काठमाडौं। कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरु अहिले मन्त्रालयलाई रित्तो बनाएर वैदेशिक भ्रमणमा सहभागी हुन अष्ट्रेलिया पुगेका छन्। आयोजनादेखि मन्त्रालयसम्म सुनसान बनाएर वैदेशिक भ्रमणमा सहभागी हुने चलन पछिल्लो समय निकै बढेको छ।

आगामी चैतमा उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका मन्त्रालयका सचिव डा। सुरोज पोख्रेल मन्त्रालयको तर्फबाट श्रीमतिसहित अष्ट्रेलिया पुगेका छन्। अन्तराष्ट्रिय कृषि विकास कोष (आईफाड) को ऋण अनुदान सहयोगमा सञ्चालित ‘किसानका लागि उन्नत वीउ विजन कार्यक्रम’ ९केयुवीके० आयोजनाको तर्फबाट सचिव पोख्रेल श्रीमतीसहित एक कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेका हुन्।

गत् शुक्रबार सचिव पोख्रेलको नेतृत्वमा कृषि राज्यमन्त्री सरिता प्रसाई, मन्त्रालयका सहसचिब तथा प्रवक्ता डा। योगेन्द्र कार्की, कृषि विभागका महानिर्देशक डा। डिल्लीराम शर्मासहित एक दर्जन उच्च अधिकारी केयुवीकेको स्थलगत भ्रमण अवलोकन कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेका छन्।

टोलीमध्ये सबै अधिकारी आगामी शुक्रबार फिर्ता हुने कार्यतालिका भएपनि सचिब डा। पोखरेल श्रीमतिसहित अष्ट्रेलियामा हुने ‘ईवाटर एण्ड म्यानेजमेण्ट फर एग्रीकल्चर’ तथा ‘क्लाइमेट एक्सट्रिम र सिजनल क्लाइमेट आउटलुक’ कार्यक्रममा सहभागी भएर फर्कने कार्यतालिका छ।

वैदेशिक भ्रमणका लागि ‘बदनाम’ कमाएको आयोजना
दातृ निकायको अनुदान र ऋणमा सञ्चालित कृषिसम्बन्धी ठूला आयोजनाहरु व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि तथा खाद्य सुरक्षा आयोजना, उच्च मूल्य शृंखला परियोजना, किसानका लागि उन्नत वीउ विजन कार्यक्रम’ (केयुवीके), जलवायु प्रकोप समुत्थान निर्माण आयोजनालगायतका आयोजना पछिल्लो समयमा मन्त्रालय र सरोकारवाला निकायको लागि वैदेशिक भ्रमणमा जाने ‘बदनाम’ कमाएको संस्थाको रुपमा परिणत भएको छ।

भ्रमणमै ५० लाख स्वाहा
कृषि सचिव पोखरेलसहित १० जनाको टोलीले अष्ट्रेलिया भ्रमणमा ५० लाख रुपैयाँ सक्ने छ । किसानका लागि उन्नत बिउ विजन कार्यक्रमका उप–निर्देशक तुल्सी राम भण्डारीले भ्रमणका लागि ५० लाख रुपैयाँ छुट्याइएको बताए ।
उन्नत जातका बिउ विजन उत्पादनका लागि अष्ट्रेलियामा भएका प्रयासको अध्ययन गरेर टोली फर्कने उनको भनाइ छ ।
तर कृषि विकास मन्त्रालयका एक अधिकारी सचिवसहितको टोली विना उद्देश्य विदेश भ्रमणमा निस्किएको बताउँछन् । ‘अष्ट्रेलियामा भएका प्रयास नेपालमा लागू गर्न सकिने अवस्था नै छैन । अष्ट्रेलिया र नेपालको हावा–पानी नै मिल्दैन । हावा–पानी नै नमिल्ने ठाउँमा अपनाइएको विधि अपनाएर यहाँ के नतिजा निस्किन्छ रु’ ती अधिकारीले  भने, ‘यो भ्रमण रामाइलो गर्ने उद्देश्यले मात्रै गरिएको हो । भ्रमणबाट किसानका लागि आएको बजेटको दुरुपयोग भएको छ ।’