प्रतिवर्ष जिल्लाहरुमा फलफूलका बोटविरुवाहरु आउछन्, बिक्री हुन्छन् र कृषकहरुले पनि २-४ बोट रोपेकै हुन्छन् तर के गर्नु रोप्ने तरीका उही पुरानै छ । रोप्ने समयमा कसरी रोप्ने भनी न प्राविधिकसंग परामर्श लिइन्छ न त अन्यत्रबाट बुझ्ने कोसिस गरिन्छ । प्रतिवर्ष बेर्ना रोप्यो एउटा पनि राम्रोसंग जाग्ने होइन ।

यदाकदा एकदुई बेर्ना जागिहाले पनि छिटो बढ्ने होइन । जनतन कुनै बोट बढिहाल्यो र फल्न थाल्यो भने पनि फल झर्ने, फल फुट्ने र चाउरी पर्ने समस्याले सताएकै हुन्छ । यस्तो हुनुको मुख्य कारण के हो भनी सोच्ने र सोध्ने हामीमा फुर्सदै हुदैन ।  यसको लागि समय मै प्राविधिकहरुको सरसल्लाह लिनुपर्ने हुन्छ, नत्र खेती ग¥यो हात लाग्यो शून्य हुन्छ । त्यसैले अब उप्रान्त यस्तो अवस्था आउन नदिन समयमै सतर्क हुनु जरुरी छ ।

सर्वप्रथम त फल फल्ने क्रियालाई असर पार्ने तत्वहरुका बारेमा जानकारी :

फल लाग्ने प्रक्रियालाई असर गर्ने कारणमध्ये बाहिरी कारण मुख्य रहेको छ । बाहिरी कारण भन्नाले– प्रकाश, वर्षा हावा, कीरा र मलखाद पर्दछन् ।
प्रकाशः

प्रकाशको कारणले गर्दा फूल फुल्ने प्रक्रियालाई धेरै नै असर पर्ने गर्दछ । कम तेजिलो घाम लागेको बेलामा भन्दा तेजिलो घाम लागेको बेलामा फूलहरु धेरै फुल्ने गर्दछन् । हामीहरुले देखि पनि रहेका छौं कि कुनै बोटको एकापट्टि घाम पसेको छैन भने त्यसतर्फ थोरै मात्र फूल फुलेको हुन्छ । तर बढी घाम लागेकोतर्फ भने बढी फूल फुल्ने र फल पनि बढी लाग्ने गरेको हुन्छ । त्यसैले नजिक–नजिक बोट बिरुवा रोप्नुहु‘दैन ।

वर्षा  यदि फलफूलहरुको फूल फुल्ने समयमा बढी वर्षा हुन गयो भने पनि फल कम लाग्ने हुन्छ । त्यसैले बढी वर्षा पनि फलफूलको लागि हामीकारक हुन्छ ।
हावा :

परागसेचनमा हावाको धेरै महत्व हुन्छ तर ठूलो हावा लागेमा, परागकणहरुलाई भाले फूलबाट, पोथीफूलसम्म पु¥याउन नपाउ‘दै उठाएर लैजाने हु‘दा बोटहरुका फलहरुमा पराग पुग्न नसकी फल कम लाग्ने हुन्छ ।
रोग र कीराः

रोग र कीराबाट पनि फल लाग्ने क्रियामा ठूलो असर पार्ने गर्दछन् । उदाहरणको लागि ऑपमा लाग्ने फड्के कीराहरुले ऑपका सम्पूर्ण फूलहरुलाई नष्ट गरिदिदा, ऑपमा फल लाग्न दिदैनन्, त्यसले गर्दा फूल फुल्ने टुप्पाहरु सुकेको देखापर्दछ । तसर्थ समयमै विषादीको प्रयोग गर्नुपर्ने हुन्छ ।

मलखादः

यदि फलफूलको बोटमा राम्रोस‘ग मलखादको प्रयोग गरिएको छैन भने फल लाग्ने क्रियामा कमी हु‘दै जान्छ । यदि फूल फुलिहाले पनि फूल झर्ने, कम फल लाग्ने गर्दछ । त्यसैले बेर्ना रोप्नुअघि र बेर्ना लगाइसकेपछि वर्षेनी मल, जल र समय–समयमा विषादी पनि प्रयोग गरिरहनुपर्ने हुन्छ । यी सम्पूर्ण कारणहरुले गर्दा नै पूर्णरुपमा हामीले फाइदा लिन सकिरहेका हुदैनौं । यी त भए बोटबाहिरबाट देखिने समस्याहरु । अब फल लागेपछि देखिने समस्याबारे जानकारी गरौं ।

फल नलाग्ने समस्याः

फल नलाग्ने समस्या हरुमा एउटा त हार्मोनको असन्तुलन हुनुको कारण हो र अर्को परागसेचन राम्रोस‘ग नहुनु हो । यदि यी दुबै राम्रोस‘ग हुन सकेमा फल लाग्ने र फूल नफुल्ने समस्या सहजै हटेर जान्छ । यसको समाधानका लागि फूलहरु फुल्नुभन्दा डेढ महिनाअघिनै प्लानो फिक्स भन्ने हार्मोन स्प्रे गर्नुपर्दछ । तर यसको लागि प्राविधिकको परामर्श लिएर मात्रै स्प्रे गर्नु उपयुक्त हुन्छ ।

फलहरु फुट्ने समस्या :

फलहरु फुट्ने समस्या प्रायः जसो सबैतिर देखिने गर्दछ । यस्तो समस्या धेरै जसो ऑप, लिची, अनार, अम्बा र नास्पातीमा देखिने गर्दछ । यस्तो हुनुको मुख्य कारण हो बोटबिरुवाहरुमा बोरन र पोटासको कमी । त्यसैले फूल फुल्नुभन्दा १÷२ महिनाअघि नै बोरन र पोटास बोटबिरुवामा प्रयोग गर्ने र फल लागेपछि चिस्यान कमी हुन नदिने गरे यस्तो समस्याबाट फललाई बचाउन सकिन्छ । तर याद गर्नुहोस फल लागेपछि र्सिचाई दिनुपर्दछ, पानीको मात्रा कमी हुन गयो भने अथवा सुख्खा हुन गयो भने फलहरु फुट्ने गर्दछन् । त्यसैले बोटबिरुवामा चिस्यान हुनु जरुरी छ ।

एक वर्ष बिराएर फल्ने समस्याः प्रायः जसो सबैजसो फल फूलहरुमा यस्तो समस्या देखिने गर्दछ । यस्तो हुनुको मुख्य कारण हो बगैंचा व्यवस्थापन राम्रो नहुनु । मतलब मलखाद, सिंचाई, गोडमेल पर्याप्त नहुनु । तर ऑपको सम्बन्धमा भन्ने हो भने ऑप जातिको एक वर्ष बिराएर फल्ने विशेषता नै हो ।
बोटबाट चोप निस्कने समस्या स् धेरैजसो फलफूलका बोटहरुबाट चोप बाहिर निस्किरहेको हुन्छ । यस्तो समस्या देखा परेमा त्यसको नियन्त्रणका लागि निलोतुथो सिधै बोटमा माटोमुनि प्रयोग गर्नुपर्ने हुन्छ ।

फलहरुमा विकृति देखिने स् कहिलेकाहीं हामीहरुले अमिलो जातका फलफूलहरु जस्तै– सुन्तला, जुनार, अमिलो आदिको बोक्रा र गुदी कडा जस्तो हुने रस पनि नभएको देखेका हांैला । त्यस्तो लक्षण देखिन गएमा प्रत्येक बोटहरुमा बोरेक्स ३÷४ ग्राम एक लिटर पानीका दरले बोट भिज्ने गरी स्प्रे गरे समाधान हुन सक्छ ।

विशेषगरी सुन्तला जातिहरुमा फलको बोक्रा कडा हुनुमा माटोमा चूनको कमी भएर पनि हुने गर्दछ । तसर्थ माटो जॉच गराई चून प्रयोग गर्नु राम्रो हुन्छ । त्यस्तै सुन्तलाकै जातिहरुमा फलहरु एकै नासको नहुने, विकृत हुने, केसरामा रस कम हुने र सुकेको हुने आदि समस्या पनि देखिने गर्दछ, त्यसको लागि गन्धक वा निलोतुथो प्रतिबोट जमिनमा २०० ग्रामका दरले प्रयोग गर्नुपर्दछ । यी माथिका सम्पूर्ण समस्याहरुलाई ध्यान दिई समाधान गर्नेतर्फ लाग्ने हो भने फल झर्ने, फुट्ने समस्याहरुबाट बोटहरुलाई बचाउन सकिन्छ । बाचा गरांै गतवर्षसम्म खेती गर्दा जे जस्ता गल्तीहरु भए अबदेखि त्यस्ता गल्तीहरु नदोहोरिउन् ।