पर्याप्त जमिन अभावका कारण शहरीबासीलाई महँगो तरकारीले दैनिक किन्नु पर्दा हैरान भएका हुन्छन्। पर्याप्त जमिन नभएकाले आफैंले खेती गरेर परिवारलाई पुग्ने गरी तरकारी फलाउनु अस्वम्भव प्राय छ।

यद्यपी केहीले भने कौसी वा गमलामा एक­दुई वटा बिरुवा रोपेर तरकारी फलाएका पनि छन्। तर त्यसले दुई छाकभन्दा बढी धान्दैन्।
विज्ञानको अगाडि कुनै पनि चिज असम्वभ छैन्। कृषिमा बढ्दो आधुनिकरण र विज्ञानले धेरै शहरबासीका यस्ता समस्याको समाधान निकालेको छ।

बानेश्वरस्थित एरोरुट्स प्रालिले नेपालमा एरोबिक कृषि प्रणाली अन्र्तगत शहर केन्द्रित एउटा नयाँ खेती विधि भित्र्याएको छ। यो विधिमा धेरै ‘स्पेस’ को आवश्यक्ता पर्दैन, एउटा ३०० लिटरको ड्रम अट्ने ठाँउ भए पुग्छ।

गत एक वर्षदखि विभिन्न तरकारीहरुको सफल परीक्षण उत्पादन गरेपछि कम्पनीले यो विधि सार्वजनिक गरेको हो।

यस विधिमार्फत् जमिन वा माटो बिनै हावा, पानीमार्फत एउटा परिवारलाई पुग्ने तरकारी फलाउन सकिने कम्पनीकी सानीया शाहीले बताइन्।

शाहीले जमिन बिना उत्पादन गर्न सकिने, माटोभन्दा छिटो तथा धेरै फल्ने र विषादीमुक्त स्वस्थ उत्पादन भएकाले घर बाहेक जग्गा नभएका शहरबासीलाई उपयुक्त हुन्छ।

शाहीले बताए अनुसार यस विधि अन्र्तगत खेती गर्न एउटा ड्रम चाहिन्छ। तर यो ड्रम उपभोक्ता आफैंले तयार पार्ने होइन। कम्पनीले उपभोक्ताले कस्ता विरुवा उत्पादन गर्न चाहेको हो त्यसको आधारमा आवश्यक सम्पूर्ण पूर्वाधार तयार पारेर घरमा सो ड्रम फिट गर्छ।

कम्पनीले नै त्यस ड्रममा आवश्यक प्वाल, मटर लगायतका वस्तु फिट गरेर त्यसललाई मेसिनको रुप दिन्छ। सोही ड्रम ९मेसिन० किनेर उपभोक्ताले खेती गर्ने हो।

सो ड्रमममा ५८ वटा प्वाल बनाइएको छ। यी हरेक प्वालमा एक­एक वटा तरकारी उमान्र सकिन्छ। अर्थात यी सबै प्वालबाट ५८ वेग्लै बोट रोपेर तरकारी फलाउन सकिन्छ।

माटो नभएकाले तीनै प्वालमाथि स्पोट्का लागि फर्महरु राखिन्छ। आफूले कुन तरकारी वा फल रोप्न चाहेको हो सोही आधारमा प्रयोगशालामार्फत बिउलाई बेर्नामा परिणत गरिन्छ।

ती बेर्नालाई केहि दिनपछि ड्रममा भएका प्वालहरुमा रोपिन्छ।

जमिनको प्रयोग नगरिने भएकाले ड्रम भित्र बिरुवा हुर्कन र उत्पादन दिन थाल्नलाई चाहिने पोषण तत्वका, माटोमा पाइने ‘मिनरल’ र उचित मात्रामा पानी घोली त्यसकै पेस्ट (हाइ प्रेसर मिस्ट) राखिएको हुन्छ।

ड्रममा फिट गरिएको मोटरको सहायताले सो पेस्टलाई तापक्रम मिलाएर हरेक बिरुवासम्म पर्याइन्छ। यो पक्रियालाई सघाउन मोटर र एउटा टाइमर राखिएको हुन्छ।

यसमा मोटरले बिरुवाको जरासम्म पोषण तत्व पुर्याउने काम गर्छ भने टाइमरले कुन बिरुवालाई कति समयको अन्तरालमा कति पोषण पुर्याउनु पर्ने हो त्यसै अनुसार कार्य गर्छ।

यसरी पुर्याइएको तत्वलाई बिरुवाको जराले उसलाई चाहिने मात्रामा स्वच्छ र यसरी सो बिरुवा माटोमाझैं प्राकृतिकरुपमा विकसित हुँदै जान्छ र फल दिन सूरु गर्छ।

बिरुवाको जरा ड्रमभित्र हुन्छ भने फल प्वालबाहिर हुन्छ। बिरुवाको जरामा प्रकाश सोझै नपरोस भन्नलाई सो ड्रमलाई बिर्कोले छोपिन्छ।
यस विधिमार्फत जमिनमा खेती गरेको भन्दा २० गुणा छिटो तथा निकै बढी उत्पादन हुने तथा लागत कम लाग्ने शाहीले बताइन्।

उनका अनुसार यस विधिमा जमिनमा खेती गर्दा आवश्यक पानीको एक प्रतिशत भए पर्याप्त हुन्छ।

यसबाहेक प्रयोगशालाबाट बेर्ना तयार पारिएको र माटोको प्रयोग नहुने भएकाले रोग तथा किराको संक्रमणको जोखिम अत्यन्त न्युन हुने शाहीको दाबी छ।

त्यस्तै सबै काम मेसिनले आफैं गर्ने भएकाले मलजल, गोडमेल गरिरहनु पर्ने झण्झट समेत हुँदैन्।

तर ड्रमभित्र उत्पादन गर्ने तरकारीहरु एउटै समुहका हुनु जरुरी हुन्छ अर्थात् तँपाईले ५८ वटा प्वालमा लगाउने तरकारीलाई चाहिने पोषण तत्वको मात्रा फरक भएपनि सकभर आवश्यक पोषण मिल्नुपर्छ।

तपाईले एउटा प्वालमा गोलभेडा लगाउनु भयो अरु प्वालमा काँक्रो, काउली, मुला, करेला फलाउन सक्नुहन्छ किनभने यी एउटै समुहमा पर्छन् र यीनलाई आवश्यक पौष्टिक तत्व लगभग उस्तै हुन्छन्।

यसका लागि २४ घण्टा नै बिजुली आपूर्ति आवश्यक हुन्छ। विद्युतको नियमित आपूर्ति सहज नभएकाले यसको विकल्पमा ब्याट्रीको समेत प्रयोग गर्नुपर्ने हुन्छ।

यस मेसिनको मूल्य ७५ हजार रुपैंयाँ राखिएको छ। यसमा मोटर, टाइमर, बेर्ना लागयतका सम्पूर्ण अन्य तत्वसहित फिट कम्पनीले गर्दिन्छन्।
पहिलो पटक यसको खरिदमा कम्पनीले पोषण तत्व र बिरुवा समेत दिइने शाहीले बताइन्।

तर त्यस उपरान्त भने शूल्क लाग्ने छ। एक चोटी सम्पूर्ण बिरुवाको उत्पादन खाइसकेपछि दोश्रो लटमा करिब ५ हजारमा सबै काम हुने शाहीको भनाइ छ।

ड्रममा २० वर्ष वारेन्टी दिइएको छ भने नियमित मेन्टेनेन्स भने गर्नुपर्ने छ। सम्झौता अनुरुप यसका लागि छुट्टै शूल्क लाग्न सक्छ।
यदि आवश्यक परेको खण्डमा यो ड्रम कम्पनीले पुन किनेर फिर्ता समेत लगिने उनले बताइन्।

राजधानीको भृकुटिमण्डपमा आजबाट सुरु भएको कृषि प्रद्धशनीमा कम्पनीको स्टल राखिएको छ।

-सेतोपाटी बाट