ललितपुर। सरकारले कृषि विकासको लागि छुट्टाएको रकम ललितपुरका तीनवटा गाउँपालिकाले दुरुपयोग गरिएको भेटिएको छ । जिल्लाका तीनवटा गाउँपालिकाले सम्बन्धित क्षेत्रमा प्रयोग नगरी अन्यत्रै खर्च गरेको पाइएको हो ।

कोन्ज्योसोम, बागमती र महाङ्काल गाउँपालिकाले सरकारले कृषिका लागि विनियोजित गरेका करिब ३ करोड ६६ लाख रकम गाडी खरिद लगायत अन्य क्षेत्रमा खर्च गरेको पाइएको हो ।

जिल्ला कृषि विकास कार्यालय ललितपुरबाट चालू आर्थिक वर्ष २०७४र७५ का तीनवटा गाउँपालिकाका लागि छुट्टाइएको ३ करोड ६६ लाख रकम विनियोजन गरिएको थियो तर उक्त रकम कुनै पनि गाउँपालिकाले कृषिमा लगानी गरेका छैनन् ।

कोन्ज्योसोम गाउँपालिकाले गाडी खरिद गरेको बताइएको छ, यद्यपी गाडी खरिद विषयमा कोन्ज्योसोम गाउँपालिकाले बताउन चाहेनन । यससम्बन्धमा कुरा गर्न खोज्दा कोन्ज्योसोम गाउँपालिकको प्रमुख गोपीलाल स्याङ्ताङ, कार्यकारी प्रमुख तथा प्रवक्ता सुमिन्द्र तामाङसँग सम्पर्क गर्न खोज्दी सम्पर्कमा आउन चाहेनन ।

गाउँपालिकालाई १ करोड १५ लाख ७७ हजार रकम कृषि सम्बन्धी विभिन्न कार्य गर्नका लागि विनियोजन गरे पनि उक्त रकम कृषि सम्बन्धी कुनै पनि कार्य गर्न नलगाइएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत प्रसाद देवकोटाले  बताए ।

प्रमुख देवकोटाका अनुसार बागमती र महांकाल गाउँपालिकाले पनि कृषि सम्बन्धित कार्यमा छुट्टाइएको बजेट कहाँ खर्च गरेको भन्ने बारेमा कार्यालयलाई कुनै जानकारी नदिएको बताए । उल्टो हामी जनप्रतिनिधि भएको हुँनाले आफूले चाहेको क्षेत्रमा खर्च गर्न उल्टो प्रतिप्रश्न गरेको गुनासो  गरे ।

बागमती गाउँपालिकाको प्रमुख विर बहादुर लोप्सनसँग सम्पर्क गर्दा आफ्नो गाउँपालिकाले २५ लाख छुट्टाइएको जानकारी दिएका छन् । उनका अनुसार गाउँपालिकाले असार ३१ गते बजेट छुट्टाइएकोमा जिल्ला कृषि विकास कार्यालयबाट साउन १४ गते जानकारी प्राप्त भएकोले उक्त बजेट अन्यत्रै खर्च भएको स्विकार गरेका छन् ।

यसैगरी महाकांल गाउँपालिकाको अध्यक्ष रामचन्द्र दाहाल तथा कार्यकारी अधिकृतसँग सम्बन्ध गर्न खोज्दा समेत कुरा गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

हेर्नुहोस सरकारले कृषि सम्बन्धि कार्य गर्नको लागि छुट्टाइएको रकम
कोन्ज्योसोम गाउँपालिकाको लागि विनियोजित रकम
कृषि प्रसार कार्यक्रमः ३३ लाख ५५ हजार
सहकारी खेती साना सिंचाई तथा मल बीउ ढुवानी कार्यक्रमः ४ लाख ३० हजार
वाली विकास कार्यक्रमः १० लाख ५० हजार
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः ५ लाख ६० हजार
आलु, तरकारी तथा मसला बाली विकास कार्यक्रमः ४ लाख ८ हजार
माटो परीक्षण सुधार सेवा कार्यक्रमः ९४ हजार
कृषि विभाग कार्यक्रमः ९ लाख ६० हजार
कूल १ करोड १५ लाख ७७ हजार

बागमती गाउँपालिकाको लागि विनियोजित रकम
कृषि प्रसार कार्यक्रमः ३३ लाख ६५ हजार
सहकारी खेती साना सिंचाई तथा मल बीउ ढुवानी कार्यक्रमः ४ लाख ३० हजार
वाली विकास कार्यक्रमः १० लाख ५० हजार
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः ६३ लाख
आलु, तरकारी तथा मसला बाली विकास कार्यक्रमः ४ लाख ८ हजार
माटो परीक्षण सुधार सेवा कार्यक्रमः ९४ हजार
कृषि विभाग कार्यक्रमः ३ लाख २० हजार
कूल १ करोड २६ लाख ७ हजार

महाङ्काल गाउँपालिकाको लागि विनियोजित रकम
कृषि प्रसार कार्यक्रमः ३३ लाख ४७ हजार
सहकारी खेती साना सिंचाई तथा मल बीउ ढुवानी कार्यक्रमः ६ लाख ५५ हजार
वाली विकास कार्यक्रमः ५ लाख
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः ८ लाख १ हजार
आलु, तरकारी तथा मसला बाली विकास कार्यक्रमः ४ लाख ८ हजार
माटो परीक्षण सुधार सेवा कार्यक्रमः ९४ हजार
कृषि विभाग कार्यक्रमः ३ लाख २० हजार
कूल १ करोड ३४ लाख २४ हजार