काठमाडौं । अब कालिमाटीका सबै पसलका तरकारी तथा फलफूलको मूल्य एउटै हुने भएको छ । कृषि मन्त्रालयका सह–सचिव काशीराज दाहालले कालिमाटीका सबै पसलका तराकारी तथा फलफूलको मूल्य समान बनाउने बताएका हुन् ।

‘कालीमाटीका सबै थोक तथा खुद्रा पसल तरकारी तथा फलफूलको मूल्य एउटै हुन्छ, त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण काम गर्नका लागि मन्त्रालय प्रतिबद्ध छ,’ बिहीबार कालिमाटी फलफूल तथा तरकारी बजार समितिको २४ औं बार्षिक उत्सवमा दाहालले भने ।

उनले आफ्नो कार्यकालमा नै कालिमाटीको थोक तथा खुद्रा बजारको मूल्य निधारण गर्ने प्रतिवद्धता गरेका छन् ।

कालिमाटी बजारमा ठूलो समस्या भनेको मूल्य निधारण छ । बजारका फरक स्टलमा फरक मूल्य निर्धारण हुने गरेको छ । जसले गर्दा सर्वसाधरणहरु तरकारी तथा फलफूल खरिद गर्दा बढी मूल्य तिर्न बाध्य हुने गरेका छन् ।