कन्ये च्याउलाई अंग्रेजीमा “वयष्टर” र ल्याटीनमा “प्लुरोटस” भनिन्छ । सजोरकाजु र ओष्ट्राटस गरी दुई जातको कन्ये च्याउ पाइन्छ र खेती पनि गरिन्छ । कन्य च्याउको खेती परालमा गरिन्छ । तर पराल बाहेक मकैको खोया, खोस्टा, काठको धूलो र छ्वालीमा पनि गर्न सकिन्छ । यसको लागि तापक्रम २०–३० डिग्री सेल्सस र सापेक्षित आद्र्रता ८० प्रतिशत हुनु पर्छ । भौगोलिक दृष्टिकोणले ८००–१४०० मिटर उचाई भएको ठाउ“मा चैत्र महिनादेखि कार्तिक महिनासम्म र सोभन्दा कम उचाई भएको स्थान जस्तै तराईमा कार्तिकदेखि माघसम्म यसको खेती सफल हुनेछ । काठमाण्डौं उपत्यकामा यसको खेती फाल्गुणदेखि कार्तिक महिनासम्म गर्न सकिन्छ । तर हाल जाडोमा पनि उम्रने जातको बीउ पाइने भएकोले जाडोमा पनि यसको खेती गर्न सकिन्छ ।

आवश्यक सामाग्री :

१.ड्रम बा फोसी पोटास

२. प्लाष्टिक बाटा र बाल्टीन

३. भुस्सा काट्ने कैंची

४. मट्टितेल स्टचोभ वा चूलो

५. प्लाष्टिक सिट

६. प्लाष्टिक ब्याग

७. पराल

८. च्याउको बीउ

खेती गर्ने तरीका :
कन्ये च्याउ खेती गर्नको लागि सफा र राम्रो कुन्यू लगाएको पराल हुनु पर्दछ । परालमा हरियोपन भएको खण्डमा ढूसी फैलन गाह्रो पर्दछ । आपूmलाई चाहिने जति राम्रो पराल जोखिसकेपछि करिब २–३ इन्च लामो टुक्रा पार्नु पर्छ । यो पराल टुक्रा पार्नको लागि भुस्सा काट्ने कैंची ९चुलेसी० प्रयोग गर्न सकिन्छ । टुक्रा पारेको पराललाई कमसेकम दुई घण्टासम्म सफा पानीमा भिजाउनुपर्छ अर्थात रातभरी भिजाए पनि हुन्छ । भिजाइसकेको पराललाई ठूलो बाटा वा भा“डोमा सफा पानी राखी राम्रोसंग पखाल्नु पर्दछ । पखाल्दा पखाल्दै पानी धमिलो भने भने फेरि सफा पानी फेर्नु पर्दछ । यसरी पखालिसकेपछि परालको पानी तर्कन दिन २–४ घण्टा राख्नु पर्दछ । परालबाट पानी तर्काउनको लागि १ मिटरमा काठको फ्रेम राखेर बनाई त्यो जाली भुईबाट उठाई भुईमा नछुने गरी राख्नु पर्छ त्यस माथि भिजेको पराल राख्दा पानी चा“डै तर्किन्छ । पानी तर्काइसकेको पराललाई हत्केलामा एकमुठ्ठी लिई थिचेर हेर्दा यदि पानीका थोपाहरु ननिस्की खाली हत्केला मात्र भिज्यो भने त्यसमा पानीको मात्रा ठीक रहेछ भनि यकीन गर्न सकिन्छ यदि पानीको थोपाहरु धेरै निस्केको देखियो भने त्यसलाई अरु १–२ घण्टा पानी तर्काउन राख्नु पर्छ ।

पराल बफाउने तरीका :
पराल बफाउनेको लागि ड्रम अथवा माटोको पोटासी प्रयोग गर्नु पर्दछ । ड्रममा तल पट्टि ६ इन्चसम्म पानी राखी त्यसमा ३–४ वटा इ“ट्टा ठड्याएर राख्ने । अनि त्यसको माथि जाली अथवा प्वाल प्वाल परेको चक्का राख्नुपर्छ । अनि मात्र परालले ड्रम भर्नुपर्दछ । ड्रमको मुखमा प्लाष्टिकले राम्रोसंग छोपेर डोरीले बा“ध्नुपर्छ । ड्रमको माथिबाट वाफ आउन थाले पछि कम से कम आधा घण्टा ९३०मिनेट० सम्म पराललाई बफाउनु पर्दछ । यसरी बफाउ“दा परालमा भएका हानिकारक कीरा र जीवाणुहरु नष्ट हुन्छन् । बफाएको पराललाई चिसो नहु“दै प्लाष्टिकको धोक्रामा वा ड्रममा नै राखेर चिसो पार्नुपर्दछ ।

रोप्ने तरीका :
कन्ये च्याउ रोप्नको लागि प्लाष्टिकको १२”ह२६” अथवा १६”ह२६” ९इन्च० साइजको थैला लिनु पर्छ । च्याउको बीउ प्लाष्टिकको थैलामा रोप्दा एक तह पराल, एक तह बीउ राख्दै हातले बेसरी थिच्दै जानु पर्दछ वा बीउ र पराल मिसाएर थैला भरेको खण्डमा पनि राम्रै हुन्छ । थैला भरिसकेपछि यसको मुख सुत्तलीको धागोले बा“ध्नु पर्दछ । यसमा ४ औंलाको फरकमा प्वाल पार्नुपर्दछ । साथै प्वालहरु पूरा खोलेको हुनुपर्दछ । अर्को तरीका, बीउ रोपेपछि चक्कुले ठाउ ठाउमा क्रस अथवा घर्सो गरी काटन पनि सकिन्छ । यो बीउ रोपेको पोकालाई अ“ध्यारो कोठामा ३ हप्तासम्म राख्नु पर्दछ । यस बेला कोठाको तापक्रम २२–२५ डिग्री सेल्सस हुनुपर्छ । ३ हप्ताभित्र च्याउको ढूसी परालमा फैलिएर सेतो हुन्छ । यसपछि प्लाष्टिक च्यातेर सेतो डल्लालाई भुईमा वा ¥याकमा राख्नुपर्दछ । भुईमा राख्दा इ“टा वा काठको फल्याक तलतिर राखी एक एक वित्ता फरक गरी लाइनमा राख्नुपर्दछ ।

दिनको २–३ पटक सम्म मसिनो फोहरा जस्तै गरी सफा पानी डल्ला मात्र भिज्ने गरी छर्कनुपर्दछ । पानीको मात्रा परालको डल्लामा भन्दा डल्लाको वरिपरि बढी हुनुपर्छ । यस समयमा कोठाको तापक्रम २०–३० डिग्री सेल्सस हुनुपर्छ । सजोरकाजु जातको कन्ये च्याउमा पानी दिएको ठीक ४–५ दिनपछि साना साना कनिका जस्तो च्याउहरु देखापर्छ । यसको ३–४ दिनमा नै च्याउ टिप्ने बेला हुन्छ । यसबेला कोठामा हावाको संचालन राम्रो हुनुपर्छ र कोठाको झ्याल ढोका खोली उज्यालो पार्नु पर्दछ यसरी एक पटक च्याउ टिपेपछि अर्को ७–१० दिनसम्म पानी हाल्दै गर्नुपर्छ । त्यति बेला अर्को च्याउ आउ“छ र दोस्रो पटकको च्याउ टिप्ने बेला हुन्छ । त्यस्तै गरी अर्को १० दिन पछि तेश्रो पटक च्याउ टिप्न सकिन्छ । व्यापारिक दृष्टिकोणले ३ पटकसम्म मात्र च्याउ टिप्नु फाइदाजनक हुन्छ । ओष्ट्राटस जातको कन्ये च्याउ झुप्पा झुप्पा गरेर एक पछि अर्को गर्दै लगातार आइरहन्छ । च्याउ आउने अवधि ३५ दिनदेखि ९० दिनसम्म हुनेछ । यसरी च्याउ खेती गर्दा एक के।जी। परालबाट सालाखाला ५००–६०० ग्रामसम्म ताजा च्याउ उत्पादन हुन्छ । प्रविधि राम्रोसंग अपनाएको खण्डमा यो भन्दा बढी उत्पादन हुनेछ । कहिले का“ही १०० प्रतिशत नै उत्पादन आउ“छ ।

खेती गर्दा आइपर्ने समस्या र त्यसको समाधान :
१. च्याउ खेती गर्दा बेला बेलामा मसिनो झिंगा, सुलसुले, कालोकीरा आदि लाग्न सक्छ । ती कीराहरु लागेमा नुभान औषधी एक लिटर पानीमा एक देखि आधा मिलिलिटर राखेर छर्कनुपर्दछ । तर च्याउ आइरहेको बेलामा भने छर्कनु हु“दैन, छर्केको खण्डमा च्याउ खुम्चेर गई उत्पादन कम हुनेछ ।
२. च्याउको पोकामा कहिलेका“ही जंगली च्याउ ९कालो खालको आउन सक्छ । जंगली च्याउ पहिचान गरी आउना साथै टिपेर फाल्नुपर्छ ।
३.कुनैकुनै परालको पोकामा सेतो ढूसी नआइन, कालो, निलो, हरियो ढूसी आउन सक्छ । यस्तो आएको पोका त्यहा“बाट
हटाई माटोमा गाडि दिनुपर्छ ।
४.कोठामा हावाको संचालन राम्रो नभएमा च्याउको डा“ठमात्र लामो भएर आउछ ।

सुकाउने प्रविधि:
कन्ये च्याउ सुकाएर पनि राख्न पनि सकिन्छ । च्याउलाई यसरी सुकाए राम्रो हुन्छ ।
१. च्याउ टिपेर सफा धागोमा माला गासेर कोठाभित्र सुकाउनु पर्छ । च्याउ सुकाउदा कोठाको पश्चिमपट्टिको झ्याल खुल्ला राखी कोठामा राम्रो हावा संचालन गराउनु पर्दछ ।
२. च्याउ घाममा सुकाउनु हुदैन किनकि घामले च्याउको रंग र गन्ध हराउ“छ । तर सोलार ड्राएरमा सुकाउदा भने राम्रो हुन्छ ।
३. यसरी सुकाएको च्याउ खेती तातो पानीमा १० मिनेट भिजाई राख्नुपर्छ र त्यसपछि मात्र पकाउनुपर्छ ।