएका पाठापाठिहरुलाई तुरुन्तै माउको थुन सफा गरेर चुस्न दिनु पर्छ यस्ले बच्चाले अन्तिबडिज प्राप्त गर्दछन भने माउको ओक्सिटोसिन नामक हर्मोन उत्पादन हुन्छ जस्ले गर्भासय खुम्चिन सजिलो हुन्छ र बच्चा निस्कन सजिलो हुन्छ। माउ छान्दा १४-१६ थुन भएको छन्नु पर्दछ। जन्मदै बच्चामा ८ वटा तिखा दाँत हुन्छन र जन्मेको दिन आधा जसो दाँत काटेर फाल्नु पर्दछ। जन्मेको दिन नाईटो (करीब ५ सेमी छोडेर) र पुछर आधा हुने गरी काट्नु पर्दछ।
बंगुरपालनमा फोस्टरिङ्ग भनेको के हो ?
एउटा माउको बच्चा अर्को माउले हुर्काउने व्यवस्थालाई फोस्टिरिङ्ग भनिन्छ ।एकै समयमा कुनै माउले १४ देखि १६ पाठारपाठी जन्माएर अर्कोले ५ देखि ६ मात्र पाउंदा धेरै बच्चा पाउने माउको केही बच्चा अर्को माउमा ३-४ दिन भित्र दिई हुर्काउने व्यवस्था गर्न सकिन्छ, त्यो फोस्टरिङ्ग हो ।
बंगुरपालनमा जैविक सुरक्षको व्यवस्था कसरी गर्ने ?
फार्म क्षेत्र भित्र प्रवेश गर्ने ठाउंमा चुनारफिनेल सधै छरेर राख्ने ।
फार्म भित्र अन्य पशुंपछि नआउने गरी बारबेर गर्ने ।
उमेर समूह अनुसार छुट्टाछुट्टै कोठामा राख्ने ।
एकै लट व्याच बनाएर पाल्ने हुर्काउने र बेच्ने व्यवस्था गर्ने ।
फार्मको सरसफाई कडाईका साथ लागु गर्ने ।