गड्यौली मल भनेको गड्यौलाले सड्ने,गल्ने किसिमको जैविक फोहोरलाई खाइ त्यसबाट निकालेको दिशा वा बिस्टा हो यसको दिशा कालो साना साना पोतेको दाना जस्तो हुन्छ ।
गड्यौली मलका फाइदाहरु : 
यसमा नईट्रोजन १.७५ -२.५०५% ,फोस्फोरस १.५० -२.०५ % पोटासियम १.२५-१.७५५ हुन्छ ।
यसको कास्टसंगै निस्किने चिप्लो म्युकसमा असंख्य लावदायक सुक्ष्म जीवाणुहरु हुन्छ यसरी मलमा भएको सबै प्रकारको खाद्तात्व र म्युकसले गर्दा गड्यौली मल माटो र बिरुवाको लागि निकै उपयोगी हुन्छ।

गड्यौलाले कागजका टुक्राहरू ,सुति कपडा ,जुटका बोराहरु,भान्साबाट निस्कने विभिन्न खालका कुहिने बस्तुहरु आदिलाई आफ्नो आहारको रुपमा लिने हुनाले यसले नास हुने बस्तुको सहि सदुपयोग गर्न मद्दत पुर्यौछ्र ।

के सबै गड्यौलाहरुबाट मल बनाउन सकिन्छ :

गड्यौली मल बनाउनका लागि ईसेनिया फोटिडा उपयुक्त हुन्छ किनभने यो प्रजातिको गड्यौलामा अरु प्रजातिको गड्यौला भन्दा छिटो खाने र पचाउने क्षमता हुन्छ र छोटो समयमा नै मल उत्पादन गर्न सक्दछन ।

गड्यौली मल बनाउने बिधि :

हावाको राम्रो संचार हुने बाँसको टोकरी ,डाला तथा सिमेन्ट प्लास्टिक टिन अथवा माटोको भाडाहरू प्रयोग गर्न सकिन्छ ।
गड्यौली मल बनाउने भाडो धेरै गहिरो भएमा हावाको संचार घटना गइ गड्यौलाको स्वास प्रस्वासमा गारो हुन्छ त्यसैले भाडो अथवा खाल्डो जे भएपनि ३०-४० सेमी भन्दा गहिरो हुनुहुदैन ।

सामान्यतया प्रति वर्ग मीटर ४०० ओटाको दरले गड्यौलाहरु राख्नु पर्दछ १०० किलो प्रांगारिक फोहोरबाट गड्यौली मल बनाउन करिब २००० गड्यौला आवस्यक पर्दछ ।

गड्यौली मल बनाउन प्रयोग गरिने पदार्थलाइ टुक्रा पारि १०-१५ दिनसम्म कुहाउन पर्दछ ।

गड्यौली मल सुर्यको प्रकाशबाट जोगाउनका साथै अध्यारो ठाउमा बनाउन पर्दछ ।